jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

साहित्य

बिक्षीप्त स्वप्न

31939765_1677967812257309-1525580964.jpg

बिक्षीप्त स्वप्न- (गाैतम भद्र ध्वज)

जवानी भरपुर थियाे!

गुलाबकाे फूल जस्तै

अतृप्त अाँखा त्यतै लाेलाउथे!

सुन्दर स्वप्न महल सजाउंथे!

स्याल झै -याल चुहाएर अगि-पछि दगुर्थे!

अाफ्नाे माेह जालमा फसाएर,

एउटा ब्याँसाेले जीवन साथी बनायाे!

बाँदरका बथानले- सिम्टा जस्तै-नङ्गायाे!

उस्काे जीन्दगी -छिलेकाे कटहर झै बनायाे!

हरेक समय बचन बाण प्रहार, महामानबकाे उदाहरण जनायाे!

शरिर भरि निलडाम-कठै भन्ने कस्ले?

हात-खुट्टा लाठि सबै बर्सायाे!

एक झुण्ड माहुरी फूलका गुच्छामा,

तछाड-मछाड गरि बस्दथे!

जब फूल मुर्झायाे-छाेडे अाफन्तिले

छर्रा लागेकाे कालीज - जस्तै तड्पाई!

किड्नी फेल हुंदा झै - अनुभूती !

सबारि दुर्घटना हुंदा - बाच्ने सम्भाबना रहन सक्छ बरु।

फलाम बरु पग्लन्छ!

बाच्नु न मर्नुकाे दाेषाधमा!!

ताताे बालुवाकाे यात्रा तय,

पैसा फल्ने रुखकाे खाेजीमा!

बकबास स्वप्न पुरा गर्न

छु मन्तरकाे कल्पना संगाल्दै!

लादिएकाे छ भार गधालाई जस्तै,

मुखमा गन्ध अाउंछ- ह्वास्स अालाे रगत!

मुद्रा फल्ने- कठाेरतम रुखका छाहारी।

फलामका जंजीरले बाँधिएका

मन,मस्तिष्कका क्रन्दनहरु।

जंन्जिरले बांधिएका हात,

कहिले बन्धन मुक्त बन्ला।

झर्काे लाग्ने गरि

असिनाकाे अाेईराे।

फूल पात बाली नष्ट भयाे।

बांझाे थियाे,

यस बर्ष पनी बांझै रहेकाे -ठहर गरियाे।

अाक्रान्त र बियाेगान्तकाे स्वप्न शहरमा।

हावाहुरि चलीरह्याे-चलीरह्याे।

कठै रेमिटान्स खेती।

उ देशमा एक बाकस भरिंदा,

यता दश जीउंदै मर्दछन्।

बिक्षीप्त -सिस महल,

कहिले बम,बारुद संगै जल्याे।

बहत्तरमा -भूईचालाले ढल्याे।

मन्दिर,मस्जिद र चर्चमा -प्रार्थना गरिन्।

गढगढाहट -पूर्ण भेल धेरै तरिन्।

अन्तत-स्वशरिर -ठुलाे बाकस भरिन।

फेरि चट्याङकाे -जाेडदार अावाज ,

रुखहरु जले ,पाेल ढले ,लठ्ठा चुडियाे।२

बिक्षीप्त स्वप्नले- कठै मन पून: कुंडियाे।

बिक्षीप्त स्वप्नले -कठै मन पून: कुंडियाे।।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...