himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

टिस्टुङमा ६४ शिव लिङ्गको प्राण प्रतिष्ठा सहित हवन, लघुरुद्री, विशेष पूजा सम्पन्न

bhatw-1676776498.jpg

बज्रबाराही(टिष्टुङ, मकवानपुर ) । थाहानगरपालिका – ६ स्थित श्री उन्मत्तेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्रीको अवसर पारेर  ६४ शिवलिङ्गको प्राण  प्रतिष्ठा ( हवन , लघुरुद्री , विशेष पूजा )  सम्पन्न गरिएको छ । 

एक व्यक्त्ति एक शिव लिङ्ग स्थापना अभियान को क्रममा  मनकारी दाताहरुबाट  संकलित रकमबाट स्थापना गरिएको ८४ शिवलिङ्ग र मुर्तीहरुको प्राण प्रतिष्ठा गरिएको हो ।  

उन्मत्तेश्वर मन्दिर निर्माण  समितीद्वारा आयोजित  कार्यक्रममा करिव २० जना पन्डित तथा पुरोहित द्वारा विधिवत मन्त्र पाठ गरी हवन , रुद्री र विशेष  पूजा समेत गरिएको थियो   । 

 श्री स्वस्थानी व्रतकथामा  उल्लेख गरिए अनुसार चित्रकान्ति र शुवर्ण नदिको संगम  स्थलमा अवस्थित यस महादेव मन्दिर माता सतिदेवीको दाहिने घुँडा पतन भए पछि उत्पन्न भएका हजारौँ शिलाहरुले तपस्या गरि महादेवबाट  वरदान प्राप्त गरेपछि उत्पती भएको बताइन्छ । 

 

एउटा सानो जलकुण्ड र शिलाको रुपमा रहेको मन्दिरलाई  संरक्षेण  र प्रवर्दन गर्नका लागि स्थानियको  सकृयतामा बिगत १० बर्ष देखी  मन्दिर निर्माण समिती नै गठन गरेर  मन्दिरको  थुप्रै पुर्वाधारहरु  निर्माण  भैरहेको छ  भने विभिन्न देवी देवताको मुर्तीहरु स्थापना गरिएको छ । 

कार्यक्रमको औपचारिक संचालन मन्दिर निर्माण समितीका सचिव कृष्ण प्रसाद लामिछानेले गर्दै  मन्दिरको विकास र प्रवर्दन गर्नका लागी आफूहरुको योजना थुप्रै रहेको र हरेक वर्ष विविध  पुजापाठ  गर्ने र  चाँडै सामुहिक व्रतबन्ध समेत गर्ने जानकारी दिनु भयो । 

समितिका अध्यक्ष गुणराज उपाध्याय अर्यालले पुजामा उपस्थित सम्पूर्ण श्रदालू भक्तजन र दाताहरुलाई विशेष धन्यवाद व्यक्त गर्नु भएको थियो ।  

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg