Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

साहित्य

प्रेमको बकपत्र।
बिर्खे अञ्जान

Untitled-1-1623288157.jpg

 तिम्रो बिचारको बीर्यमा
स्खलन भएको छ -- प्रेमको भ्रुण
र , बिश्वास बिरूद्ध अस्तित्वको फैसला हुनु पूर्व
बलात्कृत भएछ -- नैतिकताको कौमार्य ।

न्यायाधीश बस्छन् या जल्लाद
थाहा छैन अदालतमा
अन्तर्मूल्याङ्कनको पूरातन पद्धति 
हो हिजो जस्तै आज पनि कायमै छ।

निषेधित अत्यासहरूको तूफान
प्रायः प्रेम माथि नै हमला गर्छ
र , संस्कार नामको पूरातन अहम् 
उध्रेका बिचारहरूको हुण्डरी बोकेर 
प्रेमको बस्ती उजाड बनाउँछ।

खोला बग्छ निरन्तर 
किनार चाहेर पनि हिड्न सक्दैन 
हो जूनलाई घामसँग जिस्कन मन छ
र , पनि रात बाहेक अरू उसको हुनै सक्दैन 
जति जोडे पनि कहिल्यै मिल्दैन 
अचम्मको छ प्रेमको गणित ।

माया फुल्ने फूलबारी 
माटो हुनै सक्दैन 
छातिभरि रोपेर स्पर्शको बिरुवा
उमार्न खोजेपनि मुटुमा प्रेमको गुँरास
अझेपनि असफल छन् --- मुनामदनको जोडी
अचेल अोठहरूले ममता होइन आक्रोश अोकल्छ
मानव सभ्यतामा हुर्किरहेछ -- घमण्डको बीउ
साच्चिकै कहाँ पाइन्छ  यतिखेर 
बिदूर जस्तै बिश्वासको हिमाल ।

च्यातेर फ्याकेको प्रेम पत्र
साक्षी राखेर भगवानलाई खाएका मायाको कसम
फेल भएको शैक्षिक प्रमाणपत्र 
अथवा बासी भएको अखबारका पानाहरू
हो सबै सबै आदिम भएका छन् इतिहासहरूमा।

बिचारको उत्तेजना 
भो ! नबर्साउ समयको कालो कठघरामा 
घाम अझै मलिनो छ
आगो तात्न सकेको छैन अघेनूमा
खिया लागेको भुत्ते मष्तिक
आरनमा नअर्जावेसम्म सँस्कृतिको हतियार 
फूलमाया !
 तिम्रो र मेरो प्रेम 
आकाश र धर्ती जस्तै हुन्छ।

तिम्रो बिचारको बीर्यमा
स्खलन भएको छ - प्रेमको भ्रुण
र बिश्वास बिरूद्ध अस्तित्वको फैसला हुनु पूर्व
बलात्कृत भएको छ -- नैतिकताको कौमार्य।

*******************

बिर्खे अञ्जान

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg