jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

साहित्य

एउटी बिदेशी श्रमिककी श्रीमतिको मनको कथा:- सिम्रन खड्का

FB_IMG_1751547611079-1751547663.jpg

 

दिन सकिन्छ, तर थकान सकिँदैन ।
शरीर बोल्दैन, तर पीडा बोल्छ ।
मन मुस्कुराउने अभिनय गर्छ, तर भित्र कतै केही खोजिरहेको हुन्छ ः त्यो आफ्नोपन, त्यो साथ, त्यो बुझाई।
शरीरलाई सायद आरामको खाँचो हुन्छ, तर आत्मालाई चाहिएको हुन्छ एक चुपचाप बुझ्ने मान्छे, जसलाई केही नबोले पनि सबै थाहा हुन्छ।
घरमा बस्ने श्रीमतिको जीवन सजिलो हुन्न,
सबैको हेरचाह, भान्साको धुवाँ, सन्तानको चिन्ता, अनि दिनको अन्त्यमा आइपुग्ने मौन एकान्त ।
कहिलेकाहीं भित्ताले पनि उत्तर दिँदैन ।
त्यही एकान्तमा, दिनभरिको थकानले मन कहिलेकाहीँ आफन्त खोज्छ।
जसलाई भन्न सकियोस्, “थकाइ लाग्यो”, “आज अलि असजिलो महसुस भयो ।”
तर त्यो भन्नु पनि कठिन हुन्छ, किनभने थाहा छ, उता पनि सजिलो छैन ।
विदेशमा काम गरिरहनु भएका श्रीमान्को दिन सधैं लामो हुन्छ ।
बिहानैदेखि रात परेपछि मात्र थकान बिसाउने फुर्सद, त्यो पनि भारी कामको थकानसहित ।
१२–१३ घण्टा उभिएर गरिएको श्रम, भारी ज्यान, अनि मस्तिष्कमा घनघोर सोच,
सन्तानको सम्झना, घरको चिन्ता, अनि थिचिएको ऋणको भार।
सबैभन्दा पीडादायक क्षण त त्यही हो,
जब मोबाइलमा सन्तानको स्वर सुनिन्छ, “बाबा, कहिले आउनु हुन्छ?”
तर त्यो स्वरलाई अँगाल्न पाइँदैन।
न त्यो सानो हात समाउन पाइन्छ, न त त्यो मासूम आँखामा हेरेर केही भन्न पाइन्छ।
त्यो अभाव… सायद शब्दभन्दा परको अनुभूति हो, जुन हामी दुवैले महसुस गरेका हुन्छौं ।
धेरैले भन्छन्, “स्वेच्छाले विदेश पठाइयो ।”
तर सत्य के हो भने, यो दूरी स्वेच्छाले होइन, बाध्यताले आएको हो।
देशमै सम्भावना हुन्थ्यो भने, कसले चाहन्थ्यो र जीवनका अनगिन्ती खुसीहरू छाड्न ?
यही बीचमा म बाँचिरहेकी छु, उहाँ बिना पनि उहाँसँगै।
मेरो प्रत्येक दिनमा उहाँको सम्झना छ,
र उहाँको हरेक पसिनामा हाम्रो भविष्यको सपना।
हामी चुप छौं, किनभने चुप रहनु नै अहिलेको सबैभन्दा ठूलो समझदारी हो।
हामी बोल्छौं, तर समय सधैं साथ दिँदैन।
कहिले उहाँ थाक्नुभएको हुन्छ, कहिले म थकित हुन्छु ।
तर हामी बुझ्छौं, हामी एकअर्काको लागि बाँचिरहेका छौं ।
सम्बन्ध सँगै हिँडेर मात्र होइन, टाढा भएर पनि आत्माले हात समात्न जान्नु माया हो ।
र त्यही कला हामीले सिकिरहेका छौं, हरेक दिन, हरेक सासमा ।
हामी अलग छौं, तर एउटै सपना बुनिरहेका छौं ।
यो लेख केवल एउटी श्रीमतीको मनकथा मात्र होइन, यो त हजारौं नेपाली दम्पतीहरूको मौन आवाज हो,
जो कोशौं टाढा छन्, तर भावनात्मक गहिरो साथमा छन्।
जसको जीवनमा सँगै हिँड्ने बाटो छैन अहिले,
तर उनीहरूको मनले एउटै सपना बोकेको छ, फेरि एक दिन, एउटै छानोमुनि, एउटै खुसीमा एकसाथ हाँस्ने।

https://www.thahapati.com/public/images/users/406865089_360696248959133-1702431864.jpg
सिम्रन खड्का
simran@gmail.com

सिम्रन खड्का थाहापाटी अनलाईनकी रिपोर्टर हुन् । समाचार,सूचना र जानकारीका लागि सम्पर्क गर्न सक्नुहुने छ

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...