pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित

FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष सरोजकुमार खनाल र सचिव गुणराज घिमिरे लाई सम्मान गरेको छ। संस्थाको प्रधान कार्यालय थाहा नगरपालिका–४, थानाबजारमा आयोजित कार्यक्रममा उहाँहरूलाई सम्मान गरिएको हो। सोही अवसरमा शिखर क्लब तथा शिखरकोट बजार व्यवस्थापन समिति ले समेत नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
संस्थाका अध्यक्ष कृष्णबहादुर बिष्ट को अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष बिमलकुमार ढकाल सहित विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सानोभाइ कार्की, अरुण रायमाझी लगायतले अध्यक्ष खनाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
सम्मान ग्रहणपछि बोल्दै अध्यक्ष सरोजकुमार खनाल ले वर्तमान समयमा व्यवसायीहरू विभिन्न चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै सरकारले व्यवसायीलाई अनावश्यक रूपमा त्रसित बनाउने वातावरण सिर्जना गरेको र यातायात क्षेत्र आफैं व्यवस्थित हुन नसकेको अवस्थामा आफूले इमान्दारीपूर्वक व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले व्यवसायीको व्यवस्थापन प्रणाली, दुर्घटना व्यवस्थापन तथा समयअनुकूल नीतिगत सुधारका लागि सक्रिय पहल गर्ने बताउनुभयो। साथै, संशोधनको चरणमा रहेको यातायात व्यवसायी ऐन, २०४९ मा दुर्घटनापछि चालकलाई गरिने कारबाही, ट्राफिक जरिवाना लगायतका विषय व्यवसायीका लागि चुनौतीपूर्ण रहेकाले व्यवसायीको अधिकार र हितको पक्षमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो।
अध्यक्ष खनाल पालुङ बहुउद्देश्यीय सहकारी संस्था को हेटौँडा शाखाका संयोजक समेत रहनुभएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...