himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

‘असोज पहिलो हप्तासम्म जुनसुकै बेला पहिरो जान सक्छ, थप सजग बनौँ’

bade-1630656045.jpg

अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानले देशका धेरै ठाउँमा नोक्सानी गरेको छ । केही दिनयता वर्षाको धेरै असर लुम्बिनी र गण्डकी प्रदेशमा परेको छ ।

पर्वतमा आज पहिरोले घर पुरिँदा पाँच जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता भएका छन् । पर्वतको धेरै ठाउँमा पहिरो गएको छ । यस्तै, अस्तिदेखि परेको अविरल वर्षाका कारण पोखरामा पनि धेरै ठाउँमा पहिरो गएको छ । पहिरोमा परेर हिजो पाँच जनाको ज्यान गएको छ भने जमिन समेत भासिएको छ।

यस्तै, बुधवार राति दाङमा बाढीले कार बगाउँदा एकै परिवारका दिदी बहिनीसहित चार जनाको ज्यान गयो । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण क्षति बढिरहेको छ । यस्तो अवस्थामा सावधानी अपनाउन नसके थप क्षति हुन सक्ने भन्दै मौसमविद्ले सजग हुन आग्रह गरेका छन् ।

मौसमविद् वरुण पौडेलका अनुसार आउँदो असोज पहिलो हप्तासम्म नेपालमा मनसुन रहने सम्भावना छ । यसले गर्दा यो अवधिसम्म नै बाढी, पहिरो र डुबानको जोखिम रहेको छ । पानी पर्न छोडे पछि बाढी र डुबानको जोखिम कम हुने भए पनि पहिरो जाने जोखिम भने उस्तै रहने उहाँले बताउनुभयो ।

पानी पर्न रोकिँदा पनि सुख्खा पहिरो जाने जोखिम रहने मौसमविद् वरुण पौडेलले बताउनुभयो ।  लगातारको झरीले जमिन भिजिसकेकाले पानी पर्न कम हुँदा पनि पहाडी क्षेत्रमा पहिरोको जोखिम भने उस्तै रहने भएकाले सावधानी अपनाउन उहाँको आग्रह छ ।

विशेषगरी भिरालो जमिनमा घर भएकाहरु र यात्रा गर्नेहरु चनाखो हुुनुपर्ने उहाँले बताउनुभयो ।  मनसुन सक्रिय नै रहेकाले आज पनि वाग्मती, गण्डकी, प्रदेश(१ र २ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको २४ घण्टामा पोखरामा सबैभन्दा धेरै पानी परेको छ । अहिले पोखरा, नवलपरासी, नेपालगञ्ज, काठमाण्डौलगायत ठाउँमा पानी परिरहेको छ ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg