pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

शिक्षा

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ

FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको स्वागत, अवकाशप्राप्त कर्मचारीको बिदाइ तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रमान प्रधानको सभाध्यक्षता तथा थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शैक्षिक तथा संस्थागत विकासमा योगदान पुर्‍याएको भन्दै उपप्राध्यापक सन्तोष हमाल र पूर्व सञ्चालक समिति सदस्य एवं असल अभिभावक निरञ्जन अधिकारीलाई सम्मान गरिएको थियो। लामो समय सेवा गरी अनिवार्य अवकाश प्राप्त गरेका कार्यालय सहयोगी बिजुली प्रसाद ढकाललाई ससम्मान बिदाइ गरिएको थियो।
कार्यक्रममा नगर प्रमुख विष्टले पालुङ क्याम्पसको शैक्षिक गुणस्तरमा निरन्तर सुधार भइरहेको उल्लेख गर्दै नियमित पठनपाठनमा विद्यार्थीको उपस्थिति बढेमा थप उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे। उनले थाहा नगरपालिकाले क्याम्पसको अभिभावकत्व ग्रहण गर्दै निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
त्यस्तै, थाहा नगरपालिका–३ का वडाध्यक्ष एवं क्याम्पस सञ्चालक समिति सदस्य हिरेन्द्र कुमार रायमाझीले वडा कार्यालयले शिक्षा क्षेत्रको अनुदानअन्तर्गत क्याम्पसको छात्रवृत्ति योजनामा निरन्तर सहयोग गर्दै आएको जानकारी दिए।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष राजिव कुमार स्याङ्तानले गुणस्तरीय शिक्षा सुधारमा विद्यार्थी, प्राध्यापक, परिवार र समाज सबैको महत्त्वपूर्ण भूमिका रहने बताए। प्राध्यापक सङ्घ एकाइ सभापति एवं सञ्चालक समिति सदस्य प्रकाश पौडेलले आगामी शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्न विद्यार्थीलाई मेहनत गर्न आग्रह गर्दै क्याम्पसलाई राष्ट्रिय स्तरमा चिनाउन आह्वान गरे।
सम्मानित व्यक्तित्व निरञ्जन अधिकारीले क्याम्पसको स्थापनादेखि हालसम्म योगदान पुर्‍याउने अग्रजहरूको स्मरण गर्दै पालुङ क्याम्पसले आगामी दिनमा थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै उज्ज्वल भविष्यको कामना गरिएको थियो। साथै, विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो।

FB_IMG_1791564427676-1791564463.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg