himalen-2083-1778725505.jpg
Wednesday, 27 May, 2026
jkmv2083-1778723862.jpg

मनाेरञ्जन

बलिउडका हि म्यानको अवसान संगै एक युगको अन्त

FB_IMG_1764144264853-1764144288.jpg

दाबा सेर्पा,दामन/ मुंबई, २४ नोभेम्बर २०२५ - बलिउडका महानायक धर्मेन्द्रको आज ८९ वर्ष उमेरमा मुम्बईस्थित आफ्नै जुहु निवासमा निधन भएको छ। उनी केही दिनअघि दक्षिण मुम्बईको Breach Candy Hospital मा भर्ना भएका थिए र १२ नोभेम्बरमा डिस्चार्ज भएका थिए। उनको अन्तिम संस्कारमा परिवारका सदस्यहरू सनी देओल, बॉबी देओल, पत्नी हेमा मालिनी, साथै बलिउडका महानायक अमिताभ बच्चन, शाहरुख खान, आमिर खानलगायत दर्जनों कलाकार उपस्थित थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले आमाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै भने. "भारतीय सिनेमाले आफ्नो अमर नायक गुमाएको छ।"

‎प्रारम्भिक जीवन

‎धर्मेन्द्रको जन्म ८ डिसेम्बर १९३५ मा पंजाबको लुधियाना जिल्लाको नसराली गाउँमा भएको हो। उनको वास्तविक नाम धर्मेन्द्र केवलकृष्ण देओल हो। उनी एक परम्परागत जाट सिख परिवारमा जन्मिएका थिए। बाल्यकालमा उनले ललटन कलानको सरकारी उच्च माध्यमिक विद्यालयमा अध्ययन गरे र पछि रामगढ़िया कलेज, फगवारामा इन्टरमेडिएटसम्म पढ़े। औपचारिक शिक्षा १२ कक्षापछि रोकिए पनि चलचित्रप्रतिको उनको लगावले जीवनलाई नयाँ दिशा दियो। भारतीय सिनेमामा "ही-म्यान" भनेर चिनिने धर्मेन्द्रले करिब छ दशक लामो अभिनय यात्रामा ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए।

दावा सेर्पा दामन हाल दुबई 

‎चलचित्र यात्रा

‎धर्मेन्द्रले १९६० मा फिल्म दिल भी तेरा हम भी तेरे बाद बलिउडमा प्रवेश गरे। १९६६ मा आएको फूल और पत्थर ले उनलाई स्टारड्रममा पुयायो। उनले शोले (१९७५), सत्यकाम (१९६९), चुपके चुपके (१९७५), धर्म वीर (१९७७), अनुपमा (१९६६) जस्ता कालजयी चलचित्रमा अभिनय गरेर दर्शकको मन जिते।

‎पारिवारिक जीवन

‎धर्मेन्द्रले पहिलो विवाह प्रकाश कौरसँग १९५४ मा गरेका थिए। उनीहरूका छोराहरू सनी देओल र बॉबी देओल बलिउडका चर्चित अभिनेता हुन्। १९८० मा धर्मेन्द्रले अभिनेत्री हेमा मालिनीसँग विवाह गरे। उनीहरूका छोरीहरू ईशा देओल र अहना देओल हुन् ।

‎राजनीति र अन्य योगदान

‎धर्मेन्द्र केवल अभिनेता मात्र होइन, राजनीतिमा पनि सक्रिय थिए। उनले २००४ देखि २००९ सम्म राजस्थानको बिकानेर क्षेत्रबाट लोकसभा सांसदको रूपमा सेवा गरे। उनले निर्माण र उत्पादनमा क्षेत्रमा पनि अनुभव बटुलेका थिए।

‎पुरस्कार र सम्मान

‎धर्मेन्द्रलाई २०१२ मा पद्म भूषण प्रदान गरिएको थियो।
‎उनले फिल्मफेयर अवार्डसहित दर्जनों सम्मान प्राप्त गरेका छन् ।

‎विरासत

‎धर्मेन्द्रको सरलता,आत्मीयता र बहुआयामिक अभिनयले उनलाई भारतीय सिनेमाको अमर नायक बनाएको छ। उनी एक्शन, रोम्यान्स र हास्य सबै भूमिकामा समान रूपमा लोकप्रिय थिए। उनका छोराहरू र परिवारले उनको विरासतलाई निरन्तरता दिइरहेका छन् ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

khane-1774766593.png