jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

साहित्य

भानुजयन्तीको पूर्वसन्ध्यामा पाणिनी छन्दसाँझ आयोजना

bhanu6-(1)-1752490866.jpg

काठमाडौँ । काठमाडौँको पेप्सीकोलास्थित पाणिनी विद्यालयले यसवर्ष पनि भानुजयन्तीको पूर्वसन्ध्यामा छन्दसाँझ कार्यक्रम आयोजना गरेको छ । यो छन्द साँझको सातौँ संस्करण हो । कार्यक्रममा देशका विशिष्ट कवि, साहित्यकार, सञ्चारकर्मी, समस्त विद्यालयपरिवार एवम् अभिभावकहरूको उपस्थिति थियो । शनिबार साँझ आयोजना गरिएको कार्यक्रममा विद्यालयका कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले नेपाली साहित्य, सङ्गीत, नृत्य र संस्कृतिका विविध पक्षहरू उजागर गर्दै प्रस्तुति दिएका थिए । उनीहरूले कार्यक्रममा विशिष्ट कविहरूका छन्दोबद्ध कविताहरूको साङ्गीतिक प्रस्तुति गरेका थिए । साथमा प्रस्तुत नृत्य एवं नाट्यकलासमेतको प्रदर्शनले समुपस्थित सबैका हृदयलाई पुलकित गरिरहेको अनुभूति हुन्थ्यो । कार्यक्रममा १ नाटक र तीन नृत्यसहित विद्यार्थीहरूका २३ वटा काव्यप्रस्तुति रहेका थिए । कार्यक्रममा कक्षा १ र २ का नानीहरूले कवि माधवप्रसाद घिमिरे, रत्न विरही घिमिरे तथा श्यामप्रसाद शर्माका बालकविता सङ्गीतमा प्रस्तुत गरे । प्रमुख अतिथिबाट दीपप्रज्वलन एवं कक्षा १० द्वारा प्रस्तुत मङ्गलाचरणसँगै समारोहको वातावरण अझै भक्तिपूर्ण बनेको थियो । राष्ट्रगान र स्वागत–मन्तव्यपछि सुरु भएका प्रस्तुतिहरूमा ‘कुमारी नृत्य’ले विशेष रूपमा सबैको ध्यान खिचेको देखिन्थ्यो । त्यसपछि कक्षा ५ र ६ का विद्यार्थीहरूले सङ्गीतमा प्रस्तुत ‘शिवताण्डवस्तोत्रम्’ र कक्षा ७ को राष्ट्रकवि माधव घिमिरेको प्रसिद्ध काव्य गौरीबाट शार्दूलविक्रीडित छन्दमा प्रस्तुत ‘बिर्सी बिर्सी सकिन्न’ काव्यांशले दर्शक श्रोताहरूको मनलाई झनै आकृष्ट गर्यो । कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरूले विविध छन्दमा आबद्ध कवयित्री गोमा रेग्मीका पाणिनिगीत र गुरुवन्दना, कवि धरणीधर कोइरालाको साहित्यसुधा, कवि दैवज्ञराज न्यौपानेको उपदेश र भानुभक्तीय रामायणका अंशहरू प्रस्तुत गरे । नृत्यतर्फ राष्ट्रिय नाच ‘सुन्दर देश नेपाल’ र अयि गिरिनन्दिनि बोलको महिषासुरमर्दिनीस्तोत्रमा साना बालिकाहरूद्वारा प्रस्तुत ‘नवदुर्गा–नृत्य’ले समारोहको माहोललाई निकै भावमय तुल्याएको थियो । लोकलयमा आधारित मुनामदनबाट ’नछाडी जानोस्’ बोलको काव्यांशमा कक्षा ४ का साना ४ भाइबहिनीहरूको साङ्गीतिक प्रस्तुतिले एवं आदिकवि भानुभक्तकै सन्दर्भमा अभिनीत नाटकले दर्शक श्रोतालाई निकै भावुक तुल्यायो । विशेष आकर्षणको रूपमा प्रस्तुत आदिकवि भानुभक्तसम्बद्ध त्यस बालमनोवैज्ञानिक नाटकले आधुनिक टेक्नोलोजीले शैक्षणिक क्षेत्रमा पुर्याएको अप्ठेरोपनाविषयक भावनात्मक तथा शैक्षिक सन्देश प्रस्तुत गरेको थियो । संस्कृतका अभियन्ता एवं विद्यालयको देवनागरी विभागका प्रमुख आचार्य रोहिणीराज ‘संस्कृतम्’ले स्वागत गर्दै भने, ‘आजको यो कार्यक्रम केवल कविता वाचनमात्र नभई, भावाभिव्यक्तिपूर्वकको लयात्मक अनुशासनमार्फत् भाषा र साहित्यप्रतिको बाल–मनको श्रद्धा र कलात्मक प्रस्तुतिको उत्सव पनि हो । हजुरहरूजस्ता साहित्य–साधक, सिर्जनात्मक व्यक्तित्व र शिक्षाप्रेमी विद्वज्जनहरूको उपस्थिति हामी सबैका लागि गौरवको विषय हो । यस छन्दसाँझ मा उपस्थित सम्पूर्ण अतिथि, अभिभावक तथा सहभागीहरूलाई संस्थाको तर्फबाट स्वागत गर्दै आजको यो काव्यमञ्च स्मरणीय, प्रेरणादायी र सन्देशमूलक बनोस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।’ कार्यक्रममा वैदिक सनातन धर्मका अभियन्ता प्रसिद्ध कथाकार ईश्वरकृष्णजी महाराज, विश्रुत सञ्चारकर्मी, उत्प्रेरक वक्ता, उद्घोषण प्रशिक्षक तथा ओशो साधक नीराजन भण्डारी, चलचित्रकी नायिका, प्राञ्जल साहित्यकार तथा ओशो संन्यासिनी सोविता सिम्खडा, नेपालीत्व मिडियाकी कार्यकारी अध्यक्ष अर्चना शर्मालगायत विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो । समारोहमा आमन्त्रित प्रमुख अतिथिलगायत ६ जना विशिष्ट व्यक्तित्वहरू एवं विद्यालयको देवनागरी विभागकी सदस्य छन्दशिक्षिका कवयित्री गोमा रेग्मीको समेत विभिन्न विधा एवं शीर्षकहरूमा सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरूको सम्मानपत्रको वाचन विद्यालय–परिवारकै सदस्य देवनागरी शिक्षिका ममता ओझा, देवनागरी प्रमुख रोहिणीराज ‘संस्कृतम्’, देवनागरी शिक्षिका गोमा रेग्मी, अतिरिक्त क्रियाकलाप संयोजक प्रकाश माली, विद्यालय–संयोजक राजीव खड्का, स्कुल इन्चार्ज प्रबिन खड्गी एवं उद्घोषक स्वयंले गरेका थिए । नेपाल टेलिभिजनका चिरपरिचित समाचारवाचक, पौरस्त्य एवं पाश्चात्त्य शिक्षा–संस्कृतिका अनुसन्धाता एवं बहुभाषिक साधक डा। राजेन्द्रराज तिमिल्सिनाले आफ्नो मन्तव्यका क्रममा बोल्दै शिक्षालाई पाश्चात्त्यमुखी नबनाई यसमा नवसंस्कृतीकरण जरुरी भएको र पाणिनि–विद्यालयले यस कुराको अवलम्बन गरेकोमा खुसी व्यक्त गरे । शब्दज्योतिले नै यो सारा जगत् प्रकाशित भइरहेको बताउँदै प्रा. डा. मुकुन्दप्रसाद लामिछानेले आफ्नो आफ्नो भाषा–संस्कृति र साहित्यप्रति बाल–बालिकाहरूलाई प्रेरित गर्ने कार्यमा विद्यालयको मात्र भर नपरी अभिभावकहरुले समेत घर–घरमा माहोल तयार गर्नुपर्ने भाव व्यक्त गरे । समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार, सञ्चार–साधक तथा महाकवि डा. नवराज लम्सालले अभिभावकहरूले धनाढ्य छोराछोरीको नभएर लड्दा आफैँ उठ्न सक्ने र आफ्ना निम्ति स्वयं सङ्घर्ष गर्नसक्ने छोराछोरीको चाहना राख्नुपर्ने सुझाव दिँदै थुप्रै स्वरचित गीतांश एवं कवितांशद्वारा नेपालीत्वको भावजागरणका निम्ति श्रोताहरूको उत्साहवद्र्धन गरे । वरिष्ठ भाषाशास्त्री तथा लोकसंस्कृतिका साधक डा. बलदेव गाउँलेले शुद्ध एवं संस्कृतमैत्री नेपाली भाषाको प्रयोगमा नै नेपाली भाषाको नेपालीत्व जीवित रहने हुँदा वेला वेला भाषामाथि हुने गरेका प्रहारका बारेमा सबैले सजग रहनुपर्ने बताए । आफ्नो अध्यक्षीय भाषणका क्रममा विद्यालयका प्रधानाचार्य प्रकाशचन्द्र खड्काले भने, ‘काव्यांशको व्याख्या गरेमात्र पुग्ने र कवि–साहित्यकारको नामै जान्नु लेख्नु नपर्ने जुन व्यवस्था विद्यालयको नेपाली विषयमा लागू गरिएको छ, त्यो बाल–बालिकालाई रचनाकार सम्झाइरहने र उहाँहरूप्रति कृतज्ञताको भाव बनाइराख्ने हाम्रो संस्कृतिविरुद्धको षड्यन्त्र हो । हाम्रो भाषासाहित्य र अध्यात्म–संस्कृतिको विशाल भण्डारसँग हाम्रो नयाँ पुस्तालाई समग्रतया परिचित गराउनैपर्छ । यही भावको जागरणका निम्ति हामीले छन्दसाँझजस्ता कार्यक्रमहरू आयोजित गर्ने गरेका हौँ ।’ पाणिनि विद्यालयले हरेक वर्ष आयोजना गर्दै आएको यो छन्दसाँझ कार्यक्रममा विद्यार्थीहरूको सृजनात्मकता, आत्मविश्वास र भाषा–साहित्यप्रतिको झुकाव स्पष्ट देखिन्थ्यो । 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...