pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
श्रमदान संस्कृतिको सम्मान गर्दै हिमगंगा धार्मिक स्थल संरक्षण समितिद्वारा जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दाता सम्मान

FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान गरेको छ। शिखरकोटस्थित विकास घरमा आयोजित सम्मान कार्यक्रम घट्टेखोला मरिनघाट निर्माण समितिका अध्यक्ष सुजन लामाको अध्यक्षता तथा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा वडा नं. ४ का अध्यक्ष नारायण लामा, वडा नं. ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, फरक सोचका संयोजक यादव रायमाझीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा तामाङ समुदायको अन्तिम दाहसंस्कार गर्ने महत्वपूर्ण स्थलका रूपमा निर्माण गरिएको घट्टेखोला मरिनघाट निर्माणमा श्रमदान, आर्थिक तथा नैतिक सहयोग गर्ने महानुभावहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।
सिमित बजेट र स्रोतसाधनका बाबजुद स्थानीय समुदायको सक्रिय सहभागिता, श्रमदान र सहयोगबाट धार्मिक तथा सामाजिक महत्व बोकेको मरिनघाट निर्माण सम्पन्न गरिएको भन्दै कार्यक्रममा सहभागी वक्ताहरूले श्रमदान संस्कृतिको प्रशंसा गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विष्णु विष्टले विकास निर्माणमा केवल बजेटको मात्र भर पर्नुभन्दा समुदायको अपनत्व र श्रमदानको भावना महत्वपूर्ण हुने बताउनुभयो। उहाँले भन्नुभयो, “श्रमदान भनेको केवल काममा सहयोग गर्नु मात्र होइन, आफ्नो ठाउँ र समाजप्रतिको जिम्मेवारी देखाउने संस्कार हो। समुदाय एकजुट भएर अघि बढेमा सीमित स्रोतबाट पनि ठूला र उदाहरणीय काम सम्पन्न गर्न सकिन्छ।”
नगर प्रमुख विष्टले स्थानीय आवश्यकता र जनसहभागितामा आधारित विकासले दिगो परिणाम दिने उल्लेख गर्दै श्रमदान संस्कृतिलाई अझ प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।
सम्मान कार्यक्रमले समाजमा योगदान दिने जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दाताप्रति सम्मान व्यक्त गर्नुका साथै समुदायमा सहकार्य र सेवाभावको सन्देश दिएको निर्माण समितिका अध्यक्ष सुजन लामाले जानकारी दिए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...