pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
कृषि शिक्षा र प्रविधि सहकार्य विस्तारमा जोड

FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र शैक्षिक सहकार्य विस्तारका सम्भावनाबारे छलफल गरेका छन्।

राजदूत बासलाई हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख तथा जनप्रिय क्याम्पसमा सञ्चालित कृषि विज्ञानमा स्नातक कार्यक्रम सञ्चालक समितिकी अध्यक्ष मीना कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वली र क्याम्पस प्रमुख अतिश पण्डितले विशेष समारोहबीच स्वागत गरेका थिए।

स्वागतपछि हेटौंडा उपमहानगरपालिका र जनप्रिय क्याम्पसका तर्फबाट राजदूत बाससमक्ष क्याम्पसका शैक्षिक गतिविधि, भौतिक पूर्वाधार, उपलब्धि तथा भावी योजनाबारे विस्तृत प्रस्तुतिकरण गरिएको थियो। प्रस्तुतिकरणका क्रममा कृषि शिक्षालाई व्यावहारिक, अनुसन्धानमुखी र प्रविधिमैत्री बनाउँदै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यबारे जानकारी गराइएको थियो।

भ्रमणका क्रममा राजदूत बासले क्याम्पसको भौतिक पूर्वाधार, प्रयोगशाला, कृषि प्रयोगात्मक क्षेत्र तथा अध्ययन–अध्यापनको अवस्थाको अवलोकन गरेका थिए। उनले विद्यार्थीहरूले गरिरहेका प्रयोगात्मक अभ्यास तथा क्याम्पसको समग्र शैक्षिक गतिविधिबारे चासोपूर्वक जानकारी लिएका थिए।

त्यसक्रममा इजरायलको आधुनिक कृषि प्रविधि, अनुसन्धान, सिँचाइ प्रणाली, विद्यार्थी तथा प्राविधिक अनुभव आदान–प्रदान र शैक्षिक सहकार्यका सम्भावनाबारे पनि छलफल भएको थियो। क्याम्पसको कृषि शिक्षालाई अझ व्यावहारिक, आधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउन इजरायली प्रविधि तथा अनुभव उपयोगी हुन सक्ने विषयमा दुवै पक्ष सकारात्मक रहेको जनाइएको छ।

नगर प्रमुख मीना कुमारी लामाले अन्तर्राष्ट्रिय सहकार्यले जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि हुनुका साथै विद्यार्थीहरूले विश्वस्तरीय कृषि प्रविधि र अभ्यास सिक्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरेकी थिइन्।

क्याम्पसले इजरायली राजदूतको भ्रमणलाई कृषि शिक्षा, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्य विस्तारतर्फ महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। आधुनिक कृषि प्रविधिमा विश्वमै अग्रणी मानिने इजरायलसँगको सम्भावित सहकार्यले क्याम्पसमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कृषि क्षेत्रलाई दीर्घकालीन रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...