Sunday, 19 May, 2024
साहित्य

पालुङ क्याम्पसमा साहित्यिक अन्तरक्रिया, डा. लम्साललाई सम्मान

417818909_129415571460726-1704808671.jpg

 पालुङ बहुमुखी क्याम्पसले २४ पुसमा साहित्यिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । वरिष्ठ साहित्यकार डा. नवराज लम्सालकाे उपस्थितिमा कार्यक्रम भएकाे हाे । थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट , उपप्रमुख भरत गाेपाली र नाट्य विधाका प्राज्ञ पुरु लम्सालकाे विशेष उपस्थित रहेकाे कार्यक्रममा साहित्यकारहरु, प्राध्यापक, विद्यार्थी, पालुङ जेसीज, लायन्स क्लव अफ थाहा पिस, लियाे क्लव अफ पिस थाहा लगायतकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा डा. लम्सालले विद्यार्थीहरुलाई साहित्य क्षेत्रमा लाग्न प्रेरित गर्दै साहित्य के, किन र कसका लागि भन्ने विषयमा प्रष्ट पारेका थिए । त्यसैगरी प्राज्ञ पुरु लम्सालले स्थानीयतालाई साहित्यमा जाेड्न सके जीवन्त हुनेमा जाेड दिए ।

लम्साल र साहित्य विर्खे अञ्जानले स्थानीय प्रज्ञा प्रतिष्ठान गठन गर्नुपर्नेमा समेत जाेड दिए । साे अवसरमा मच्छिन्द्र बहुमुखी क्याम्पसका शेखर कार्कीले साहित्यकाे महत्वमाथि प्रकाश पारे । कार्यक्रममा थाहानगरका विर्खे अञ्जान, पालुङे चराे, हरिकृष्ण कार्की , गाैतम भद्रध्वज, विराेध रायमाझी, अञ्जय प्रधान, विराज थापा, ईश्वरी कार्की लगायतले रचना वाचन गरेका थिए ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुरेन्द्रमान प्रधानले स्वागत गरेकाे कार्यक्रम क्याम्पस प्रमुख राजन मिश्रकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे । साे अवसरमा डा. लम्साललाई सम्मान पत्र प्रदान गरिएकाे थियाे भने अतिथि तथा साहित्यकारहरुलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...