Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

साहित्य

भोलीबाट हेटौंडामा आँचलको आयोजनामा बृहत साहित्य महोत्सव

हेटौंडा । मकवानपुरे महिला साहित्यकारको एकमात्र संस्था आँचल साहित्य कला पुञ्जले यही फागुन २० र २१ गते हेटौंडामा बृहत साहित्य महोत्सव आयोजना गर्दै छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा आँचलले मकवानपुरमा पहिलो पटक देशभरका साहित्यकारलाई जम्मा गरेर बृहत साहित्यक महोत्सवको आयोजना गरेको हो । 

साहित्यका विभिन्न विषय र साहित्य र समाजसँग जोडिएका विषयवस्तु माथि बहस, अन्र्तक्रियासहित नेपाली भाषा साहित्यको उत्थान र विकासका लागि महोत्सवको आयोजना गरिएको आँचलका अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् । उनका अनुसार महोत्सवले मकवानपुरको भाषा, साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा,  दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासमा टेवा पुग्ने छ । महोत्सवले समग्र साहित्य, कला, संस्कृति, पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिने उनले बताइन् । 

महोत्सवले भाषा साहित्यको विकास र संरक्षण गर्दै फरकफरक परिवेश, समूह, भाषा, संस्कृति तथा रहनसहनमा रहेका साहित्यकार बीच साहित्य आदानप्रदान हुने अध्यक्ष न्यौपानले उल्लेख गरिन् । सााहित्य, भाषा, तथा कलाको अहिलेको अवस्थाका बारेमा बहस हुने भएकाले साहित्यलाई अझ परिस्कृत र बलियो बनाउँदै लैजाने अपेक्षा महोत्सवबाट लिइएको उनको भनाई छ । 

दुईदिनसम्म सञ्चालन हुने महोत्सवमा देशका विभिन्न स्थानबाट ६० जना भन्दा बढी साहित्यकार आउने जनाइएको छ । मकवानपुरका साहित्यकारसहित करिब दुई जनाको सभागिता रहने महोत्सवमा साहित्यका विभिन्न क्षेत्रमा बहस हुने आँचलकी सचिव भावना सापकोटाले जानकारी दिइन् । उनका अनुसार महोत्सव फागुन २० गते शुक्रबार उद्घाटन हुनेछ ।  महोत्सवमा  ‘साहित्यमा राजनीति’ विषयमाथि बहस हुने छ । त्यस्तै महोत्सवमा कविता, गीत, गजल, मुक्तक वाचन कार्यक्रम रहेको सापकोटाले बताईन् ।

यस्तै महोत्सवमा  ‘समकालिन कविताको मार्ग चित्र’, ‘मकवानपुरको साहित्यिक महक’ विषयमाथि बहसको कार्यक्रम पनि रहेको सचिव सापकोटाले जानकारी दिइन् । हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने महोत्सव अन्र्तगत  ‘मकवानपुरको साहित्यिक महक’ विषयको बहस भने पर्यटकीय स्थल गुम्बाडाँडामा हुने छ । यस्तै महोत्सवमा ‘भाषिक दृश्टिले साहित्यमा नारी’ विषयमा कार्यपत्र प्रस्तुत हुने र त्यस माथि बहस हुने जनाइएको छ । यस बाहेक महोत्सवमा साङ्गीतिक कार्यक्रम, पुस्तक प्रर्दशनी, कला प्रर्दशनी समेत हुने छ । 

महोत्सवमा  ‘साहित्यमा राजनीति’ विषयको बहसका लागि भुपाल राई, धनकुमारी सुनार र घनश्याम घिमिरे वक्ता रहेका छन् भने यसको सहजकर्ता ठाकुर वेलबासे रहेका छन् ।  ‘मकवानपुरको साहित्यिक महक’ विषयको बहसमा तारालाल श्रेष्ठ, विना थिङ र सञ्जय साह बहसकर्ता र सुवास खनाल सहजकर्ता रहेका छन् । यस्तै  ‘समकालिन कविताको मार्ग चित्र’ विषय माथि बहस गर्न भूषिता वशिष्ठ, नेत्र एटम र चन्द्र गुरुङ वक्ता रहेका छनभने यसको सहजकर्ता निमेष निखिल रहेका छन् । यसैगरी  ‘भाषिक दृश्टिले साहित्यमा नारी’ विषयमा कार्यक्रम कार्यपत्र ज्ञानु अधिकारीले प्रस्तुत गर्नेछिन् । कार्यपत्र माथि  प्रणेता र राम अविकासले टिप्पणी गर्ने कार्यक्रम रहेको छ ।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg