pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

थाहा नगर

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने

FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा नगरपालिकाले लिने भएको छ।
कमाइ गरेर परिवार पाल्दै आएका अभिभावक (बुवा) बेपत्ता भएपछि प्रभावित बालबालिकाको पढाइको व्यवस्था नगरपालिकाले मिलाउने निर्णय गरेको हो। भोटेकोशीको बाढीमा परेर थाहा नगरपालिकाका २० जना बेपत्ता भएका छन्। बेपत्तामध्ये एक जना मात्रै अविवाहित छन्।
रोजगारी गरेर घरपरिवारको पालनपोषण गर्दै आएका अभिभावक नै बेपत्ता भएपछि उनीहरूका बालबालिकाको पढाइको व्यवस्था नगरपालिकाले मिलाउने थाहा नगरपालिकाका मेयर विष्णुबहादुर विष्टले बताए। ‘भोटेकोशीको बाढीमा अभिभावक गुमाएका के–कति बालबालिका छन्, उनीहरूको तथ्यांक लिँदै छौं,’ उनले भने।
थाहा नगरपालिकाले भोटेकोशीको बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ। उक्त निर्णयअनुसार बाढीमा परेर बेपत्ता भएपछि उनीहरूको खोजीका लागि सम्बन्धित परिवारलाई नगरपालिकाले तत्कालै २० हजार रुपैयाँ उपलब्ध गराएको थियो। बेपत्ता भएका २० जनाका परिवारलाई खोजीका लागि प्रतिपरिवार २० हजार रुपैयाँ दिइएको हो। बाँकी ८० हजार रुपैयाँ मृत्यु दर्ता गराएपछि उपलब्ध गराइने नगरपालिकाका सूचना अधिकारी सुरज भुजेलले बताए।
भदौ १० गतेको बाढीमा थाहा नगरपालिकाका २० जना बेपत्ता भएको ४५ दिन बितिसक्दा पनि एक जना पनि फेला परेको छैन। बेपत्तामध्ये १९ जना चालक र एक जना नेपाली सेनाका जमदार छन्। एक महिनासम्म पनि शव फेला नपरेपछि अधिकांश आफन्तले कुशको शव बनाएर आफ्नो परम्पराअनुसार अन्त्येष्टि गरेका छन्। तामाङ समुदायका आफन्तले पनि कुशकै शव बनाएर दाहसंस्कार गरेका छन्।
भोटेकोशी बाढीमा मकवानपुरका अझै ५८ जना सम्पर्कविहीन छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार हेटौंडा उपमहानगरपालिकाका २१ जना सम्पर्कविहीन छन् भने तीन जनाको मृत्यु भएको पुष्टि भएको छ। थाहा नगरपालिकाका २० जना, मनहरी गाउँपालिकाका चार जना र मकवानपुरगढी गाउँपालिकाका तीन जना सम्पर्कविहीन भएका छन्। यसैगरी भीमफेदी गाउँपालिकाका दुई जना सम्पर्कविहीन छन् भने भीमफेदीका एक जनाको मृत्यु भएको प्रशासनले जनाएको छ।
यसैबीच, बकैया गाउँपालिकाका तीन जना, इन्द्रसरोवर गाउँपालिकाका दुई जना, कैलाश गाउँपालिकाका दुई जना र राक्सिराङ गाउँपालिकाका एक जना सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। मकवानपुरको सुदूरपूर्वमा पर्ने बागमती गाउँपालिकामा भने कोही पनि प्रभावित नभएको विवरणमा उल्लेख छ। भोटेकोशीको बाढीपछि सम्पर्कविहीन भएकामध्ये ४१ जना चालक, १५ जना मजदुर, एक जना नेपाली सेनाका जमदार र एक जना इन्जिनियर रहेका छन्।
भोटेकोशीको बाढीमा फसेका मकवानपुरका ४५ जनाको उद्धार गरिएको थियो। रसुवा र नुवाकोटका विभिन्न क्षेत्रबाट उनीहरूको उद्धार गरिएको थियो। रसुवाको बाढीमा परी मकवानपुरका चार जनाको मृत्यु पुष्टि भइसकेको छ। आफन्तले शव बुझेर दाहसंस्कारसमेत गरिसकेका छन्। हालसम्म सनाखत भएका मृतकमा हेटौंडा–१५ का सुमन गोले, हेटौंडा–५ का उद्धव खड्का, हेटौंडा–१५ का रमेश मगर र भीमफेदी–२ का सविन राना रहेका छन्।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg