jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

साहित्य

कथा -" इस प्यारको मे क्याँ नाम दुँ "

 

- दीपक घिमिरे  ÷

ऊ उति धेरै मोटी छैन तर म उसलाई सधैँ मोटी भनेर बोलाउँछु । ऊ कहिले रिसाउँछे त कहिले हासिदिन्छे अनि भन्छे– ‘आफू त कत्ति न सुकुटे जस्तो १’

उसलाई देखेकै छैन, ऊ कस्ती छे त्यो थाहा छैन । तर मनले दिमागमा एउटा तस्बिर बनाइसकेको छ । ऊ हल्का काली छे, अलिकति छुच्ची छे अनि मायालु छे । मनले दिमागमा बनाएको तस्बिरमा ऊ यस्तै यस्तै छे ।

दिमागमा बनेको तस्बिरलाई मैले मनमा पनि सजाएको छु । ऊ अनलाइन बसेपछि मलाई छटपटी सुरु हुन्छ । मन आतिन्छ । म चाहन्छु ऊ मलाई हेल्लो भनोस । तर ऊ कहिल्यै बोलाउँदिन । बाध्य भएर म आफै बोलाउँछु उसलाई । अनि एक छिन रिसाउँछु ऊसँग ‘पापीनी १ कहिले हेल्लो भन्दिनौँ है रु’

ऊ कुरालाई मोड्दै भन्छे– ‘आज तिमलाई देखेको मैले १’
 
म अचम्म पर्छु  अनि सोध्छु ‘कहाँ अनि कतिबेला रु’

ऊ बिहान मोर्निङ वाकका कुरा निकाल्छे । म मायाका कुरा गरेर थाक्न चाहन्छु तर ऊ बुझ्दिन यी सब ।
 ऊ साच्चै मलाई देखेकै हुन्छे तर मैले उसलाई देख्दैन । ऊ हरेक दिन भन्छे ‘आज तिम्लाई त्यहाँ देखे १’

तर म उसलाई मोर्निङ वाकमा कहिल्यै देख्दिनँ । 

उसलाई हेर्नकै लागि उसको पसल वरपर घुम्छु, तर उसलाई देख्दिनँ । उसलाई मन पराउन थालेपछि म उसको गल्लीमा तीन पटक ओहोर दोहोर गर्छु तर अहँ १ उसलाई देख्ने सौभाग्य मिल्दैन । 

उसलाई देखेर पनि चिन्दैन या देख्दैन त्यो ऊ आफै जानोस् तर मेरा आखाँले उसलाई खुब खोज्छन् बजारमा तर अहिलेसम्म देख्न पाएको छैन । 

ऊ इज्जतिली छे र त इज्जतसँग निक्कै डराउँछे । अस्ति मैले जिस्क्याउँदै भने ‘आई लभ यू १’
 
जीवनमा पहिलो पटक कसैलाई च्याटबाटै प्रपोज गरेँ । मन मात्र होइन, टाइप गर्ने औंलासम्म डराएका थिए, त्यति बेला । 

ऊ ट्वाँ परी सायद, दुई मिनेट मौन बसी । अनि रिप्लाई गर्दै भनी ‘हैट १ बुढेसकालमा यस्ता कुरा नगर त । उमेरको ख्याल गर, लाज लाग्च मलाई ।’ 

उसलाई मैले जिस्काको मन पर्दैन रे । ऊ आफै भन्छे ‘तिमीले जिस्क्याउँदा मलाई नराम्रो लाग्छ, मलाई इज्जतको निक्कै डर लाग्छ, त्यसैले प्लिज १ यो शब्द अब नभन्नु ।’

ऊ इज्जतिली छे, त्यसैले पनि झन् धेरै जिस्क्याउन मन लाग्छ । 
 
म झन्, मातिन्छु ऊसँग गफिँदा । किनकि मलाई ऊ इज्जतिली लाग्छ । इज्जतिला परिवारकीलाई जिस्काउँदा मनमा डर हराउँछ । उसलाई यही कुरा बताउँदा ऊ हाँस्छे अनि भन्छे– ‘मलाई चेक गरेको हो तिम्ले रु’
 
साच्चै म उसलाई निक्कै राम्री मान्छु । अनुहार फेसबुकको प्रोफाइलमा देखेको छु, राम्री छे । मलाई उसको रूपभन्दा पनि उसको भद्रपनसँग प्रेम छ । उसले म्यासेजको रिप्लाई दिने शैलीसँग प्रेम छ, अनि उसको निःस्वार्थ मित्रतासँग प्रेम छ ।

ऊ चेक गरेको ठान्छे तर म मनैदेखि उसलाई चाहन्छु । यही कुरा बताउँदा ऊ एक दिन डराउँदै भनी– ‘बसेको घर बिगार्दिने मन छ रु मलाई सडकमा ल्याउने मन छ रु’
 
त्यसै दिन कसम खाँदै भनेको छु– ‘जीवनभर तिम्रो अघि पर्दैन तर तिम्लाई निःस्वार्थ माया गर्न पनि छाड्दिन । हाम्रो माया गोप्य अनि इज्जतिलो हुनेछ ।’ 

उसले लामो हासो पठाउँदै लेखी– ‘कति गफ जानेको पुरेतले, गफ दिन त जातैले पाएका हुन्छन् रे बाहुनहरूले । तिम्लाई गफमा कसले जित्ला र खै ।’

उसले पुरेत भनेपछि टुप्पी ठाडो भयो, नाक लामो भयो । एक्कासि गायत्री मन्त्र जप्दै स्नान गरेको जस्तो लाग्न थाल्यो । बाहुनभन्दा चैँ सत्यनारायणको कथा वाचन गर्दै गरेका टुल्के बाउनको याद आयो । धन्न टपरे बाउन भनिन, खुशीले गदगद भएँ । 

उसको मन जित्न या उसको नजिकको साथी बन्न धेरै कोसिस गरेँ । तर अँह १ सफल भएन । लाखौँ कोसिस गर्दा पनि ऊ पट्टिने छाँट देखा नपरेपछि एक दिन उसको नाममा एउटा कथा लेख्न सुरु गर्दै उसलाई भने– ‘हेर तिम्रो र मेरो प्रेम सम्बन्धको कथा लेख्दैछु ।’
 
उसले नाक बटारेको इमो पठाउँदै भनी– ‘उत्ताउलो लेखक १ लाज लाग्दैन रु’
 
मैले पनि हासेकै इमो पठाउँदै भने– ‘प्यार किया तो डरना क्या रु’
 
मैले लेख्दै  गरेको कथाबाट पनि ऊ खुशी छैन । ऊ मेरा हरेक कृयाकलापबाट आजित छे सायद । ऊ मलाई सम्झाउन कोसिस गर्छे, म झन् उत्ताउलो बनेर प्रस्तुत हुन्छु । उसका लागि म उत्ताउलो लेखक जस्तै बनेको छु । 

उसलाई आई लभ यू भन्नु सामान्य भएको छ, मेरा लागि तर ऊ रिप्लाई दिँदैन । म थाक्छु अनि ऊ सुरु गर्छे अर्कै टपिकमा गफिन । ऊ कहिले उत्ताउली हुदिन, तर मलाई झन् उत्ताउलो बनाउँछे । 

एक दिन १ 

ऊ भेटिई, तर मसँग बोलिनँ । नदेखेझँै गर्दै ऊ हिँडी । 

मैले उसको पिछा गर्दै धेरै चोक अनि पसल चहारेँ । उसलाई बोलाउने कोसिस गरेँ । तर अहँ १ उसले मतर्फ नहेरी अलि परै पुगी अनि बीच बजारमै चिच्याउँदै भने ‘मोटी १ ओए मोटी ।’
 
म बेस्सरी चिच्याउँदै थिएँ । मेरो आवाज सुनेरसँगै सुतेको बाबु उठ्यो, उता पल्लो कोठामा चिया बनाउँदै गरेकी बूढी चिच्याउँदै आई अनि रिसाउँदै भनी  ‘सपनामा बोल्ने बानी अझै गएन है रु म दुब्लाई सके, किन अझै मोटी भन्छौ, मलाई रु’
 
ओ माई गड १ कल्पनामा डुबेर सपनामा समेत उसलाई देख्न थालिसकेको रहेछु । 

यसपालि धन्न बचियो । मैले बुढीलाई पहिले मोटी भन्थेँ तर आजभोलि उसलाई मोटी भन्छु । नत्र को हो, यो मोटी भनेर लफडा सुरु हुन्थ्यो । 

सपनामा समेत उसलाई पिछा गर्न थाल्ने भइसकेँछु । अब त सोच्नै पर्छ ‘इस प्यारको मे क्याँ नाम दँु रु’
 
साच्चै १ के नाम दिऊँ म यो प्रेमलाई रु अस्तिको महिना फेसबुकमा जोडियौँ । अनि सुरु भएको च्याटले मलाई निक्कै माथि पु¥याइसकेको छ तर उसले अहिलेसम्म फिल गर्न सकेकी छैने । 

एकतर्फी माया पक्कै होइन होला, किन भने ऊ मलाई माया नगर्ने भए किन गफिन्छे घण्टाँै रु किन हाँस्छे मजाले अनि किन भन्छे– ‘चेक गरेको मलाई रु’ भनेर ।

सायद उसलाई पनि विश्वास छैन कि म माया गर्छु भनेर । तर ऊ पनि मलाई माया चँै गर्छे ।

हो १ संसारमा धेरै स्वार्थी प्रेमीहरू छन् जो स्वार्थ पूरा गर्न जोडिन्छन्, अनि स्वार्थ पूरा भएकै दिन टाढिन्छन् । तर म उसलाई कहिले स्वार्थी माया गरेन । उसलाई दिनहँु सयौँ बार आई लभ युका मीठा पोका पठाउँछु, अनि रिप्लाईमा उसले नाक बटारेको इमो पठाउँदै भन्छे ‘चेक गरेको है मलाई रु’

तर पनि  मैले रातो पान पाते लभको सिग्नल पठाउन छाडेको छैन । ऊ भन्छे– ‘कति सस्तो शब्द हो यो आई लभ यु रु जतिबेला पनि यही भन्छौ रु’
 
एकपटक होइन, दुई पटक होइन । सयाँै पट्क ऊ चेक गरेको ठान्छे । मायाका शब्दलाई ऊ सस्ता ठान्छे तर तिनै मायाका शब्दले मेरो जीवनमा कति फरक पार्दछ, ऊ सोच्दिन । 

किन विश्वास गर्दैने त्यो ऊ जानोस्, तर मैले उसलाई प्रेम गरेको ऊ मान्दै मान्दैन । मात्र ऊ नाटक ठान्छे अनि म सोच्न थाल्छु– ‘इस प्यारको मे क्याँ नाम दुँ रु’ 
साभार रातोेपाटी

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...