himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

विङ्ग युथको आयोजनामा थाहाका कृषकका लागि ३ दिने आलु खेती तालिम सुरु

FB_IMG_1769166356828-1769166380.jpg

आलु खेतीको लागि देशमै प्रख्यात थाहा नगरपालिकाको कृषकहरूको क्षमता अभिवृद्धि र आलु उत्पादन बढाउने उद्देश्यले पालुङमा ३ दिने आलु खेती सम्बन्धी तालिम सुरु भएको छ।
थाहाको थानाबजारमा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारीको सभा हलमा तालिम सुरु भएको हो।
विङ्ग युथको आयोजनामा सुरु गरिएको तालिममा राष्ट्रिय आलु तथा तरकारी बाली विकास केन्द्र, कीर्तिपुरको प्राविधिक सहयोग रहेको छ भने ONGD–FNEL ले सपोर्ट गरेको छ।

बिङ्ग युथका अध्यक्ष वसन्त कार्कीको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन समारोहमा  राष्ट्रिय आलु तथा तरकारी बाली विकास केन्द्रका प्रमुख पदम अधिकारीको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो।
तालिममा आलु विकास केन्द्रका प्रशिक्षक ज्ञानु थापा मगर र केन्द्रका प्रमुख पदम अधिकारीले सहजीकरण गरिरहनुभएको छ।

विङ्ग युथका फाइनान्सियल अफिसर पवन सिंह बस्नेतले स्वागत गरेको कार्यक्रममा थाहा नगरपालिकाका कृषि शाखा प्रमुख संजय तिवारी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेको उपस्थिति रहेको थियो।
तालिम ११ गतेसम्म सञ्चालन हुने विङ्ग युथकी कार्यक्रम संयोजक मनिषा बस्नेतले जानकारी दिनुभयो।
कृषकहरूमा रहेको आलु खेतीसम्बन्धी अनभिज्ञतालाई चिर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले तालिम सुरु गरिएको आयोजकले जनाएको छ।
तीन दिनसम्म चल्ने तालिममा जग्गा छनोटदेखि हावापानीअनुसारको बीउ छनोट, खाने आलु र बीउ आलुको भण्डारण तथा बजारीकरणसम्मको योजनाबारे कृषकहरूलाई व्यावहारिक ज्ञान प्रदान गरिने कार्यक्रम संयोजक मनिषा बस्नेतले बताउनुभयो।
तालिममा नगरपालिकाभित्रका १२ वटा वडाका २२ वटा कृषि समूहहरूको प्रतिनिधित्व हुने गरी कृषकहरूको उल्लेख्य सहभागिता रहेको छ।

FB_IMG_1769166360933-1769166380.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg