pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक सरसल्लाह तथा समन्वय विषयक एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
असोज २७ गते वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र टिष्टुङका फिल्ड अफिसर अरुण चौधरी, दामन वनस्पति केन्द्रका फिल्ड अफिसर पुनम चौधरीलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो।
कार्यक्रममा वनस्पति खेतीको सम्भावना, खेती गर्ने प्राविधिक विधि, उपयुक्त प्रजातिको छनोट तथा वनस्पति खेतीलाई व्यवस्थित र व्यावसायिक बनाउने विषयमा सरसल्लाह तथा समन्वय गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीले वनस्पति खेतीलाई वातावरण संरक्षणसँगै स्थानीयको आयआर्जन र आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए। उनले वनस्पति खेती गर्दा उपयुक्त प्रजातिको छनोट, माटो र हावापानीको अनुकूलता, वैज्ञानिक खेती प्रविधि तथा नियमित हेरचाहमा ध्यान दिनुपर्नेमा जोड दिए।
उनले वनस्पति खेतीसम्बन्धी प्राविधिक ज्ञान र सीपको उपयोग गर्दै स्थानीयस्तरमा उपलब्ध सम्भावनालाई सदुपयोग गर्न सके यस क्षेत्रको वनस्पति विविधता संरक्षण तथा व्यावसायिक खेती प्रवर्द्धनमा सहयोग पुग्ने धारणा व्यक्त गरे।
अभिमुखीकरण कार्यक्रमले स्थानीयवासीलाई वनस्पति खेतीसम्बन्धी प्राविधिक जानकारी उपलब्ध गराउनुका साथै वनस्पति अनुसन्धान केन्द्र र स्थानीय समुदायबीच समन्वय तथा सहकार्य अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

FB_IMG_1791885917057-1791886105.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg