himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

साहित्य

ओ ! सिक्किम
–बिर्खे अन्जान

Untitled-1-1624614020.jpg

म नेपाल
पछ्याएर पूरानो पाइतलाको डोब
टेक्दै–टेक्दै आएको छु इतिहासको पुरानो पाना

मुटु भक्कानिनु पहिले
स्पर्श गरेर रगतको टाटो सँग
अँगालो हाले पनि
रोकिएन मुटु भक्कानिन
सम्झेर शायद बलिदानको कथा

सिक्किम तिमीले लगाएर इलेजर
कहाँ मेटिन्छ रु मेरो पुर्खाले रगतै– रगतले लेखेको स्वाभिमानको कथा

हो सिक्किम
म नेपाल मानचित्रमा खुम्चिए पनि
मेरो मुटुमा
देशको नक्शा खुम्चिएको छैन
मनको ढोका उघारेर हेर्नू
शरिरको अङ्गअङ्गमा
अनुवाद भएका छन्
सङ्घर्षले भरिएको टिष्टाको कहानी

हेर्नुस् नियालेर यी पहाडहरूमा
स्वाभिमानको रक्तिम फूल अझै फुलिरहेकै छ

कतै सुरक्षित छन् भने कोतघरमा–खुकुरी र तरवार र एक नाले बन्दुक
खिया लागे पनि
अझै पनि ती धारहरूमा
अस्तित्व–आत्मियताको रङ्ग मेटिएको छैन

ढाकर बोकेर
जिन्दगी नामको खच्चरहरूले
यो सिक्किमको पहरा नफोरेको भए
शानदार यो चौबाटोमा
कहाँ उभिन सक्थे गान्धी पनि निशङ्कोच ठिङ्ग

ओ ! सिक्किम
मेरो टिष्टा तिम्रै इसाराले
बिवश कठपुतली नाच्नु परे पनि
कबै इस्पातको धारहरूले
सौहाद्रताको नेपाली मुटु बदल्न सक्ने छैनौं
उराल्नै परे पनि बिद्रोहको नारा
कहाँ मेटिन्छ ? ममता र स्नेहको हिमाल

म बुद्धलाई साक्षी राखेर
भन्छु– हिटलर बोकेर आँखाहरूमा
क्रोध पोख्न सक्दिन गुराँससँग

हो म नेपाल
छातिमा भक्ति थापा सगर्व बोकेर
इतिहासको किनारै किनार
हेर्दै छु यी पहाडहरूमा
नेपाली हुनुको सगर्व गौरव

सिक्किम तिमीसँग प्रश्न छ मेरो
किन ठडिएन कुनै चौबाटोमा
मेरो भक्ति थापाको सालिक
किन रोपिएन यी पहाडहरूमा अमर सिहको बलिदानको बिरुवा

मेट्न खोजे पनि इतिहास
कहाँ मेटिन्छ सङ्गिनहरूले
उठाएर धुलो एक पटक सुगी हेर
अझै पनि अस्तित्व अलापेर
यी माटोहरू गाइरहेछन्–राष्ट्रियताको मीठो गीत ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg