pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

‘हिजो आजका कुरा’ तथा निर्देशक सन्तोष पन्त सहित कलाकारहरु हेटौंडामा

310006531_113947392677566-1664547653.jpg

नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिशृंखला ‘हिजो आजका कुरा’मार्फत राम्रो परिचय बनाएका अभिनेता तथा निर्देशक सन्तोष पन्त सहित कलाकारहरु हेटौंडामा आएका छन् ।
टेलिशृंखलामा चर्चित भएको नामाबाटनै ठुलो पर्दामा निमार्ण गरिएको नेपाली चलचित्र ‘हिजो आजका कुरा’ प्रचार प्रसारका क्रममा हेटौंडाका्े नारायणी मलमा रहेको एनएस सिनेमा हलमा आएका हुन् ।
निर्माता निर्देशक साकार पन्त, कलाकारहरु सन्तोष पन्त, ऋचा शर्मा, विनय कुँइकेल, जेविका कार्की, अनुष्का अधिकारी,दिव्य देव पन्त आएका हुन् ।
एनएस सिनेमा हलमा आएका कलाकारहरुलाई सिनेमाका सञ्चालक कैलाश ढकालले स्वागत गरेका थिए ।
कलाकारहरुलाई एनएस सिनेमा हलमा अचानक भेट्न पाउदा चलचित्र हेर्न आएका दर्शकहरु खुसी व्यक्त गर्दै फोटो खिच्न व्यस्त भएका थिए ।
दर्शकहरुसंग कुरा गर्दै कलाकारहले यही असोज २८ गते प्रर्दशन हुन लागेको र चलचित्र हेर्नकालागि अनुरोध गरे ।
यसै क्रममा निर्देशक साकार पन्तले समाजमा भएको र देखिएकै कुर  सोटिएको बताएका छन् ।

समाजका बेथितिका कुरा, विदेशिनेका कुरा, विदेशिएका कुरा, मतभेदका कुरालाई समेटेर फिल्म तयार गरिएको बताएका हुन्।
चलचित्र अग्रगामी सोचको र हेरेपछि दर्शकहरुले गहन विषय समेटियो भन्दै प्रफुल्ल्ल हुनेमा ढुक्क रहेको निर्देशक साकारको दावी छ ।
चलचित्रकै विषयमा कलाकर सन्तोष पन्तले फिल्ममा ३ पुस्ताको कथा देखाइएको बताए ।
किशोर किशोरी अवस्था, युवावर्ग र वृद्धवृद्धा अवस्थाको कथा भएको र आफुले ६० वर्षको भुभिका निर्वाह गरेको बताए ।

विगतमा टेलिचलचित्र हेर्नु भएका दर्शकहरुले नमाकै कारण पनि हेर्नुहुनेमा ढुक्क रहेको दिव्य देव पन्तले बताए ।
उनले अहिलेको प्रविधि प्रयोग गरेर ठुलो पर्दामा उतारेर नयाँ स्वाद दिनेगरि कोशीस गरिएको बताए ।
नेपालको राजधानी काठमाण्डौं देखि हिमाली भुभाग, सोलुखुम्बु, तराईका केही भुभागका रमणिय स्थल कैद गरिउको दृश्य रहेको जानकारी दिए ।
कलाकार ऋचा शर्माले चलचित्र निमार्णमा जुटेपछि आईपरेका बिभिन्न समस्यासंग सामना गर्दै काम गरिएको बताइन् ।
विगतमा ब्राण्ड बनेको टेलिचलचित्रकै नमबाट तयार गरिएको ठुलो पर्दाको फिल्मलाई मायां गर्न आग्रह गरिन् ।
उनले आफ्नो भुमिकाको बारेमा बोल्दै शिखाको भुमिकामा देखिएको बताइन् ।
नारीहरुको हकहितमा लड्ने पत्रकारको भुमिका निर्वाह गरेको बताएकी हुन् ।
चलचित्रमा डेव्यु गर्ने  अनुष्का अधिकारीले राम्रो अनि चलेको टिमसंग काम गर्न पाउदा खुसी लागेको र परिवारै पाएको बताईन ।
कलाकार जेविका कार्कीले चलचित्रमा युवाहरु  बिदेशिने जिद्धिपनका विषयहरु समेटिएको र सेन्टिमेन्ट संगै दर्शकहरु हाँस्न पाउने बताईन् ।
कलाकार विनय कुँइकेलले चलचित्रले भरपुर मनोरञ्जन दिने बताए ।
आफ्नो भुमिकाको बारेमा बोल्दै अल्लारे युवाको भुमिका निर्वाह गरेको बताए ।
वि।सं २०५३ सालमा सुरु हुँदा टेलिश्रृंखलाको नाम ‘आज भोलिका कुरा’ रखिएको थियो। नेपाल टेलिभिजनका तत्कालीन महाप्रबन्धक नीर शाहकै सहयोगमा सुरु भएको टेलिश्रृंखला १७ भागपश्चात् ‘भोलिको कुरा’ पछि ‘हिजो आजका कुरा’ नाम राखिएको थियो ।
टेलिश्रृंखलालाई तत्कालीन समयमा टेलिभिजनमा दर्शकहरु पर्खेर बस्ने गर्थे । ‘हिजो आजका कुरा’६ सय ९९ भाग प्रसारण भएको थियो ।
वि।सं २०६३ मा टेलिश्रृंखला बन्द भयो। दर्शकले ‘हिजो आजको कुरा’ हेर्ने इच्छा देखाएपछि अभिनेता पन्तले निजी क्षेत्रको टेलिभिजन कान्तिपुरमा दुई वर्षसम्म एक सय १७ भाग प्रसारण गरेका थिए।
अभिनेता पन्तले पुनः यसलाई ठूलो पर्दामा ल्याउँने तयारीमा जुटेका पछि उनकै छोरा साकार पन्तले पहिलोे पटक निर्देशन गरे ।
चलचित्रमा पन्तको जोडी रमा थपलिया छिन्।
फिल्ममा ऋचा शर्मा, दिव्य देव, रीमा विश्वकर्मा, केकी अधिकारी, स्व। जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुँइकेल, अनुष्का अधिकारी, निराजन प्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रिहान केसी लगायतको अभिनय रहेको छ।
चलचित्र ‘हिजो आजका कुरा’ असोज २८ गते प्रर्दशन हुने छ ।
 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...