pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित

FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । मंगलबार सम्पन्न प्रदेश सभा क्षेत्रीय अधिवेशनमा तीन क्षेत्रमा मतदानबाट सभापति चयन हुँदा मकवानपुर– २ (ख) मा भने राजेन्द्र तामाङ घिसिङ सर्वसम्मत सभापति चयन भएका छन् ।

मतदान भएका तीन क्षेत्रमध्ये मकवानपुर– १ (क) मा शंकरकुमार पराजुली, १ (ख) मा रामहरि तिमल्सिना र २ (क) मा ओमबहादुर बस्नेत सभापतिमा निर्वाचित भएका हुन् । सबैभन्दा कम मतान्तरको प्रतिस्पर्धा २ (क) मा भएको छ, जहाँ बस्नेत १५ मतको अन्तरले निर्वाचित भएका छन् ।

यसअघि भारी वर्षाका कारण कांग्रेस मकवानपुरको प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १३ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १४ मा सारिएको थियो । 

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र १ (क) को सभापतिमा शंकरकुमार पराजुली निर्वाचित भएका छन् । उनले ३७९ मत प्राप्त गर्दा प्रतिस्पर्धी भूमिनन्द गौतमले २५९ मत प्राप्त गरे । पराजुली १२० मतान्तरले विजयी भएका हुन् ।

यस क्षेत्रमा अन्य अधिकांश पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । उपसभापतिमा राजेन्द्रराज बानियाँ, सचिवमा विश्वराज न्यौपाने, सहसचिवमा बलराम दुलाल र महिला सहसचिवमा मनमाया लो चयन भएका छन् । खुला सदस्यमा वैकुण्ठप्रसाद ढकाल, मानबहादुर ब्लोन र सम्राट घिमिरे तथा युवा सदस्यमा किरण घले निर्विरोध चयन भएका छन् ।

मकवानपुर– १ (ख) को प्रदेश सभा क्षेत्रीय सभापतिमा रामहरि तिमल्सिना निर्वाचित भएका छन् । तिमल्सिनाले २१० मत प्राप्त गर्दा प्रतिस्पर्धी प्रदीप कँडेलले १३६ मत पाए । तिमल्सिना ७४ मतको अन्तरले निर्वाचित भएका हुन् ।

उपसभापतिमा अजिता मोक्तान, सचिवमा विजय कार्की तथा सहसचिवमा प्रमिला राई र राजेन्द्रप्रसाद पुडासैनी चयन भएका छन्। मोक्तान र राई सर्वसम्मत चयन भएका हुन् ।

चार प्रदेश सभा क्षेत्रमध्ये सभापतिमा सबैभन्दा प्रतिस्पर्धात्मक परिणाम मकवानपुर– २ (क) मा आएको छ। यहाँ ओमबहादुर बस्नेतले निरोज रानामगरलाई १५ मतले पराजित गरेका छन् । बस्नेतले ३१६ मत प्राप्त गर्दा रानामगरले ३०१ मत पाए ।

यस क्षेत्रको उपसभापतिमा नवराज कार्की, सचिवमा सुमन गोले तथा सहसचिवमा मञ्जु ब्लोन र शम्भु सिवाकोटी चयन भएका छन् । 

यस्तै, मकवानपुर– २ (ख) मा राजेन्द्र तामाङ घिसिङ सर्वसम्मत रूपमा प्रदेश सभा क्षेत्रीय सभापति चयन भएका छन् । यस क्षेत्रमा उपसभापतिमा मुक्ति अधिकारी, सचिवमा रामशरण दोङ, सहसचिवमा चन्द्रबाबु थिङ र महिला सहसचिवमा सबिना बिडारी पनि सर्वसम्मत चयन भएका छन् ।

यससँगै कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा क्षेत्रको नेतृत्व चयन प्रक्रिया सकिएको छ । प्रदेश सभा क्षेत्रीय अधिवेशन सकिएसँगै बुधबार मकवानपुरका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र २ मा क्षेत्रीय अधिवेशन हुँदै छ ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अधिवक्ता राजकुमार उप्रेतीका अनुसार दुवै क्षेत्रमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढ्नेछ । कांग्रेसको महाधिवेशन कार्यतालिकामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिसहित क्षेत्रीय कार्यसमिति चयन गर्ने व्यवस्था छ।
नयाँ पत्रिकाबाट

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg