Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

साहित्य

जन्मदिनकै अवसरमा साहित्यकार ढकालको ‘गोरखाली गुराँस’ लोकार्पण

1728088372314-1728088403.jpg

काठमाडौं । साहित्यकार, सञ्चारकर्मी, अध्यापक तथा समाजेसी सुशीला ढकाल अधिकारीको कविता संग्रह गोरखाली गुराँस उहाँको जन्मदिनकै अवसर पारी लोर्कापण गरिएको छ । 
शुक्रबार नोवेल साकोस साहित्य संस्थाको आयोजनामा भएको एक कार्यक्रमबीच ढकालको कविता कृति लोकापर्ण गरिएको हो । 
कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवश, साहित्यकारहरु प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. शैलेन्द’प्रकाश नेपाल, उपप्राध्यापक डा. ज्ञाननिष्ठ ज्ञवाली, डा.छायादत्त नौपाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारी, गायक शिशिर योगी लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो । 
भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको उक्त कृति लोकापर्ण समारोहको सभापति उक्त प्रकाशनका प्रवन्ध निर्देशक केशव पराजुली रहनुभएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै वरिष्ठ कवि तथा कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवशले कविता कृतिमा कविको अपनत्व हुनुपर्नेमा पछिल्ला दिनमा त्यस्तो नपाइने गरेको बताउँदै ढकालको कृति भने आफुले अपनत्व महशुस गरेको बताउनुभयो । 

 

 

त्यस्तै कवि ढकाललाई निरन्तर लेख्न प्रोत्साहन दिँदै उहाँले कविताले समाजको यथार्थता र भोगइहरुलाई चित्रण गरेकोमा प्रशंसा गर्नुभयो । साहित्यकारहरु डा. रामप्रसाद ज्ञवाली, ज्ञाननिष्ठ ज्ञवाली र छायादत्त न्यौपानेले कविले सिर्जनात्मक प्रस्तुति मार्फत समाजका सबै पक्षबारे कवितामा यर्थाथता खोलेको बताउँदै आगामी दिनमा काव्यिक सफलताको कामना गरे । 
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पत्रकारिता विषयका शिक्षक शन्तराम बिडारीले कवि एक सक्रिय सञ्चारकर्मी समेत भएको भन्दै उहाँको प्रयाशको सराहना गर्दै काव्यिक सफलताको कामना गरे । 
सुसेली फाउन्डेशन नेपालका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे, साहित्यकार तथा समाजसेवी चन्द्र नयौपाने, गायक शिशिर योगी लगायतले जन्मदिनको शुभकामना दिँदै सुशीला ढकाल एक सक्रीय र मेहनती सर्जक भएको चर्चा गरे । 

कार्यक्रममा कवि ढकालले आफ्नो पहिलो कविता कृति जन्मदिनमै पस्कन पाएकोमा खुसी व्यक्त गर्दै लेखन यात्राका लागि घर परिवारबाट पुरा पुर सहयोग भएको बताउँदै यसको श्रेय परिवारलाई दिन चाहेको बताइन् । 
नोवेल साकोसका संस्थापक राजन न्यौपानेले सञ्चालन गनुभएको कार्यक्रममा कवि सुशीला ढकाललाई सम्मान समेत गरिएको थियो ।

1728088377691-1728088403.jpg
1728088374860-1728088425.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg