Sunday, 19 May, 2024
साहित्य

साहित्य सङ्गम मकवानपुरद्वारा सहयोगी दाताहरूलाई सम्मान, रचना वाचन र गायन कार्यक्रम

FB_IMG_1703948117954-1703948142.jpg

पौष १४, शनिबार
मकवानपुर ।
साहित्य सङ्गम मकवानपुरले ३३८औं नियमित साहित्य सन्ध्या सम्पन्न गरेको छ । 
सोही अवसरमा साहित्य सङ्गमको नियमित गतिविधि सञ्चालनार्थ अक्षयकोष निर्माण अभियानमा सहयोगी दाताहरूलाई सम्मान गरिएको हो । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता र सङ्गमका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षतामा आयोजित कार्यक्रममा ५ हजार रूपैयाँमाथि सहयोगी दाताहरूलाई सम्मान गरिएको अध्यक्ष बर्तौलाले बताउनुभयो । सङ्गम मकवानपुरको नयाँ कार्यसमिति चयनपछि वाचन, विमोचन, बहस, कार्यशाला लगायतका नियमित कार्यक्रम सञ्चालनका लागि दीगो अक्षयकोष बनाउन सकेमा संस्थाका गतिविधिले निरन्तरता पाउने हुँदा पहिलो चरणमा कूल ३ लाख ५३ हजार रूपैयाँ सहयोग गर्ने ५५ दाताहरू सम्मान गरिएको उहाँले जानकारी दिनुभयो । बाँकी सर्जकहरूलाई दोस्रो चरणको कार्यक्रममा सम्मान गरिने तथा केही दाताहरुले नाम उल्लेख नगर्ने र सम्मान ग्रहण नगर्ने शर्तमा समेत सहयोग दिनु भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सिग्देलले साहित्य सङ्गमको यस अभियानमा सम्बन्धित वडाको साहित्यिक, शैक्षिकलगायतका गतिविधि सञ्चालन र सञ्चारमा महत्वपूर्ण भूमिका खेलेका सबै साहित्यिक संस्थाहरूलाई आफ्नै कार्यक्रमका रूपमा अपनत्व लिँदै निरन्तर सरसहयोग र सहकार्य गर्दै आइरहेको स्मरण गराउँदै सङ्गमको यस अभियानमा १० लाख पुर्‍याउने लक्ष्यमाथि नपुग रकम सहयोग गर्ने र कार्यक्रमहरूलाई निरन्तरता दिलाउन सहयोग गर्ने वाचा गर्नुभयो । उहाँले विभिन्न विद्यालयबाट सहभागी नवसर्जकहरूलाई लेखनका लागि हौसला दिन र नयाँ नयाँ पाठकस्रोताहरू बनाउनका लागि समेत सर्जकहरूसँग आह्वान गर्नुभयो ।
कार्यक्रममा सहयोगी दाताहरू सुदर्शनप्रसाद अधिकारी, दिनेश भण्डारी, विनोद सुवेदी, अमुल श्रेष्ठ, डीबी बर्तौला, ठाकुरराम भण्डारी, सुभाषचन्द्र पौडेल, विश्वास क्षेत्री, दीपक गौतम, सुदीप बर्तौला, मनोज पोखरेल, उमा मैनाली, भानुभक्त आचार्य, रामहरि न्यौपाने, उमेश आचार्य, रामकृष्ण तिमल्सिनालगायतका व्यक्तित्वहरू सम्मानित हुनु भयो ।
साहित्य सर्जक तथा कार्यक्रमका विशिष्ट अतिथि तुलसी घिमिरेले साहित्य सङ्गम सुरूवाती विविध प्रसङ्गका साथ आफ्नो कविता सुनाउनुएको कार्यक्रममा बालजागृती ईङ्लिश सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल विनोद सुवेदीले र सम्मानित व्यक्तित्वहरूको तर्फबाट सुदर्शनप्रसाद अधिकारीले मन्तव्य राख्नुभयो । बालजागृति स्कुलका विद्यार्थीहरू सायुज्य देवकोटाले भजन शिरोमणि भक्तराज आचार्य तथा प्रसिद्धी लामिछानेले स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको गीत गायन गर्नुभयो । जसलाई सङ्गीत प्रशिक्षक घनश्याम ढकाल र मनोज शाहीले सहजीकरण गर्नुभयो ।
साहित्य सर्जकहरू सुवास सजल, रचना भण्डारी, रजनी पौडेल, कृतिका लौडारी, स्वस्तिका बानियाँ, इभानी रानाभाट, छवि अनित्य, किसन पौडेल, देवराज तिवारी, सुदर्शन अधिकारी, चेतप्रसाद पौडेल, विष्णु गौतम, ठाकुरराम भण्डारी, शोभा थापा, मिथिला अधिकारी, केशव न्यौपाने आदिले विविध साहित्यक रचना गर्नुभयो । कार्यक्रममा भावना सापकोटा, भवानी तिमल्सिना, श्रीराम तिमल्सिना, मुक्तिगोविन्द वैद्य, विनोद सुवेदी, दिनेश भण्डारी, राजकुमार लामिछाने, मधु ढुङ्गाना, ईन्द्र नेपाल लगायतका साहित्य सर्जक, साहित्यसेवी, शिक्षक कर्मचारी आदिको उपस्थिति रहेको थियो ।
साहित्य सङ्गम र सिस्नुपानी नेपाल मकवानपुरको संयुक्त हलमा सञ्चालित कार्यक्रमलाई सङ्गम मकवानपुरका सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको हो ।

FB_IMG_1703948021079-1703948142.jpg

world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...