Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड

FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक स्वजागरण" सम्बन्धि एकदिने कार्यक्रम आइतबार थाहा नगरपालिका–४, थानाबजारमा सम्पन्न भएको छ।
कार्यक्रममा नगरपालिकाभित्रका जनकल्याण माध्यमिक विद्यालय, मत्स्यनारायण माध्यमिक विद्यालय र झम्केश्वरी माध्यमिक विद्यालयका ३८ जना शिक्षक–शिक्षिका तथा विद्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य शिक्षकहरूको दैनिक जीवन तथा कार्यस्थलमा आउने तनाव व्यवस्थापन, क्षमता अभिवृद्धि तथा आफ्नो र विद्यार्थीहरूको आरोग्य जीवनशैली प्रवर्द्धन गर्नु रहेको थियो।
कार्यक्रममा थाहा नगरपालिकाका मेयर विष्णुबहादुर बिष्ट, उपमेयर भरत गोपाली तथा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख माधवविक्रम मल्लको उपस्थिति रहेको थियो।
जीवन विज्ञान प्रशिक्षक सन्तोष चौंरेलले प्रशिक्षण दिँदै प्रत्येक व्यक्तिभित्र रहेको खुसी हुने क्षमताको पहिचान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले जीवनको लक्ष्य निर्माण, मानसिक शान्ति प्राप्त गर्ने उपाय, बढ्दो आत्महत्या रोकथामका उपाय, विद्यार्थीहरूको स्मरणशक्ति वृद्धि गर्ने अभ्यास तथा सकारात्मक बानीको विकासबारे योगका प्रयोगात्मक अभ्याससहित प्रशिक्षण दिनुभयो।
जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकुमार बलले योगासन, प्राणायाम र ध्यानका विभिन्न विधिले व्यक्तिभित्र रहेको ऊर्जाको पहिचान गर्न तथा शिक्षक र विद्यार्थी दुवैको जीवनलाई आरोग्य बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
त्यसैगरी मत्स्यनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम लामाले सामूहिक ऊर्जा–ध्यानमार्फत वर्तमान क्षणको आनन्द अनुभूति भएको उल्लेख गर्दै विद्यालयमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन गर्दै थाहा नगरपालिकाका  शिक्षा शाखा प्रमुख माधवविक्रम मल्लले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रशिक्षक तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

FB_IMG_1784471878409-1784472017.jpg
FB_IMG_1784471873401-1784472012.jpg
FB_IMG_1784471873401-1784472017.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...