himalen-2083-1778725505.jpg
Sunday, 05 Jul, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित

InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित हुनुभएको छ।

कर्पोरेट मिडिया ग्रुपद्वारा बिहीबार काठमाडौंमा आयोजित ‘ईश्वरलाल १८औँ कर्पोरेट बिजनेस अवार्ड २०२६’ समारोहमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति हरि ढकालले कार्कीलाई उक्त अवार्ड प्रदान गर्नुभएको हो।

व्यावसायिक निष्ठा, उत्कृष्ट सेवाभाव, नेतृत्व क्षमता तथा संस्थागत सहकार्यमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप उहाँलाई सम्मान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजंग शाह ले जानकारी दिनुभयो।

पर्यटन र खेलकुद क्षेत्रमा सक्रिय युवा नेतृत्व:

होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रबन्ध निर्देशक तथा गोर्खाली रग्बी क्लबका संस्थापक अध्यक्ष रोहित कार्की पर्यटन, खेलकुद र सामाजिक सेवाका क्षेत्रमा समर्पित युवा नेतृत्वका रूपमा परिचित हुनुहुन्छ। पर्यटन उद्योगको प्रवर्द्धन, खेलकुद विकास तथा युवा सशक्तीकरणमा उहाँले निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ।

कार्की विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थासँग आबद्ध रहँदै समाज रूपान्तरण र आर्थिक समृद्धिका अभियानमा सक्रिय रहनुभएको छ। कुशल व्यवस्थापन क्षमता, दूरदर्शी सोच र सकारात्मक नेतृत्वका कारण उहाँ युवा उद्यमीहरूका लागि प्रेरणाका स्रोत बन्न सफल हुनुभएको छ।

योगदानको उच्च मूल्यांकन:

लामो समयदेखि पर्यटन प्रवर्द्धन, खेलकुद विकास, सामाजिक सेवा तथा आर्थिक गतिविधिको विस्तारमा पुर्‍याएको योगदानको सम्मानस्वरूप प्रदान गरिएको यो अवार्डले रोहित कार्कीको व्यावसायिक सफलता मात्र नभई समाजप्रतिको उत्तरदायित्व र समर्पणलाई समेत उजागर गरेको छ।

अवार्ड प्राप्तिपछि कार्कीले उक्त सम्मानलाई आफ्ना , सहकर्मी, शुभेच्छुक तथा सम्पूर्ण सहयोगीहरूको विश्वास र साथको प्रतिफल भएको बताउँदै आगामी दिनमा पर्यटन, खेलकुद र सामाजिक विकासका क्षेत्रमा अझ प्रभावकारी रूपमा योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...

सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg