jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

साहित्य

सर्लाहीमा राष्ट्रिय काव्य गोष्ठी सम्पन्न, बिर्खे अञ्जान सहित ६ स्रष्टा सम्मानित 

birkhe-1556958073.jpg

सर्लाहीमा राष्ट्रिय काव्य गोष्ठी सम्पन्न बिर्खे अञ्जान सहित ६ स्रष्टा सम्मानित 
ओम कार्की स्मृति साहित्य प्रतिष्ठानले १९ बैशाखमा सर्लाहीको राजघाटमा राष्ट्रिय काव्य गोष्ठी सम्पन्न गर्यो । २०५६साल बैसाख१९ गते तत्कालीन बिद्रोही दल माओवादीको एम्वुसमा परि साहादत प्राप्त गरेका प्रहरी जवान ओम कार्कीको २० अौं स्मृति दिवसको सन्दर्भमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
प्रतिष्ठानकि अध्यक्ष अम्बिका कार्कीको सभापतित्व तथा प्रा डा भीम खतिवडाको प्रमुख आतिथ्यतामा आयोजित राष्ट्रिय काव्य गोष्ठीलाई बागमती नगरपालिका वडा नं ६ का वडाध्यक्ष तथा संस्थाका सल्लाहकार गोविन्द राईले स्वागत मन्तब्य राख्नु भएको थियो भने ओम कार्कीको ब्यक्तित्व तथा कृतित्व माथि झलनाथ खनाल स्वास्थ्य बिज्ञान प्रतिष्ठान का नवराज भण्डारी ,पुर्व गाविस अध्यक्ष बिष्णु पुलामीले चर्चा गर्नु भएको थियो ।्
 सहिद ओम कार्कीको तस्बिरमा प्रमुख अतिथि प्राडा भीम खतिवडा  तथा प्रतिष्ठानकि अध्यक्ष अम्बिका कार्की माल्यार्पण गरे पश्चात् प्रारम्भ भएको अौपचारिक कार्यक्रममा साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँनुहुने स्रष्टाहरूलाई प्रतिष्ठानले सम्मानित पनि गरेको थियो ।जस अन्तर्गत मकवानपुरका कविर समालोचक बिर्खे अञ्जान, काठमाडौंका कवि कलानिधि दाहाल, चितवनका महाकाब्यकार केशवराज आमोदी,गजलकार पुष्प अधिकारी अञ्जली ,सर्लाहीका मुक्तककार हरिकृष्ण काफ्ले र सुनसरी धरानका समालोचक प्राडा भीम खतिवडालाई ओम कार्की साहित्य प्रतिभा सम्मान द्वारा सम्मानित गरिएको थियोे ।दुई सत्रमा बिभाजन गरिएको सो कार्यक्रममा दोस्रो चरणमा बिशेष वाचनकालागि आमन्त्रण गरिएका स्याङ्जाका मिलन समीर ,सुर्खेतकी शिवा कार्की मोरकी सन्ध्या सापकोटा दाङका वसन्त वली वसन्ती र बर्दियाका पृथक हिमालले क्रमशः गजल ,मुक्तक कविता वाचन गरेका थिए।स्थानीय साहित्यकारहरूको पनि बलियो उपस्थिति भएको सो कार्यक्रममा दिनेश पोख्रेल ,जीवन आचार्य ,भाष्कर काजी,सुन्दर कार्की ,विना लुङ्गेली,मिना देवकोटा र राजेश्वरी काफ्लेले पनि आआफ्नो सिर्जना सुनाएका थिए।
 सहिद ओम कार्कीले राष्ट्रकालागि जुन बलिदानी नेपाली माटोलाई दिनु भयो त्यही माटोलाई मुटुमा राखेर कलम कर्मीहरूको उत्साहका लागि स्थापना भएको प्रतिष्ठानले भोलिका दिनहरूमा जनजिविकाको सवालसँग जोडिएर काम गर्दै जाने हो भने साचो अर्थमा उहाँलाई सम्मान गरिएको ठहर्छ भन्दै प्राडा भीम खतिवडाले यस्ता किसिमको गतिविधिको आयोजनाले सकारात्मक सन्देश मात्रै प्रवाह नगरीकन उत्साहको पनि बिजारोपण गर्छ भन्नू भयो ।  गजलकार कमल अर्याल धादिङ्गेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रतिष्ठानकि अध्यक्ष अम्बिका कार्कीले सभा समापन गर्दै शोकलाई शक्तिमा बदलेर आगामी दिनमा साहित्यमा मात्रै केन्द्रीकृत नभई सामाजिक ,साँस्कृतिक रूपान्तरणमा पनि प्रतिष्ठानले काम गर्ने छ भन्नुभयो । मुलुकभरका प्रतिनिधि स्रष्टाहरूको बृहत् भेला भएको सो कार्यक्रममा स्थानीय बुद्धिजीवी ,समाजसेवी ,राजनीति कर्मी तथा सर्व साधारणहरूको घुइँचो लागेको थियो ।


 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...