jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

७ वर्षपछि सलिनमानको दमदार कमब्याक: ‘युनिभर्सिटी अफ गुण्डाज्’को स्टाइलिस टिजर सार्वजनिक

InShot_20260506_175207967-1778069253.jpg

२०८० सालको माघमा घोषणा गरिएको फिल्म युनिभर्सिटी अफ गुण्डाज् अन्ततः निर्माणमा जाने पक्का भएको छ। मंगलबार युट्युबमार्फत यसको फर्स्टलुक टिजर सार्वजनिक गर्दै निर्माण टिमले ‘कास्ट एन्ड क्रु’ र कथावस्तुबारे औपचारिक जानकारी गराएको हो।
सार्वजनिक टिजरले एक्सनलाई प्राथमिकतामा राख्दै कलेजभित्र विद्यार्थीबीच हुने गुन्डागर्दीलाई मुख्य विषयवस्तु बनाएको संकेत गर्छ। टिजरमा दुई मुख्य अभिनेता सलिनमान बनियाँ र सलोन बस्नेत कलेज परिसरमै एक ग्याङसँग भिडिरहेका देखिन्छन्। विशेषगरी सलिनमानको एक्सन शैली र लुक्सले कोरियन ड्रामाको झल्को दिने दृश्य प्रस्तुत गरिएको छ।
टिजरमा सलिनको पुनरागमनलाई ‘मौनतापछिको आँधी’ भन्दै ‘स्टाइलिस स्टार’को रूपमा प्रस्तुत गरिएको छ। करिब ७ वर्षपछि उनी यही फिल्ममार्फत ठूलो पर्दामा फर्किन लागेका हुन्। फिल्मको कथा स्वयं सलिनमानकै रहेको जनाइएको छ भने निर्देशन सुरेश न्यौपाने ले गर्नेछन्, जसले यसअघि रंगी निर्देशन गरिसकेका छन्।
मुख्य भूमिकामा सलिन र सलोन नै रहनेछन् भने अन्य कलाकारबारे विस्तृत जानकारी खुलाइएको छैन। तर, निकट स्रोतका अनुसार अभिनेता अनमोल केसी को विशेष भूमिका रहने सम्भावना छ।
फिल्म सान्भी इन्टरटेन्टमेन्ट को ब्यानरमा निर्माण हुने भएको हो। प्राविधिक टिममा रोमन बज्रचार्यको पार्श्व संगीत, सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, मनोज श्रेष्ठको भिएफएक्स तथा राजेन्द्र मोक्तानको रंग संयोजन रहनेछ। पटकथा तथा संवाद मन्दिप गौतमले तयार पारेका हुन्।
निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी जेठ महिनाबाट सुरु गरिनेछ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...