Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

साना किसान बज्रबाराही द्वारा बाली उपचार (प्लान्ट क्लिनिक) शिविर सम्पन्न, करिब २०० कृषक लाभान्वित

FB_IMG_1781624623120-1781624964.jpg

थाहा, मकवानपुर । राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्र, खुमलटार ललितपुरको आयोजनामा तथा राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, खुमलटार ललितपुरको सह-आयोजनामा साना किसान कृषि सहकारी संस्था लिमिटेड, बज्रबाराहीसँगको सहकार्यमा सञ्चालन गरिएको बाली उपचार (प्लान्ट क्लिनिक) शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
मिति २०८३ साल असार २ गते मंगलबार थाहा नगरपालिका वडा नं. ६ को कार्यालय प्राङ्गणमा बिहान १० बजेबाट सञ्चालन भएको शिविरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक तथा प्राविधिकहरूले कृषकहरूलाई प्रत्यक्ष विशेषज्ञ सेवा प्रदान गरेका थिए।
शिविरमा कृषकहरूले आफ्ना बालीमा देखिएका विभिन्न प्रकारका किरा, रोग तथा क्षतिग्रस्त बिरुवाका नमुनाहरू ल्याई परीक्षण तथा परामर्श सेवा लिएका थिए। कार्यक्रममा करिब २०० जना कृषकहरूको सहभागिता रहेको थियो।
विशेषज्ञहरूले बालीमा देखिएका समस्याहरूको पहिचान गरी रोग तथा किराको व्यवस्थापन, नियन्त्रणका उपाय, सुरक्षित विषादी प्रयोग तथा आधुनिक कृषि प्रविधिबारे जानकारी दिएका थिए। शिविरबाट कृषकहरूले आफ्ना बालीका समस्याको समाधानका लागि आवश्यक प्राविधिक सुझाव प्राप्त गरेको बताएका छन्।
कृषकहरूको उत्साहजनक सहभागिता रहेको उक्त बाली उपचार शिविर कृषि उत्पादन वृद्धि तथा बाली संरक्षणमा उपयोगी हुने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

FB_IMG_1781624632704-1781624969.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...