himalen-2083-1778725505.jpg
Saturday, 13 Jun, 2026
jkmv2083-1778723862.jpg

मनाेरञ्जन

वर्ल्डलिङ्कका ग्राहकलाई सेटटप बक्सविना नै टिभीमा विश्वकप फुटबल हेर्न पाउने सुविधा

FB_IMG_1780918810172-1780919054.jpg

इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कका ग्राहकले सेटटप बक्सको प्रयोगविना नै टेलिभिजनमा विश्वकप फुटबल खेल हेर्न सक्ने भएका छन् । सेट-टप बक्स नभए तापनि स्मार्ट टेलिभिजनमा नेटटिभी एपमार्फत विश्वकपका खेल प्रत्यक्ष हेर्न मिल्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, यो सुविधा उपयोग गर्नका लागि ग्राहकसँग स्मार्ट टेलिभिजन, वर्ल्डलिङ्कको इन्टरनेट जडान र नेपालका लागि विश्वकप प्रसारणको आधिकारिक अनुमति प्राप्त ‘हिमालय स्पोर्ट्स’ को विश्वकप प्याकेज खरिद गरेको हुनुपर्ने छ ।
यो प्रक्रियाका लागि ग्राहकले सबैभन्दा पहिले आफ्नो स्मार्ट टेलिभिजनको ‘एप स्टोर’ वा ‘प्ले स्टोर’ मा गई नेटटिभी एप डाउनलोड गर्नुपर्ने हुन्छ ।
एप डाउनलोड भइसकेपछि त्यहाँ मोबाइल नम्बर प्रविष्ट गर्ने विकल्प आउनेछ, जहाँ ग्राहकले वर्ल्डलिङ्कमा रजिस्टर गरेको आफ्नो मोबाइल नम्बर राख्नुपर्नेछ । उक्त मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी कोड प्रविष्ट गरेपछि नेटटिभी एप सक्रिय हुनेछ ।
त्यसपश्चात्, ९९९ रुपैयाँ शुल्क पर्ने विश्वकप पास खरिद गरेपछि खेलहरू प्रत्यक्ष हेर्न सकिने वर्ल्डलिङ्कले जनाएको छ । अतिरिक्त तार र भौतिक उपकरण (सेटटप बक्स) को झन्झटविना नै सहज रूपमा विश्वकप हेर्न पाइने भएपछि ग्राहकलाई निकै सजिलो हुने कम्पनीको विश्वास छ । टेकपाना बाट 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
झम्केश्वरी माबिको अध्यक्षमा राजन लामिछाने
InShot_20260612_175759649-1781275538.jpg

थाहा नगरपालिकास्थित झम्केश्वरी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राजन लामिछाने सर्वसम्मत हुनु भएको...

थाहा नगर बिज्ञान शिक्षक समाजको अध्यक्षमा प्रदिप केसी
InShot_20260612_185249599-1781275311.jpg

थाहामा विज्ञान शिक्षक समाज नेपाल, थाहा नगर समिति गठन गरिएको छ। जनकल्याण माविका विज्ञान शिक्षक प्रदीप केसीको...

तेस्रो नगरस्तरीय मावि विज्ञान प्रदर्शनीमा हिमालयन बोर्डिङ स्कुल प्रथम
FB_IMG_1781274988027-1781275023.jpg

थाहा, जेठ २९ । थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न तेस्रो थाहा नगरस्तरीय मावि...

सिबिआर कार्यक्रम अन्तर्गत अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान
FB_IMG_1781191624805-1781191638.jpg

थाहा नगरपालिकाले लक्षित समुदायका लागि विनियोजित बजेट कार्यान्वयनलाई तीव्रता दिएको जनाएको छ। यसैअन्तर्गत...

पालुङ प्रहरी निरीक्षक रुक्सा बज्राचार्यको सरुवा,भण्डारी आउने
FB_IMG_1781190639877-1781190715.jpg

इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक रुक्शा बज्राचार्यको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २७...

कृषि ,पर्यटन र पूर्वाधार थाहा नगरको सम्वृद्धिको आधार !!
InShot_20260608_203816206-1780930511.jpg

नेपाल कृषि प्रधान देश हो ।अहिले पनि सर्वाधिक रोजगार एबम् जीवन वृत्ति विकासको मूल र भरपर्दो आधार कृषि नै रहेको छ ।...

कृषि ,पर्यटन र पूर्वाधार थाहा नगरको सम्वृद्धिको आधार !!
InShot_20260608_203816206-1780930428.jpg

नेपाल कृषि प्रधान देश हो ।अहिले पनि सर्वाधिक रोजगार एबम् जीवन वृत्ति विकासको मूल र भरपर्दो आधार कृषि नै रहेको छ ।...

थाहामा आइतबार विद्यालय सञ्चालन गर्ने तयारी गर्दै निजी विद्यालय
file_0000000097d87207abff-1780926574.png

संघीय सरकारको निर्देशन अनुसार आइतबार बिदा गर्न थाहा नगरपालिकाले सूचना जारीगरेपछि पठनपाठन रोकेको थाहा नगरका...

थाहा नगरले कक्षा ८ र एसइइमा उत्कृष्ट हुने विद्यार्थी ,विद्यालय र शिक्षक सम्मान गर्दै,
FB_IMG_1743048811515-1780926020.jpg

  थाहानगर/थाहा नगरपालिका शिक्षा शाखाले गत शैक्षिक सत्रमा कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg