Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

साहित्य

सातबुँदे बकैया घोषणापत्र जारी गर्दै कला साहित्य-महोत्सवको समापन

1647233547482-1647233688.jpg

आफ्नो स्थापनाको २९ औँ वार्षिकाेत्सवका अवसर पारेर झरना साहित्यिक परिवार मकवानपुरले आयोजना गरेको दुइदिने बकैया-कला साहित्य महोत्सव-२०७८ सातबुँदे बकैया घोषणापत्र जारी गर्दै शनिबार समापन भएको छ ।
महोत्सवमा ६ प्रदेशका २०  जिल्लाका तथा स्थानीय साहित्यकर्मी, कलाकर्मी, सङ्गीतकर्मी, स्थानीय संस्कृतिकर्मी तथा स्थानीयहरू गरी सयौँको उल्लेखनीय उपस्थिति रहेको थियो । बकैया गाउँपालिकाकाे आर्थिक व्यवस्थापन तथा बुद्ध मावि, बकैया-३ हात्तीसुँडेकाे सहकार्यमा सोही विद्यालयको प्राङ्गणमा यो महाेत्सव आयोजना भएको हो ।
महोत्सवको पहिलो दिन विभिन्न १० व्यक्ति तथा संस्थालाई विविध विधाका पुरस्कार तथा सम्मानहरू समर्पित गरिएको थियो । सोही दिन साङ्गितिक साँझसमेत आयोजना भएको थियो । त्यस अवसरमा मकवानपुरका ईश्वर खड्का, प्रमेन्द्र महर्जन, राज घिमिरे तथा पर्साका अजमत अली अन्सारी लगायतका गायक तथा संगितकर्मीहरूको साथ रहेको थियो । महोत्सवका दुवै दिन जिल्ला तथा जिल्लाबाहिरका साहित्यकारहरूका‌ विविध विधाका साहित्यिक सिर्जनाहरूको साथमा  स्थानीय साङ्गीतिक-साँस्कृतिक प्रस्तुति/झाँकी/खैँजडी भजन आदिसमेत महोत्सवका आकर्षण रहेका थिए ।
साहित्यिक तथा गैरसाहित्यिक पुस्तकहरूको प्रदर्शनी तथा स्कुले विद्यार्थीहरूको चित्रकला प्रदर्शनीले पनि महोत्सवको रौनक थपेको थियो ।
महोत्सवकै क्रममा झसाप उपाध्यक्ष विश्वनाथ सञ्जेलको 'फर्कियाै किनारबाट' नामक गजल सङ्ग्रह समेत विमाेचन भएको थियो । साथै महोत्सवमा पठन संस्कृति अभियन्ता सुरेश श्रेष्ठको अगुवाइमा 'पुस्तकालय अभियान मकवानपुर' द्वारा 'हात्तीसुँडे सार्वजनिक पुस्तकालय'को स्थापनार्थ पुस्तकहरू सङ्कलन भएका थिए ।
कार्यक्रमको अर्को विशेष आकर्षण साहित्यिक तथा सामयिक बहसहरू समेत थिए । महोत्सवमा 'सिर्जनामा स्थानीय रङ', 'विद्यालय: सिर्जनशील सिप विकासको केन्द्र', 'स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान अभ्यास: कति सहज कति असहज?', ' स्थानीय सरकार सञ्चालनका पाँच वर्ष: कति सफल कति असफल?' विषयक चारवटा छुट्टाछुट्टै बहसहरू समेत सञ्चालन भएका थिए ।
बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्य तथा उपाध्यक्ष सरला बोलखेको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपाल, मकवानपुरे अग्रज साहित्यकारहरू तुलसी थापा, आरसी रिजाल,  निमेष निखिल, जिल्ला बाहिरबाट उपस्थित साहित्यकारहरूमा  पर्साबाट गोपाल अस्क, अजमत अली अन्सारी, स्याङ्जाबाट  मिलन समीर, सुनसरीबाट  टीका आत्रेय, चितवनबाट सुरेन्द्र अस्तफल, सर्लाहीबाट सुमन घिमिरे अग्रिम र सञ्जय सुदामा, धादिङबाट यात्रीप्रकाश पाण्डे र हीरा अधिकारी, कालीकोटबाट ध्रुव सञ्ज्याल, रुपन्देहीबाट विष्णु विवश पोखरेल र सुशील सापकोटा, दर्जनौँको सङ्ख्यामा मकवानपुरे कवि तथा साहित्यकारहरू, मकवानपुरे साहित्यिक संघसंस्थाका प्रतिनिधिहरू, झरना साहित्यिक परिवार मकवानपुरका सल्लाहकारहरू, पुरस्कार संस्थापकहरु, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय सामाजिक अगुवाहरु,  जिल्लाभरिका विभिन्न विद्यालयहरूबाट सयौंको संख्याका बालबालिकाहरू, सयौंको संख्यामा स्थानीय बासिन्दाहरू लगायतको दरिलो उपस्थितिले महोत्सवलाई झनै भव्य बनाएको थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

1647233540275-1647233688.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...