pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

साहित्य

हेटौंडामा नेपाली भाषा,साहित्यको बहस गर्दै सकियो बृहत साहित्य महोत्सव

हेटौंडा । वागमती प्रदेशको राजधानी हेटौंडामा भएको दुई दिने बृहत साहित्य महोत्सवको समापन भएको छ । मकवानपुरे महिला साहित्यकारको एकमात्र संस्था आँचल साहित्य कला पुञ्जले फागुन २० र २१ गते हेटौंडामा बृहत साहित्य महोत्सव आयोजना गरेको हो । 

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आँचलले मकवानपुरमा पहिलो पटक देशभरका साहित्यकारलाई जम्मा गरेर बृहत साहित्यक महोत्सवको आयोजना गरेको थियो । हेटौंडा उपमहानगर क्षेत्रका विभिन्न पर्यटकिय स्थलमा समेत आयोजना गरिएको महोत्सवमा साहित्यका विभिन्न पाटामा गहन बहस भएका थिए । 

महोत्सवको पहिलो दिन उद्घाटनसहित  “साहित्यमा राजनीति’ विषयमाथि बहस भएको थियो ।  बहसमा साहित्यकार भूपाल राई र समिक्षक घनश्याम घिमिरे वक्ता रहेका थिए । उक्त बहसको सहजकर्ता पत्रकार तथा साहित्यकार ठाकुर बेलबासेले गरेका थिए । बहसमा साहित्य राजनीतिबाट टाढा हुन नसक्ने वक्ताहरुले बताएका थिए । 

महोत्सवको पहिलो दिनमै  ‘भाषिक दृश्टिले साहित्यमा नारी’ विषयमा कार्यपत्र प्रस्तुत भएको थियो । महोत्सवमा साहित्यकार ज्ञानु अधिकारीले कार्यपत्र प्रस्तुत गरेकि थिइन् । कार्यपत्र माथि साहित्यकार प्रणेता र राम अविकासले टिप्पणी गरेका थिए ।

सोही दिन गजल तथा मुक्तक वाचन कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा मकवानपुरसहित देशभरका ४० जना साहित्यकारले गजल तथा मुक्तक वाचन गरेका थिए । यस्तै पहिलो दिनको साँझ साँगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम हेटौंडाको पिएम सेन्टर र सुस्केरा परिवारले आआफ्नो प्रस्तुती दिएका थिए । 

महोत्सवको दोस्रो दिन बिहान हेटौंडामा साइकल संरचनाको सम्भावना विषयमा अन्र्तक्रिया भएको थियो । उक्त कार्यक्रम आँचल र हिमालयन राईडर्स सोसाइटी मकवानपुरको आयोजनामा भएको थियो । यस्तै दोस्रो दिनको दोस्रो कार्यक्रम मकवानपुरको पर्यटकीय स्थल गुम्बा डाँडामा आयोजना गरिएको थियो ।  ‘मकवानपुरको साहित्यिक महक’ विषयको बहसमा साहित्यकार तारालाल श्रेष्ठ, विना थिङ र सञ्जय साह बहसकर्ता र सुवास खनाल सहजकर्ता रहेका थिए । उक्त कार्यक्रममा मकवानपुरको साहित्यको विगत र वर्तमानका विषयमा छलफल भएको थियो । 

यसैगरी दोस्रो दिनको तेस्रो तथा महोत्सवको अन्तिम बहस कार्यक्रम हेटौंडामा भएको थियो ।   ‘समकालिन कविताको मार्ग चित्र’ विषय माथि भएको बहसमा साहित्यकार भूषिता वशिष्ठ, नेत्र एटम र चन्द्र गुरुङ वक्ता रहेका थिए भने यसको सहजकर्ता साहित्यकार निमेष निखिलले गरेका थिए । बहसमा साहित्यको वर्तमान अवस्था र अबको साहित्य कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल भएको थियो । बहसकर्ताहरुले जस्तो लेखेपनि साहित्य मान्दा समग्र साहित्य क्षेत्र नै कमजोर बन्दै गएको टिप्पणी गरेका थिए । यसैगरी महोत्सवको अन्तिम कार्यक्रम कविता वाचनको रहेको थियो । उक्त कार्यक्रममा मकवानपुरकासहित ६० जना कविले कविता वाचन गरेका थिए । 

 महोत्सवमा मकवानपुरबाट प्रकाशित पुस्तकहरुको प्रर्दशनी, चित्रकार तथा साहित्यकार ऋषि केबी र ऋतिक केबीले बनाएको चिकला प्रर्दशनी गरिएको थियो । यस्तै महोत्सवमा मकवानपुरका महिलाहरुले उत्पादन गरेको हस्तकलाका सामाग्रीहरु पनि प्रर्दशनीमा राखिएको थियो । 

आँचलकी अध्यक्ष अनिता न्यौपानले सबैको सहयोगमा बृहत साहित्य महोत्सव भव्यताका साथ सम्पन्न भएको बताईन् । हेटौंडा उपमहानगरपालिकासहित मकवानपुरका सामाजिक तथा साहित्यक संघसंस्थाको सहयोगले महोत्सवलाई सहज रुपमा आयोजना गर्न मद्दत पुगेको उनले बताईन् । महोत्सवले मकवानपुरको भाषा, साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासमा टेवा पुग्नेको अध्यक्ष न्यौपानले उल्लेख गरिन् ।  महोत्सवले समग्र साहित्य, कला, संस्कृति, पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको उनले बताइन् ।

साहित्य र समाजसँग जोडिएका विषयवस्तु माथि बहस, अन्र्तक्रियासहित नेपाली भाषा साहित्यको उत्थान र विकासका लागि महोत्सवको आयोजना गरिएको र त्यो उपलब्धि महोत्सवले दिएको अध्यक्ष न्यौपानेको दाबी छ । 

कार्यक्रमको उद्घाटन सत्र आँचलकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा वागमती प्रदेशका सांसद प्रेमबहादुर पुुलामी र हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सर्जक सञ्जालका अध्यक्ष निमेष निखिल, अग्रज साहित्यकार तुल्सी थापा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देलको आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुरका साहित्यक संघसंस्था, जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघसंस्थाको सहभागिता रहेको थियो । समापन कार्यक्रमको समापन आँचलकी अध्यक्ष न्यौपानेको सभाध्यक्षता तथा गायिका सुशिल पाण्डे मान्नधरको प्रमुख आतिथ्यतामा भएको थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...