pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

साहित्य

गजल मञ्च मकवानपुरको अध्यक्षमा थाहाका संजित श्रेष्ठ

FB_IMG_1745067779943_1-1745067819.jpg

गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन ६ वैशाखमा भएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यमा नियमित गजल यात्रा तथा अधिवेशन भएको हो । सो अवसरमा गजलकृतिका कृतिकारलाई पनि सम्मान गरिएको छ ।
अधिवेशनबाट गजल मञ्च मकवानपुरको अध्यक्षमा संजित श्रेष्ठ चयन भएका छन् । हेटौँडामा भएको चौथो अधिवेशनले थाहा नगरपालिका वडा नम्बर २ का श्रेष्ठको नेतृत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको हो । गजल मञ्चको उपाध्यक्षमा हरिप्रसाद पौड्याल, सचिवमा कमल नेपाल, सहसचिवमा गौरी कँडेल, कोषाध्यक्षमा स्वस्तिका दाहाल चयन भएका छन् । यस्तै सदस्यमा प्रविना प्रयासी र देव दूलाल चयन हुनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको रहने छ ।

गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको अध्यक्षता अधिवेशन भएको थियो ।

यसैबीच गजल मञ्च मकवानपुरले दुईजना गजलकारलाई सम्मान गरेको छ । २०७९ सालदेखि ८१ सालमा कृति प्रकाशन गर्ने दुई जनालाई मञ्चले सम्मान गरेको हो । गजल मञ्च मकवानपुरले तुलसी घिमिरेको प्रकाशन ‘घामका फूलहरू’ र राम कार्कीको ‘तृप्ति संग्रह’ को कदर गर्दै सम्मान गरेको हो । २२३ औँ नियमित गजल यात्रामा पुरुषोत्तम आचार्य, इश्वर खड्का, राम कार्की, गौरी कँडेल, अनिल कोइराला, कमल नेपाल र संजित श्रेष्ठले गजल वाचन गरेका थिए ।

गजल मञ्च मकवानपुरका निर्वतमान अध्यक्ष देवराज तिवारी, साहित्य संगम मकवानपुरका अध्यक्ष डिबी बर्तौला, गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दिपक गौतम, मुस्कान तिमल्सिना र साहित्यकार शान्ति प्रियवन्दनाले शुभकामना मन्तव्य राख्नु राखेका थिए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...