jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

साहित्य

उर्दीका मान्छे
बिर्खे अञ्जान

उर्दीका मान्छे

कसले लगायो उर्दी

उफ्रियो सडक भरी

कुर्कुच्चा बजारेर यत्तिका मानिस

कुन गन्तव्यमा पुग्न चाहान्छन् यी हुलहरू

के माग बोकेर आएका होलान् यी जथ्थाहरू

कुन दर्जाका होलान्

कुन जात धर्मका होलान्

बगुन्द्र सडकभरी फिजिएका मान्छे मान्छेहरू

सपनाको तुहिन चढेर

बर्षौ भो सपना बाडिरहेका मान्छेहरू

मान्छेलाई नै बलि चढाउँदै

मान्छेकै खेदो खनिरहेछ

हेर्नुस्

हिजोको हाम्रो इतिहास

जहाँ सहिदको तक्मा भिरेर

त्यागेका छन् आफन्तहरू

थापेर छातिमा सँगिन

या रेटेर आफ्नै गर्धन

यो माटोले आफ्नैको रगत नपिएसम्म

कहाँ आएको छ नयाँ बिहानी

कहाँ अस्ताएको छ निरङ्कुस एउटा क्रुर शासक

टुहुरो नबनाइ सन्तान

नपुछि अबलाको सिन्दुर

कैले नआउदो रहेछ

यो देशमा नयाँ ब्यबस्था। नयाँ कानुन

भ्रमको पर्चा छापेर

बर्षौ देखि गुम्राहा बनाउदै

निरीह अबोधहरूको रगत चुसेर

उक्लने गर्छन् सत्तामा

डकारेर आम मान्छेको पसिना

मान्छेलाई नै खच्चर बनाइरहेछन्

यतिबेला

म त्यो मान्छेको कुरा गरिरहेछु

जुन मान्छे

जोतेर बाझो खेत

बेलुका भोकै सुत्छ

हो म

त्यही मान्छेको कुरा गरिरहेछु

कुटेर बगरका गिटी

सधैं सधैं अभाब झेलिरहेछन्

महङ्गी बेरोजगार अन्याय हर्दम सहिरहेछ

हो पीडा

झेल्छन् झेल्छन्

अन्ततः झेल्नै नसकेर

खुसुक्क मर्छन्

सत्ता परिबर्तन भएको सुन्छु

ब्यवस्था नयाँ आएको सुन्छु

बिडम्वना

म कैले सुन्दिन

गरिवको आँसु पुछेको कुरा

अभावले डाँडा काटेको कुरा

बधशालामा तैनाथ बलिको बोका झै

कैलेसम्म यो देशमा

अस्तिरता भैरहन्छ अराजकता फैलिरहन्छ

खै

देख्दिन म पीडाको अन्त्य

कसले गर्छ सत्यको खोजी

र कुन उद्देश्यमा लम्कदैछ

यो हुलहरू यो जत्थाहरू

यो हुलमा आक्रोशको आँधी मात्र देखिन्छ

यो हुलमा बिद्रोहको आगोमात्र भेटिन्छ

मित्र

एउटा गोप्य कुरा

कसले उर्दी लगायो

उफ्रियो सडकभरी

कुर्कुच्चा बजारेर यत्तिका मानिस।

बिर्खे अञ्जान था न पा ६ मकवानपुर ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...