pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

शिक्षा

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न

FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण जयन्ती मनाएको छ।
विद्यालय प्राङ्गणमा आयोजित समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तलाल रुम्बाको अध्यक्षता तथा बागमती प्रदेश सांसद कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर विष्टको विशेष आतिथ्यता रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुमारी मोक्तानले विद्यालयको ५० वर्षे यात्रा आफैंमा महत्वपूर्ण उपलब्धि भएको बताउँदै विद्यालयको शैक्षिक विकास र गुणस्तर सुधारका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताइन्। उनले बदलिँदो समयअनुसार शिक्षालाई व्यवहारिक, गुणस्तरीय र विद्यार्थीमैत्री बनाउनुपर्नेमा जोड दिइन्।
त्यस्तै, विशेष अतिथि थाहा नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर विष्टले विद्यालयले पाँच दशकको अवधिमा स्थानीय समुदायको शैक्षिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि विद्यालयको विकासका लागि नगरपालिका आवश्यक सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको बताए। उनले विद्यालयको भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधवविक्रम मल्ल, जिल्ला समन्वय समिति सदस्य सुवर्ण गोपाली, नेपाली कम्युनिस्ट पार्टी थाहाका अध्यक्ष विनोदकुमार लामा, सुनौला माविका प्रधानाध्यापक सत्तल उप्रेती तथा शिक्षक–अभिभावक संघका अध्यक्ष सुमित्रा लामाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
विद्यालयका प्रधानाध्यापक कुमारी आशा चन्दले विद्यालयको वार्षिक आय–व्यय विवरण तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
स्वर्ण जयन्तीको अवसरमा विद्यालयलाई लामो समयदेखि सहयोग गर्दै आएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो। साथै स्वर्ण जयन्तीका अवसरमा आयोजित विद्यालयस्तरीय अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यालय तथा विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। स्वर्ण महोत्सव सफल बनाउन आर्थिक तथा अन्य सहयोग गर्ने सहयोगदातालाई समेत सम्मानपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ।
समारोहमा शिक्षक तथा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थी र अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो।

FB_IMG_1791466622457-1791466666.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg