Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

साहित्य

थाहामा साहित्य सङ्गमको ‘पर्यटन साहित्य उत्सव’

FB_IMG_1685276882138-1685276923.jpg

मकवानपुरको पर्यटकीय गन्तव्य थाहा नगरमा साहित्य संगम मकवानपुरको आयोजना, पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, थाहा नगरपालिका र पालुुङ साहित्य परिषद्को सहकार्यमा पर्यटन साहित्य उत्सव, २०८० आयोजना भएको छ ।

उत्सवमा काठमाडौँ, मकवानपुर र देशका विभिन्न जिल्लाका साहित्यकारहरुको सहभागिता रहेको थियो । थाहा नगरपालिकाको पालङुमा रहेको विकास घरमा आयोजना गरिएको उत्सवमा साहित्यका विभिन्न पाटाहरुमा बहस, अन्र्तक्रिया र रचना वाचन भएका थिए ।

साहित्य संगम मकवानपुरको एकसय ३१ औँ साहित्य सन्ध्याको अवसरमा ‘पर्यटनका लागि साहित्य’ भन्ने मुुल नाराका साथ उत्सवको आयोजना गरिएको थियो । उत्सवमा शुक्रबार गजल महफिलको आयोजना गरिएको थियो । गजलकार बाबुु त्रिपाठीले सहजीकरण गरेको महफिलमा धर्मराज स्याङ्तान, इन्दिरा अधिकारी, विद्या निर्दोष पहाडी, विनिता महत, श्रीराम अधिकारी, भरतप्रमोद दाहाल, सुवास सजल लगाएका गजलकारहरुले सभाहललाई गुञ्जयमान बनाएका थिए । महफिलमा ३५ जना साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी दोस्रो दिन शनिबार नियमति साहित्य सन्ध्या, कार्यपत्र प्रस्तुुती, बहस तथा कविता वाचन कार्यक्रम भएका थिए । मकवानपुरमा पर्यटन साहित्यः सम्भावना र चुनौती विषयक कार्यपत्र निमेष निखिलले प्रस्तुुत गरेका थिए भने कार्यपत्रमाथि टिप्पणी साहित्यकार सुवास खनालले गरेका थिए । उक्त कार्यपत्र माथि सहभागी साहित्यकाहरुले आआफ्नो धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको दोस्रो सेसनमा ‘साहित्यसँगै पर्यटनः आन्तरिक पर्यटनको प्रदीपन’ भन्ने शीर्षकमा बहस गरिएको थियो । जसका वक्ताहरुमा रुपमा थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, भाषा, संस्कृति अध्येता ओम रिजाल, तथा साहित्यकार माया मानवीले पर्यटन प्रवद्र्धन गर्नका लागि आआफ्ना सल्लाह सुुझाव र चुनौतीमाथि धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा वक्ताहरुले पर्यटनलाई साहित्यसँगै जोडेर लैजाने हो भने पर्यटन क्षेत्रको प्रचार र विकासमा अझ मद्दत पुुग्ने बताएका थिए । उनिहरुले स्थानीय सरकारले साहित्यलाई अनुत्पादक क्षेत्रको रुपमा राख्ने गरेको उल्लेख गर्दै पर्यटनमार्फत् भाषा, संस्कृति र पर्यटन क्षेत्रलाई महत्वपूर्ण टेवा पुुग्ने बताए ।संगमका कोषाध्यक्ष मनोज पोखरेलले सहजीकरण गरेको उक्त बहस कार्यक्रममा साहित्यकार देवराज खरेलको अभिभावकत्व रहेको थियो ।

उत्सवमा पर्यावरणसँग सम्वन्धित कविता वाचन कार्यक्रम आयोजना गरिएको थियो । पर्यावरण कविता वाचन सेसनमा भावना सापकोटा, पुुण्यशिला श्रेष्ठ, रजनी पौडेल, ज्योत्सना श्रेष्ठ, सुुदीप गिरी, प्रज्वल अधिकारी, सुुरज पराजुली, नवराज बर्तौला, बाबु त्रिपाठी, प्रकाश समिर, राम बर्तौला, रसिक राज, श्यामकुमार बानियाँ, देवराज तिवारी, विशाल अधिकारी संप्रश पौडेल, मसान उपासक, अञ्जय प्रधान, यस लामा, चिरञ्जीवी लामिछाने, वैकुठ लामिछानेलगायताका वाचन गरेका थिए । महाकाव्यकार नवराज लम्सालको अभिभावकत्व रहेको सो कार्यक्रमको सहजीकरण संगमका उपाध्यक्ष सानु खनालले गरेका थिए ।

उत्सव साहित्य सङ्गम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेको अध्यक्षता तथा थाहा नगरपालिकाका नगरप्रमुुख विष्णुु विष्टको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि विष्टले देशको संघीय राजधानीसँग जोडिएर पनि मकवानपुुर पर्यटन क्षेत्रको ओझेलमा परिरहेको बताए । मकवानपुरको थाहा नगरपालिकालाई पर्यटकीय क्षेत्रको हब बनाउने गरी थाहा नगरपालिकाकाले काम गरिरहेको उनल ेबताए । विश्वका अग्ला शिखर देखि कलासस्कृति, मानव सभ्यता, भौतिक निर्माण, विभिन्न प्रजातीका फलफूल, जडिबुटी, चिसो हावापानी र सुन्दर भौगोलिक बनावट र प्राकृतिक सुन्दरका लागि दामन धनी रहेको नगरप्रमुख विष्टले बताए ।

चैत्र वैशाखमा लालिगुराँसले ढकमक्क हुने यो ठाउँमा यतिबेला आन्तरिक पर्यटनको घुुँईचो लाग्न थालेको छ । तर यहाँबाट वाह भनेर गएकाहरु किन फेरि फर्केर बसोबासको लागि या अन्य कर्म गर्नका लागि यहाँ आउँदैनन् यो चाहि चिन्ताको विषय भएको विष्टले उल्लेख गरे । एकपटक आएकाहरुलाई फेरि आउने वातावरण बनाउन थाहा नगरपालिकाले अध्ययन गरेर काम गरिरहेको उनले बताए ।

त्यसैगरी थाहा नगरपालिकाका उपप्रमुुख भरत गोपालीले साहित्यमा लगानी गरेर पर्यटन भित्र्याउन साहित्यिक संघसंस्था र साहित्यकारको सहयोग आवश्यक रहेको बताए । उनले साहित्यमार्फत् पनि पर्यटन क्षेत्रको प्रचारप्रसार र विकास सम्भव छ भन्ने बल्ल बुुझ्दै गएको उल्लेख गरे । उपप्रमुुख गोपालीले साहित्यसँग मन मुटुजोडिएको र आगामी दिनमा साहित्यलाई अझ माथि उठाउन विभिन्न कार्यक्रमहरुको आयोजना गरिने प्रतिवद्धता व्यक्त गरे ।

उत्सवमा साहित्य सङ्गम मकवानपुरका पूूर्वअध्यक्षहरु निमेष निखिल, श्यामकुमार बानियाँ, सुवास खनाल, पालुुङ साहित्य परिषद्का अध्यक्ष विर्खे अञ्जान, भीम विराग साहित्य कला प्रतिष्ठान, आँचल साहित्य कला पुञ्ज, सिस्नुपानी नेपाल मकवानपुर, नेपाली लेखक संघ, गजल मञ्च मकवानपुरलगायत मकवानपुर जिल्लाका विभिन्न साहित्यिक संघसस्था तथा साहित्यकारको उपस्थिति रहेका थियो ।

पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, बागमती प्रदेश, थाहा नगरपालिका, पालुङ र पालुङ साहित्य परिषदसँगको सहकार्यमा पालुङमा आयोजित २ दिने महोत्सव बाइलाइन नेपाल, साहित्य पोस्ट, एन एस टेलिभिजन, थाहापाटी, दामन एफएमसँगको सहकार्यमा सम्पन्न गरिएको हो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg