Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

३३ के.भि. लाईन नबनेसम्म उत्तरी मकवानपुरकमा बत्तीको समस्या समाधान हुदैन : पालुङ वितरण केन्द्र 

249192340_889984108327351-1635489432.jpg

उत्तरी मकवानपुरमा बत्ती झ्याप्प निभ्यो र पालुङ वितरण केन्द्रको नो लाईन नम्बरमा फोन गरेर बुझ्यो भने सधै आउने रेडिमेड जवाफ हो बत्ती धोर्सिङ्गमा गयो । 
वत्ती अनियमित भयो भनि कार्यालयमा सम्पर्क गर्दा आउने जवाफ हो लाईन लामो छ भौगोलिक विकट छ मार्खु सब–स्टेशन बनेपछि मात्र समस्या समाधान हुन्छ । 
यस्तै जवाफ आएको सुनिएको एक दशक वित्यो । यो अवधीमा धेरै कार्यालय प्रमुख फेरिए तर  आज सम्म न त मार्खु सब–स्टेशन चल्यो न त लाईन छोटियो  समस्या जस्ताको तस्तै छ ।  
मार्खुमा निर्माण भएको सब स्टेशनमा ३३ के.भि. लाईन नआए सम्म उत्तरी मकवानपुरमा वत्ती जाने समस्या नरोकिने पालुङ वितरण केन्द्रले जनाएको छ ।  
मार्खुमा सब स्टेशन बनेपनि मातातिर्थबाट मार्खु सम्म ३३ के.भि. लाईन निर्माण नहुँदा स स्टेशन पुर्णरुपमा सन्चालनमा आएको छैन । 


मार्खु सम्म ३३ के.भि. लाईन नआउदा  थाहाको फाँटमा बन्ने भनिएको सब–स्टेशन र मार्खु पालुङ ३३ के.भि. लाईन पनि निर्माण हुन सकेको छैन । 
मार्खु र फेदिगाउ मा सबस्टेसन बनेर पुर्ण रुपमा संचालनमा नआउदा समम  थाहा नगरमा भैरहने बिजुली को समस्या समाधान नहुने पालुङ बितरण केन्द्र का प्रमुख बिरमान रास्कोटीले बताउनु भयो । । 


हाल को समस्या केही कम गर्न मार्खुको सबस्टेसन पुर्ण रुपमा सन्चालन हुन पर्छ तर संचालनकोलागि दक्ष प्राबिधिक कर्मचारीको अभाव रहेको बताउदै हाल मार्खुमा स्विचिङ्गको रुपमा मात्रै चलेकोले मातातिर्थ बाट ३३ के.भी. लाईन आएपछी मात्र मार्खु पुर्ण रुपमा सन्चालन हुने र हाल धोर्सिङ कै ११ हजार जोडेर स्विचिङ गरेको बताउनु भयो । । 
मार्खु सम्मको ३३ के भि लाईन निर्माण  गर्न काठमाडौ साईडमा वन ले रोकेको र  मकवानपुर साईडमा स्थानियको अभरोध को कारण काम सन्चालन मा ढिला भएको बताउदै मार्खु र फेदिगाउ को सबस्टेसन नै नगर लगाएत उत्तरी मकवानपुर को बत्तिको समस्या समाधान गर्ने अन्तिम बिकल्प रहेको बताउनु भयो । 
 
 

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg