Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

साहित्य

पालुङ क्याम्पसमा साहित्यिक अन्तरक्रिया, डा. लम्साललाई सम्मान

417818909_129415571460726-1704808671.jpg

 पालुङ बहुमुखी क्याम्पसले २४ पुसमा साहित्यिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । वरिष्ठ साहित्यकार डा. नवराज लम्सालकाे उपस्थितिमा कार्यक्रम भएकाे हाे । थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट , उपप्रमुख भरत गाेपाली र नाट्य विधाका प्राज्ञ पुरु लम्सालकाे विशेष उपस्थित रहेकाे कार्यक्रममा साहित्यकारहरु, प्राध्यापक, विद्यार्थी, पालुङ जेसीज, लायन्स क्लव अफ थाहा पिस, लियाे क्लव अफ पिस थाहा लगायतकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा डा. लम्सालले विद्यार्थीहरुलाई साहित्य क्षेत्रमा लाग्न प्रेरित गर्दै साहित्य के, किन र कसका लागि भन्ने विषयमा प्रष्ट पारेका थिए । त्यसैगरी प्राज्ञ पुरु लम्सालले स्थानीयतालाई साहित्यमा जाेड्न सके जीवन्त हुनेमा जाेड दिए ।

लम्साल र साहित्य विर्खे अञ्जानले स्थानीय प्रज्ञा प्रतिष्ठान गठन गर्नुपर्नेमा समेत जाेड दिए । साे अवसरमा मच्छिन्द्र बहुमुखी क्याम्पसका शेखर कार्कीले साहित्यकाे महत्वमाथि प्रकाश पारे । कार्यक्रममा थाहानगरका विर्खे अञ्जान, पालुङे चराे, हरिकृष्ण कार्की , गाैतम भद्रध्वज, विराेध रायमाझी, अञ्जय प्रधान, विराज थापा, ईश्वरी कार्की लगायतले रचना वाचन गरेका थिए ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुरेन्द्रमान प्रधानले स्वागत गरेकाे कार्यक्रम क्याम्पस प्रमुख राजन मिश्रकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे । साे अवसरमा डा. लम्साललाई सम्मान पत्र प्रदान गरिएकाे थियाे भने अतिथि तथा साहित्यकारहरुलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg