jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

साहित्य

पालुङ क्याम्पसमा साहित्यिक कार्यक्रम सम्पन्न
सिम्रन भईन प्रथम

थाहा नगरपालिका–३, खेल्पुडांडा स्थित उत्तरी मकवानपुरको एक मात्र क्याम्पस पालुङ बहुमुखी क्याम्पसमा प्रजातन्त्र दिवशको उपलक्ष्यमा आईतबार बिहान कविता गोष्ठि सम्पन्न भएको छ ।
   पालुङ बहुमुखी क्याम्पसको बार्षिक क्यालेण्डर अनुसार स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा पालुङ बहुमुखी क्याम्पसका प्रमुख रामहरि अधिकारीको प्रमुख आतिथ्यता एवम् स्वतन्त्र विद्यार्थी युनियन पालुङ क्याम्पसका सभापति मुकेश गोलेको सभाध्यक्षतामा कार्यक्रम भएका हो ।
   कार्यक्रममा सहभागी विद्यार्थीहरुले आ–आफ्नो रचना बाचन गरेर थिए । मानविकि संकाय प्रथम वर्षका सिम्रन खड्का कविता गोष्ठिमा प्रथम भएकी छिन् । त्यसैगरि व्यवस्थापन संकाय द्वितीय वर्षका शिवानी विश्वकर्मा द्वितीय र व्यवस्थापन संकाय तृतीय वर्षका संजिता गोपाली तृतीय भएका छन् ।
    त्यसैगरि व्यवस्थापन संकाय तृतीय वर्षका मञ्जरी बलामी, सोही वर्षका पार्वती विडारी र मानविकि संकाय प्रथम वर्षका सिर्जना पाठकले सान्तव सात्वना पुरस्कार जितेका छन् । सप्राध्यापक राजन मिश्रले स्वागत मन्तव्य सहित सुरुभएको कार्यक्रममा क्याम्पसका सप्राध्यापक तोयानाथ काफ्ले र विजय बाबु बस्नेतले निर्णयको भूमिका निर्वाह गरेका थिए भने कार्यक्रमको सञ्चालन  सप्राध्यापक सन्तोष हमालले गर्नु भएको थियो ।
   विद्यार्थीलाई सधै पढाईमा मात्र लाग्न नभई साहित्यिक क्षेत्रमा समेत रुचि बढ्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको क्याम्पसले जनाएको छ । क्याम्पसमा यस्ता गतिविधि गरिरहने र त्यसको लागि विद्यार्थीको सहभायिता हुनुपर्ने प्रमुख अधिकारीले बताउनु भएको छ । प्रमुख अधिकारीले विद्यार्थीहरुको रचना आफुलाई साहै राम्रो लागेको भन्दै प्रशंशा गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष तथा स्ववियू सभापति मुकेश गोलेले कार्यक्रममा सहभागिता जनाउने सबैलाई बिशेष धन्यवाद सहित कार्यक्रम समान गर्नु भएको थियो । सभापति गोलेले पालुङ क्याम्पसमा शैक्षिक गतिविधि स“गै अन्य मनोरञ्जनात्मक तर सन्देशमुलक, सचेतनामुलक गतिविधि गर्दाै आइरहेको र आगामी दिनमा पनि क्याम्पसको अतिरिक्त क्रियाकलाप तथा शैक्षिक बिकासमा  लागि पर्ने प्रतिवद्घता व्यक्त गर्नु भएको थियो  । विजेता विद्यार्थी तथा सान्त्वना विद्यार्थीहरुलाई प्रमुख अतिथि तथा सभापतिले पुरस्कार वितरण गर्नु भएको थियो ।

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...