pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

थाहा नगर

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा

1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो । यद्यपि काठमाण्डौमा भने ९ असोजमा इन्द्रजात्रा मनाइसकिएको थियो । पालुङको इन्द्रजात्राको विशेष साँस्कृतिक महत्व रहेको छ ।
‎
‎यहाँ काठमाण्डौमा जस्तै वर्षा र सहकालका देवता देवराज ईन्द्रको पुजा अरधना गरि ईन्द्र जात्रा मनाइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुदर्शीका दिन पर्ने यो पर्व मकवानपुरको थाहा नगरपालिका–२ स्थित ऐतिहासिक पालुङ शहरमा मनाईन्छ । पालुङमा पनि तृतीयाका दिन विधिपुर्वक देवतालाई बोकाको भोक दिएर पुजाआज गरी गणेश, कुमारी, इन्द्रायणी, बाराही, भगवती र कालाभैरवको पुजा गरिन्छ ।
‎स्थानीय पुजारी सम्पुर्ण श्रेष्ठले ईन्द्रायणीको पुजा गरी देवतालाई भित्र्याएपछि अब एकैचोटि गठेमङगलमा मात्र निकाल्न मिल्ने प्रचलन रहेको छ ।
‎भाद्र शुक्ल द्वादशीका दिन ठड्याएको लिङगोलाई ईन्द्रध्वजोत्थान पनि भनिन्छ । लिङगको फेदमा भैरबको पुजा गरिन्छ । शत्रु पराजय भएपछि विजयको रुपमा ईन्द्रजात्रा मनाईएको हो । ईन्द्रध्वजको पुजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि ईन्द्र जात्रालाई लिइन्छ ।
‎पालुङ शहरको इन्द्रजात्राको अवसरमा भैरबको मुखबाट छ्याङ प्रसाद वितरण गरिएको छ । थाहा नगरपालिका वडा नम्बर २ को इन्द्रजात्राको अवसरमा पालुङमा भैरबको मुखबाट छ्याङ प्रसाद वितरण गरिएको हो । पालुङ शहरको डबली नजिकैको घण्टा घरमा राखिएको काला भैरबको मुकुटको मुखबाट छ्याङ प्रसाद वितरण गरिएको हो । ‘पहिले–पहिले भैरबलाई छ्याङको जुठो लगाइदिएपछि त्यसलाई प्रसादको रुपमा बाँड्ने चलन रहेको बुबाले सुनाउनु हुन्थ्यो’ स्थानीय रमन श्रेष्ठले भने–‘अहिले जात्राको अवसरमा भैरबकै मुखबाट छ्याङ निकाली प्रसाद बाँड्छौं ।’
‎काठमाण्डौं उपत्यकामा लाग्ने इन्द्रजात्रामा स्वेत भैरबको मुखबाट छ्याङ निकाल्ने चलन भएपनि पालुङमा भने काला भैरबको मुखबाट छ्याङ निकाल्ने र प्रसादको रुपमा वितरण गरिएको हो । पालुङमा कतिपयले भैरबको मुखबाट निकालिएको छ्याङ त्यहीँ मुख थापेर खाए भने कतिपयले प्रसादको रुपमा भाँडामा थापेर घरघरमा लगेका थिए ।
‎कतिपय स्थानमा लाग्ने यस्तो जात्रामा महिलालाई उक्त छ्याङ (प्रसाद) खान प्रतिबन्ध भएपनि थाहा नगरपालिकाको पालुङमा भने सबैलाई खुल्ला रहेको गुठीका अध्यक्ष निरञ्जन श्रेष्ठले जानकारी दिए । यद्यपि पालुङमा लाग्ने इन्द्रजात्रामा महिलाले भैरबको मुकुट छुन भने पाउँदैनन् । यो पनि पुरानै चलन हो ।
‎इतिहासअनुसार पहिलेपहिले राजाहरुले मृत्यु भएका आफ्ना नागरिकहरुलाई तर्पण दिन भैरवको मुखबाट छ्याङ दिएका थिए । पहिले पालुङ पनि भिन्दै राज्य भएको कारण यो छ्याङलाई प्रसादको रुपमा बाँड्ने चलन बसेको हुन सक्ने स्थानीय निरोज प्रधानको प्रतिक्रिया छ । छ्याङसँगै पालुङ शहरको डबली (साँस्कृतिक ग्राम) परिसरमा जात्रामा पुगेकाहरुलाई समयवजी लगायतका प्रसाद पनि वितरण गरिएको थियो ।

1790442010023-1790442253.jpg
1790442017648-1790442278.jpg
1790442014066-1790442279.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg