jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

साहित्य

सुशालकाे हुन नसकेको मिलन

sushal-1563963353.jpg

-सुक्ष्म सुशाल
करिब पाँच बर्ष पछि भेटेको थिए उसलाई,साथमा उनको एक सानो छोरा पनि थियो । छोरा भर्खर ३ बर्ष को ! भेट,उनि माईत(पालुङ आउने क्रममा हेटौंडा बस पार्क नीर भएको थियो । उनि बस हिड्ने साइत कुर्दै, बच्चा काखामा समाउदै,बसपार्क चिया पसलको बेन्च नीर बसिरहेको थियो । एउटा ठुलो झोला पनि साइडमै राखेको थियो उस्ले ।
आँखा जुधी हाल्यो ! म नर्बस भए ! नचिने झै गर्न मन लाग्यो ! तर उनि आफै बोल्न आयो,“ सुशाल के कति कामले आको थियौ हेटौंडा ?“ त्यो बोलाई बिगतको हाम्रो सम्बन्धमा केही खटपट नभाको जस्तो तरिका को थियो ! म भने मनमा सारा हाम्रो बिछोडको बिगत, उसले मलाई धोका दिएर पराया को सुन्दुर भरेर मलाई छोडी गएको सारा दिनहरु फेरि सम्झिरहेको थिए ।
यतिकैमा फेरि उसले घच्घचाएर सोध्योे मलाई,ओइ किन बोल्नु हुदैन म सङ्ग ?
म झस्के ! मैले हुन्छ भन्ने भाबमा मुन्टो हल्लाए ।
अनि के कति कामले आको थियौ के हेटौंडा ? उसले फेरि सोध्यो ।
थियो अलि अलि काम,मैले जवाफ दिए ।
बोल्न मन छैन हो ? उसले सोध्यो मलाई ।
के छर अब बोल्नु नै ! मैले जवाफ दिए !
तिमि अझै उस्तै नै छौ ? उस्ले सोध्यो ।
जस्तो छोडेउ म त्यस्तै नै छु ! मैले जवाफ दिए !
बिहे गरेनौ ? उस्ले सोध्यो ।
को सङ्ग गर्नु ? मन मिल्ने एउटै त तिमिलाई ठानेको थिए ! मैले भने ।
“हेर अब जे भो ! भो ! बिगत भुल्ने कोसिस गर सुशाल !“ उस्ले भन्यो ।
भुल्नी कोसीस गर्दै्थिए तर आज फेरि....म स्तब्ध भए !

वातावरण एक छिन मौन रह्यो...यात्रुहरु बस पार्क होटेल नीर नास्ता गर्दै थियो ! खलासी यात्रुहरुको गह्रौं सामानहरुलाई बसको हुट माथी राख्दै थियो ! मौसम प्रचण्ड गर्मीले भरिएको थियो,लाग्थ्यो कहिले पालुङ पुगु जस्तो ! “ एक्लै बस्दा सधै मलाई सम्झना तिम्रो आइदिन्छ सहन नसकी आँखा बाट आँसु त्यसै झरी दिन्छ “ नजिकै को चिया पसलको रेडियो बाट स्वोर सम्रागि अरुना लामा को यो गित बजिरहेको थियो ।
म यो गित को भाबमा डुब्दै रोइरहेको रहेछु । एतिकैमा फेरि उसले घच्घचायो र भन्यो,“ ओइ रोको तिमी “?
मैले हत्तनपत्त आँसु पुछे,तर केहि उत्तर दिइन ! उस्को अनुहारमा पनि केही भाबुकपन देखिन्थ्यो ।

एक छिन सारा बिगत बिर्सन खोजे जस्तो गरि मन शान्त बनाएर मैले सोधे,“ अनि तिम्रो बुडा “?
“उहाँ अफिसमा बिजि हुनुहुन्छ,पर्सि घर फर्किनी बेला माईत मै लिन आउनुहुन्छ रे,उहाले भन्नू भाको छ ।“
छोरा को नाम के राखेउ त ? मैले सोधे !
“सुशल“ उस्ले भन्यो ।
“मेरै नाम सङ्ग मिल्दो जुल्दो किन राखेउ छोराको नाम ?“ मैले सोधे ।
“मन भयो राखे“ छोटो उत्तर दियो उसले ।
“अब त निष्टुरीहरुलाई मेरो नाम को के सरोकार हैनर?“
मैले सोधे ।
पछेउरीले काखको बच्चाको अनुहार छोप्दै उस्ले भन्यो,“ ह्या कुरा त्यस्तो हैन के सुशाल“
“अनि के होत ?“ मैले सोधे ।

सारा बिगत एक निमेष मै सम्झिन खोजे जस्तो गरि उसले भन्यो,“ हेर आज म जुन अबस्थामा छु त्यो मेरो इक्छा ले गर्दा हैन,बाद्द्यताले गर्दा तिमी सङ्ग टाडिन पुगे,बिबश भएर पराईको सिन्दुरले रङ्गिन पुगे,मलाई गाउँ,समाज अनि मेरो परिवारले बाद्द्य तुल्यायो,फेरि परिवारको कुरा नकार्नु पनि त कसरी तिमी आफै भनत भाकै एउटा बुवाको बचन काट्नु के मैइले ? हो म बिबस भएरै यो अबस्थामा छु सुशाल,आखिर माया त तिम्रै लाग्छ ! म सङ्ग के छैन,स्( राम्रो घर छ,बुडाको जागिर छ,सुख सयल सब थोक छ ,तर पनि मन खुसी छैन, किन कि एउटै त कुरा छैन त्यो हो तिमी ! भो अब यस्तो कुरा गर्नु सान्दर्भिक पनि छैन ।
“तर त्यति बेला तिम्ले मलाई यो सब कारण नभनी टाडियौ किन ? “ भन्न सक्थेउ नि तिम्ले मलाई ? आखिर किन? भनेको भए मैले सजेसन दिन सक्थे होला नि तिम्लाई !“ आधा मायालु आधा कोर्धित हुँदै मैले सोधे ।
उसले भन्यो,“सबै कुराको कारण भन्नू पर्छ भन्ने लागेन
मलाई,पछि समय ले बताउने छ बस यहि सोचे र भनिन ।

वातावरण फेरि मौन रह्यो...म के भनु के नभनु रहे...
यतिकैमा उस्को छोरा च्या ! च्या !! गर्दै रोयो । भोक लागे जस्तो लाग्यो,र मैले नजिकैको पसल बाट एक पुरि बिस्कुट किने र लिएर उसको छोराको हातमा थमाए । अगि सम्म उस्को काखमा सुतिरहेको बच्चाले एक टक मेरो आखामा हेरि रह्यो...एक केस्रो बिस्कुट मुखमा आधा हुन नपाउदै,तोते नै आवाजमा भए पनि उसलाई सोधिरहेको थियो,मम्मी उहाँ को ?भन्नुन ?
“तिम्रो मामा हो छोरा ।“ उसले भन्यो ।
मुटु कुटुक्क दुख्यो उस्ले त्यो भनिरहदा,र पनि नसुने झै गरि मिनिवाटरको पानी किन्न गए,लेराए र भने,“ लौ बाबू लाई पानी खुवाई देउ ! उस्ले पानि खुवाईदिए पछि बच्चा फेरि उसैगरि उसको काखमा सुत्न लागे...।

“अनि सुनत...“ मैले यत्ती मात्रै के भनेको थिए उसलाइ, यत्तिकैमा बस खलासि कराउन थाल्यो,“ ल अब सबै जना आउ है आउ ! खाजा नास्ता छोडेरै भएनी,बस जान लाग्यो । आफ्नो सामान आफै सुरक्षा गर्नुहोला ! प्राय सबै जान बस चडिसकेछन ! उ र म मात्रै बाकी रहेछ बस चड्न । हामिले हतार गरेउँ बस चड्न ।

उसले आङमा बच्चा बोक्दै भुइको झोला उठाउन खोज्यो,मैले झोला उठाएइ दिन पर्नी कर्तव्य ठाने र उठाइ दिए । दुबै बसमा चढेउ । सिट पनि सङ(सङ्गै पर्यो । उसले काखमा बच्चा अनि झोला मैले समातिराखे ।

ल ल अब जाउ ! जाउ !! गुरु जि ...खलासी बसको ढोका बजाउन थाल्यो । यात्रुहरु गनगनाईरहेको थियो....बसको सबै जसो झ्याल खुल्लै थियो । बाहिरको हरियो परियो दृश्य दुई आखाले टट्काल देखिन्थ्यो । सररर...क्या मज्जाको सित्तल हावाले उसको केस उडाईरहेको थियो...यतिकैमा ड्राइभरले उफरमा गित बजायो...“ आज मन उडेर भाक्छ किन मलाई यस्तो लाग्छ उन्कै नजिक जाउ उनिसङ्गै माया लाउ “ उदित नारायण झा को यो गित बजिरहदा र उसको केस हावाले उडाईरहदा म मेरा सारा उनि सङ्ग बिताएका बिगतको मिलनको पलहरु याद गरिरहेको थिए...।

“ अनि अगि के भन्न खोजिराथेउ नि तिमि“? उसले घच्घचाएर सोध्यो मलाई । “ तिम्रो बिहे भएको पनि यतिका बर्ष भैसक्यो,याहा सम्म कि तिम्रो सन्तान पनि भैसक्यो,र पनि यो मनले भने तिमीलाई नै चाहिरहेछ...अझै पनि बेला बेलामा म तिम्रो फोटोहरु हेरिरहेको हुन्छु फेसबुकमा...मन बुझाउन । यो माया भन्ने कुरालाई मैले बुझ्नै सकिन यार ! बिहे भएर बच्चा भैसक्दा पनि म भने अझै तिम्रो आश गरिरहेछु...
उसको त्यो प्रश्नको उत्तर यो दिने मन थ्यो तर दिइन,मनमै दबाएर राखे । “नभन्ने नै हो“ फेरि उसले सोध्यो ।
मैले अ भन्ने भाबमा मुन्टो हल्लाए ।

त्यस पछि दुबै मौन...सिमभन्ज्याङ्ग नआउन्जेल सम्म हामी दुबै बोलेनौ । खै किन हो फेरि उ आफै बोल्यो,“ अचेल के गर्छौ तिमी ?“
मैले भने,“ खास केही गर्दिन,एउटा प्रेम उपन्यास लेख्दैछु...त्यो उपन्यास तिम्रै ठेगानामा पठाउला ! प्रतीक्षा गर...!
उनि मौन रह्यो....

धेरै बर्ष पछि उनि सङ्ग यसरी भेट हुदा,कहिले बोल्दै त कहिले मौन बस्दै...समय बितेको चालै पाइन मैले ।
कति चाडै सिखरकोट बजार ल्याई पुर्याईसकि सकेछ बसले । “ ल ल सिखरकोट आयो,ओर्लौउ(ओर्लौउ कोको छ सिखरकोट ओर्लनी,ओर्लौउ है ओर्लौउ छिटो“ यो खलासीको आवाज थियो । उनि बच्चा आङमा बोक्दै ओर्लियो अनि म उसको झोला बोकेर ओर्लिए ।

“खै लेउ झोला अब म बोक्छु“ उसले भन्यो ।
मैले भने,“ पर्दैन मै बोक्दिन्छु,फेरि तिम्रो बच्चा पनि छ अफ्ट्यारो हुन्छ तिम्लाई,घर नछुटिनि ठाउ सम्म बोक्दिन्छु नि है “उसले हुन्छ पनि भन्न सकेन अनि हुन्न पनि । बस उसको आँखा ले हस भन्ने भाब झल्काइरहेको जस्तो देखिन्थ्यो ।

उनि अनि म कृष्ण मन्दिर मुनि,थाहा आन्दोलनको प्रणेता रुपचन्द्र बिष्टको,“हामी कसैको होइनौ,कोहि हाम्रा हैनन् ,हामी सत्य र ठिकका सत्य र ठिक हाम्रा,भनेर लेखेको भनाई भाको गेट बाट आ(आफ्नो घर तिर जाँदै थियौ । ऊनि आफ्नै रफतारमा हिडिरहेको थियो म भने हिंड्दा हिड्दै रुपचन्द्र बिष्टको त्यो भनाई,“ “हामी कसैको होइनौ,कोहि हाम्रा हैनन् ,हामी सत्य र ठिकका सत्य र ठिक हाम्रा,खाली त्यै भनाईको अगाडि को दुई लाइन,हामी कसैको होइनौ कोहि हाम्रा हैनन् लाई मात्र सम्झिरहेको थिए, सोच्दै थिए,“साच्चै हामी कसैको हैइनौ रहेछ अनि कोहि हाम्रा हैनन रहेछ,यदि कोहि हाम्रो हुदो होत किन उस्ले छोडेर गयो त? हाम्रो ले कहिले छोडेर जादैनन् जो गयो उ हाम्रो थेन । अनि हामी कसैको हुनि भाको भए अइले म उस्को हुने थिए । तर उस्ले कहिले मलाई आफ्नो बनाएन ! र म कसैको भइन ! रुपचन्द्र बिष्टको यो भनाइलाई म यस्तै(यस्तै,नकेक अर्थमा सोच्दै कहिले उनलाई त कहिले म आफै लाई धिक्कार्दै थिए । यो पापी मन केके सोच्छ के । म आफै सोच मग्न थे ।

“ के भो गारो भो? खै गारो भाको भए लेउ झोला म बोक्छु“ अलि तल बाट आवाज आयो त्यो उसको थियो।
म सोच मग्न हुदा उनि गोपाली गाउँ पुगिसकेको थियो ! पछि म झक्के ।
“के सोचेर बसिराको के तिमी सुशाल ?“ उसले फेरि सोध्यो ।
“ कास तिमी सङ्गै यसरी झोला बोलेर तिम्रो घर मेरो ससुराली जान पाइदेको भए म कत्ती खुसी हुन्थे ,बस यस्तै सोच्दैथे,भनेर उसलाई भन्न मन थ्यो तर भनिन ।
मात्रै “केइ हैन“ मैले भने ।

कुराहरूको दौरानमा उनी अनि म खैटे पुल आईपुगेउ ।
पुल मुनि सललल बगेको त्रिबेणी खोला,एक(दुइटा मोटर अनि गाडीको आवाज...केही मान्छेहरुको चहलपहल...त्रिबेणी होटेलको बास्नादार खाजाको बास्ना...त्यही बाटै देखिने जनकल्याण स्कुल,पिपल बोट,सरस्वती देबिको मन्दिर,अनि हालै बनेको झुलुग्ङ्गे पुल...! अरु बेलामा मनमोहक हुने यी सब दृश्यश्यहरु आज उजाड(उजाड लागिरहेको थियो मलाई...किन भने यी सब दृश्य(स्थलहरुमा उनि सङ्ग बिताएका रमाइलो पल हरुले घोचिरहेको थियो मलाई जुन पल फेरि चाहेर पनि फर्केर आउदैन्थ्यो ।

“ल अब म इ बाट घर जान्छु“ उसले यसो भनिरहेको रहेछ म भने ती पुरानै दिनहरु सम्झेर रोइरहेको रहेछु...
म फेरि झस्के । हँ भने मैले ।
“म अब इ बाटै माइत जान्छु के“ तिम्रो घर छुटिने बाटो पनि आयो “ उस्ले भन्यो ! नचाहदा नचाहदा हस् भन्न बाध्य भए म । र उसको झोला उनको हातमा थमाए ।
उस्ले “thank you“ भन्यो ।
“किन thank you नि “ मैले सोधे ।
“त्या देखि बाट झोला बोकिदियौ,मैले गर्दा गारो भो तिम्लाई त्यसैले“ उस्ले भन्यो ।
“कैयौ गारो पलहरु त सहेरै बिताए जाबो यो के गारो ?“ मैले भने ।
“पिलिज सुशाल अब आफुले आफैलाई समहाल्न खोज! परिवर्तन भैदेउ तिमी अब,बिर्सिदेउ बिगतहरु..!“

“जब जब बिर्सन खोज्छु नि तब तब यो स्थान हरुले मलाई झन सम्झाईदिन्छ सानू । तिमिलाई पनि याद हुनुपर्ने कुरा हो आज हामि जुन ठाउमा छौ त्यही ठाउ बाट हाम्रो मिलन सुरु भएको थियो र त्यही ठाउ बाट हाम्रो बिछोड । हो मैले कुरा गरिरहेछु अइले तिमी र म बसेको यो ठाउ यानी कि त्रिबेणी होटेल अगाडि को यो दोबाटो रोड । जाहा अइले हेर... इ बुडी आमा आफ्नो जीवन धान्न बदाम बेचिरहेछ । मैले यहि बसेर तिम्लाई प्रेम प्रस्ताव राखेको थिए त्यति बेला,सहमतिमा तिम्ले मुन्टो हल्लाएथेउ ! र पछि यहि नै हाम्रो अन्तिम भेट भएको थियो ! त्यस पछि तिमी त मलाई छोडेर बिना कारण कता पुगेउ कता ! यस्तै हरदिन सोच्थे म किन आखिर म बाट टाढा भयौ तिमी भनेर,के कम्जोरि थियोर मेरो ? यस्तै यस्तै । आज समयले फेरि तिमि सङ्ग भेट गरायो,बिर्सीन खोजिसकेकेको थिए फेरि यै स्थानमा ल्याई पुर्यायो ! ल अब तिमी आफै भनत यो सम्झिने मन छ म बिर्सु कसरी तिमी नि भनिदेउ ए...जाने निष्टुरी ?“ यै बुडी आमालाई हेर त तिमि,स्( उ दिन भरी बदाम बेच्छ अनि आफ्नो जिन्दगी चलाउछ,राम्रै पनि भैराखेको छ । यै ठाउले कसैको जिन्दगी बनायो, यै ठाँउले कसैको जिन्दगी डुबायो ।“

“भयो अब धेरै भावुक कुरा गरेर मलाई पनि भाबुक नबाउ सुशाल पिलिज “ उसले भन्यो ।
म मौन रहे....

साझँ छिप्पिन लागिरहेको थियो...साझँ को रातो घाम पृथ्वीमा देखा परिसकेको थियो ! घर्तिखोलाको डाडाँ माथी बाट घाम अस्ताउनै लागिरहेको थियो ।

“ साझँ हुदोको रातो घाममा बच्चाहरुलाई देखाउन हुन्न भन्छ्न्,तिम्रो बच्चालाई असर गर्ला,सरि मैले तिम्लाई अल्मलाए,ओके बाई राम्रो सङ्ग जानू....मैले भने !
यतिकैमा उसको बच्चा पनि बिउँझियो,हामी छुिटिन लागेको थाहा पाएर होला,उस्को बच्चाले पनि फेरि तोते नै स्वोरमा भन्यो,“ बाइ मामा “
म स्तब्ध....भए ! पुनः उसलाई ल बाई राम्रो सङ्ग जानु मैले भने ।
अनुहार उस्को पनि खुशी देखिन्थेन,उस्ले हस भन्ने भाबमा मुन्टो हल्लायो...र लाग्यो डाडाँ गाउँ हुँदै आफ्नो माईत, म साझँ को असुभ बोल्ने रातो घाम जस्तै अस्ताए आफ्नै घर तिर...

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...