pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

२० हजार टन युरिया मल भित्रियो।

FB_IMG_1678432024678-1678432195.jpg

कृषि सामग्री कम्पनीले ग्लोबल टेण्डरबाट खरिद गरेको ३० हजार टन युरिया मलमध्ये २० हजार टन भित्रिएको छ । कम्पनीको मधेस प्रादेशिक कार्यालय वीरगन्जका सूचना अधिकृत आलोक कुमारका अनुसार वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह र वीरगन्जको सिमावर्ती भारतीय सहर रक्सौल रेल्वे स्टेसनमा गरी ८ रेल्वे र्‍याकमा मल आइपुगेको हो । सामान्यतया एक रेल्वे र्‍याकले २ हजार ५ सय टन मल बोक्ने गर्छ । 

कम्पनीले ग्लोबल टेण्डरबाट खरिद गरेको उक्त मल आपूर्तिको ठेक्का स्विस सिंगापुर कम्पनीले पाएको छ । उसले मलेसियाबाट खरिद गरी भारतको कोलकता बन्दरगाह हुँदै नेपालमा मल ल्याइरहेको छ । कुल ३० हजार टन मध्ये १२ हजार टन वीरगन्ज, १० हजार ५ सय टन भैरहवा र बाँकी ७ हजार ५ सय टन मल कम्पनी विराटनगर प्रादेशिक कार्यालयले पाउने छन् ।

वीरगन्ज र भैरहवाको मल वीरगन्ज नाका हुँदै भित्रिन्छ भने बिराटनगरको मल कोलकताबाट सोझै ट्रकमा बिराटनगर ल्याइँदै छ । चैते धान बाली सिजनका लागि ल्याइएको मल माग भएका जिल्लाहरुमा परिचालन समेत भइरहेको कुमारले जानकारी दिए । यसअघि ‘जीटूजी’ प्रक्रियाबाट भित्रिएको युरिया मल माग भएका जिल्लाहरुमा परिचालन समेत भइसकेको उनले बताए ।

२० हजार टन डीएपी कोलकता आइपुग्यो

कम्पनीले ग्लोबल टेण्डरबाट खरिद गरेको २० हजार टन डीएपी मल पनि कोलकता बन्दरगाह आइसकेको कुमारले जानकारी दिए । स्विस सिंगापुर कम्पनी नै आपूर्तिकर्ता रहेको सम्झौताको मल शुक्रबार कोलकता बन्दरगाह आइपुगेको उनले बताए । ‘कोलकाता आइपुगेको मल अहिले त्यहाँ रि प्याकिङको काम भइरहेको छ,’ उनले भने, ‘फागुन २८ पछि नेपाल आइपुग्न थाल्छ ।’ यो मल पनि चैते धान बाली सिजनकै लागि ल्याइएको उनले बताए ।

इकान्तिपुर 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...