pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
थप सहयोग नपठाउन समितिको आग्रह'

1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग अभियानमा ६ दिनको अवधिमै करिब ७ लाख रुपैयाँ संकलन भएको जानकारी सार्वजनिक गरिएको छ।
समितिले सार्वजनिक गरेको सूचना अनुसार मन्दिर पुनर्निर्माण तथा बाँकी निर्माण कार्य सम्पन्न गर्न आवश्यक रकम पर्याप्त रूपमा संकलन भइसकेको बताइएको छ। यससँगै देश तथा विदेशमा रहेका सम्पूर्ण दातागण, शुभेच्छुक तथा सहयोगी महानुभावहरूलाई थप आर्थिक सहयोग नपठाइदिन हार्दिक अनुरोध गरिएको छ।
समितिले दिएको जानकारी अनुसार सहयोग आह्वान गरेपछि छोटो समयमै देश तथा विदेशबाट उल्लेखनीय साथ, सद्भाव र आर्थिक सहयोग प्राप्त भएको छ। सहयोग अभियानप्रति देखाइएको विश्वास, धार्मिक आस्था र सामुदायिक ऐक्यबद्धताप्रति सम्पूर्ण दातागणप्रति कृतज्ञता व्यक्त गरिएको सूचनामा उल्लेख छ।
काठमाडौं उपत्यकालाई तराईसँग जोड्ने प्राचीन व्यापारिक मार्गका रूपमा परिचित चित्लाङ ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदाले सम्पन्न क्षेत्रका रूपमा चिनिन्छ। यहाँ रहेका विभिन्न मठमन्दिर, पुरातात्त्विक सम्पदा तथा परम्परागत बस्तीले चित्लाङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्दै आएका छन्। स्थानीय समुदायका अनुसार नाट्यश्वरी मन्दिर पनि यस क्षेत्रको धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदामध्ये एक हो।
समितिले सहयोग अभियानमार्फत प्राप्त प्रत्येक रुपैयाँको पूर्ण पारदर्शिताका साथ आय–व्यय विवरण सार्वजनिक गरिने जनाएको छ। साथै, सहयोग गर्ने सबै दाताको नामावली, प्राप्त सहयोग रकम तथा मन्दिर पुनर्निर्माणमा भएको सम्पूर्ण खर्चको विस्तृत विवरण निर्माण कार्य सम्पन्न भएपछि सार्वजनिक गरिने बताइएको छ।
त्यसैगरी, मन्दिर निर्माण सम्पन्न भएपछि सहयोगी दाताहरूको सम्मानस्वरूप उनीहरूको नाम धातुबाट तयार गरिने स्मृति शिलापट्टमा समावेश गरिने उल्लेख गरिएको छ। यसका लागि आवश्यक विवरण यकिन गर्न सम्बन्धित दाताहरूसँग सम्पर्क गरिने पनि समितिले जनाएको छ

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...