jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न

FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष शत्रुधन प्रसाद गुप्ताको सभाध्यक्षता र त्रि। वि। का उपकुलपति प्रा। डा। भोला थापाको प्रमुख आतिथ्यतामा भब्य रुपमा सम्पन्न भएको छ । विशिष्ट अतिथि पुर्व उपकुलपति द्वय प्रा। डा। दिपक अर्याल र प्रा। डा। तिर्थराज खनिया रहनु भएको थियो भने अन्य अतिथिमा विश्व विद्यालय अनुदान आयोगका निमित्त सचिब डा। केदार आचार्य,पुर्व संघका अध्यक्ष तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। भोला थापाले सामुदायिक क्याम्पसहरूको उच्च शिक्षामा रहेको योगदानको प्रशंसा गर्दै आवश्यक समस्या समाधानका लागि विश्वविद्यालय प्रतिबद्ध रहेको बताउनुभयो ।
पूर्व उपकुलपतिहरू प्रा।डा। दीपक अर्याल र प्रा।डा। तीर्थराज खनियाले उच्च शिक्षामा स्थायित्व, स्पष्ट नीति र विश्वविद्यालयको स्वायत्तताको आवश्यकता औंल्याउनुभयो । त्यस्तै, विश्वविद्यालय अनुदान आयोगका निमित्त सचिव डा। केदार आचार्यले सामुदायिक क्याम्पसहरूको योगदानको उचित मूल्याङ्कन हुनुपर्ने बताउनुभयो ।
संघका अध्यक्ष शत्रुघनप्रसाद गुप्ताले गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
संघका सल्लाहकार एवम् पूर्व उपाध्यक्ष धनलाल महर्जनले उत्कृष्ट अंकका आधारमा सम्मानित चार विधाका स्नातक तहका विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक प्रगतिको शुभकामना व्यक्त गर्नुभयो
मदन भण्डारी मेमोरियल कलेजका प्रमुख डा। बाबुराम अधिकारीले विभिन्न विधामा सम्मानित भएका विद्यार्थी तथा सामुदायिक क्याम्पसहरूलाई बधाई दिँदै यस्ता उपलब्धिले अन्य शैक्षिक संस्थाहरूलाई उत्कृष्टता हाँसिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा देशभरका सामुदायिक क्याम्पसमध्ये विभिन्न संकायतर्फ स्नातक तहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ साथै सो क्याम्पसलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार, सदस्य, विभिन्न सामुदायिक क्याम्पसका सञ्चालक समिति अध्यक्ष, क्याम्पस प्रमुख, प्राध्यापक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।

FB_IMG_1783611915654-1783612053.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...