Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

२०५० साल श्रावण ४ गते पालुङमा बाढी जाँदा एकै परिवारका ११ सहित कम्तीमा ५६ जनाले ज्यान गुमाए

6AxnkfOWQY2RXG7I-1674797042.jpg

सरोज कुमार खनाल सामान्य परिवारका सदस्य हुन् । १६ जना परिवारको साथमा खुसी साटेर जीवन निर्वाह गरेका उनमा २५ वर्षको उमेरमा बज्रपात आइलाग्यो । उनले बाढीपहिरोबाट ११ जना परिवारका सदस्य गुमाउनु पर्ला भनेर कहिल्यै सोचेका थिएनन् । मकवानपुर जिल्लाको तत्कालिन पालुङ गाविस ९ फेदीगाउँमा जम्बो परिवारका साथ बस्दै आएका खनाल त्यतिबेलाको परिवेशलाई सम्झँदा भक्कानिन्छन् ।

फेदीगाँउमा ७ दिनसम्म पानी पर्दा पनि घुम ओडेर गोठालो जाने गरेका खनाल बाढीपहिरोले घर लगेको देख्दा यो अकल्पनीय रहेको बताउँछन् । बाढी पहिरो जाने कुनै सम्भावना नभएको ठाउँमा विनासकारी बाढीले कसरी आँखा गाड्यो कल्पना गर्न कठिन छ भन्छन् खनाल । खेती किसानीबाट जीविकोपार्जन गर्ने उनको परिवार छिन्नभिन्न भयो भन्ने खबर सुन्दा अचम्म लाग्ने कथा २९ वर्षदेखि बोकी रहेका छन् खनालले ।
त्यतिबेला ५ जना जीवित रहेका परिवार लाई सान्त्वना दिनेहरुको भिड समेत थिएन किनभने गाँउ नै रोइरहेको अवस्था थियो ।

कुरा २०५० को हो, साउन ४ गते खनाल आमाले पकाएको खाना खाएर पारीपट्टि रहेको सिखरकोट बजार हिंड्छन् । ३ दिन देखि आइरहेको अविरल पानीको प्रवाह खासै कसैले गरेनन् । खनाल पनि छाता ओडेर सिखरकोट बजार लागे । त्यतिबेला पञ्चायती व्यवस्थाको अन्त्यपछि ०४७ को संविधान जारी भएसँगै २०४९ को निर्वाचनबाट पालुङ गाविस बन्यो । जनमुखीकर्मी रुपचन्द्र विष्टले निर्माण गरेको पालुङ विकास समितिलाई पालुङ गाविस र दामन गाविस मिलाएर संयुक्त आर्थिक विकास समिति चलाईएको थियो । यो समितिको संयोजक भएर काम गरेका खनाल यही शिलशिलामा घरबाट निस्केका थिए । यो समितिको संयोजकको कामले खनाललाई विपत्तिबाट बचाउन सफल भएको उनको तर्क रहेको छ ।

तत्कालीन विकास घरमा बसेर काम गरिरहेका खनाल भित्री काम भन्दा पनि बाहिर पानीको बेग बढेका कारण मनमा डर लिइरहेका थिए । दिउँसो ४ बजेतिर यत्ति ठूलो पानी पर्यो कि खनालले आजसम्म त्यस्तो पानी परेको देखेका छैनन् रे । ठूलो पानी परेका कारण खनाल घर जाने अवस्थामा पनि थिएनन् । उनले त्यो रात पानी परेको हेरेर भगवानसँग कुनै अकल्पनीय नहोस् भन्दै रात काटिरहे । खनालसँग भएको जिप कम्पनीको टर्चलाईट बाल्दा पानीको धारा लाईटबाट अगाडि नबढ्ने अवस्थामा थियो । चारैतिर मुसलधारे पानीको बेग भएपछि खनालमा चिन्ता बढ्नु स्वभाविक थियो । जब बिहान उज्यालो भयो तब उनले बाढीको प्रवाह नगरी आफनो घरतिर लागे । जब उनी घरमा पुगे न उनले न घर देखे न परिवार नै । उनको घर परिवार रातको ठूलो बेगमा आएको बाढीसँगै बगाइसकेको थियो । उनले एकैदिन ११ जना परिवार गुमाएको डर लाग्दो कथा सुनाउँदा हामी जसलाई पनि आङ सिरिङ्ग हुनु स्वभाविक छ । यति ठूलो विपत्ति आइलाग्ला भनेर कल्पना नगरेका खनाल भयभित भए । रोए कराए तर के गर्नु दैवका अगाडि उनको केही लागेन ।
सायद परिवेश त्यस्तै थियो सरकारी संयन्त्र त्यति सतर्क थिएन । सञ्चारको विकास थिएन । सूचना सम्प्रेषणमा कुनै संकेत थिएन यसैका कारण फेदीगाउँ डुबानमा पर्यो।

खनाल मधुरो स्वरमा भन्छन् दैव र दसा एकैपटक लाग्यो । उनले एकै राती आफनो बा, आमा, श्रीमती, भाउजु, २ जना भाइहरु, २ जना दाइको छोरा भतिजाहरु, आफनो बच्चा ३ जना गरी ११ जना गुमाउनु पर्यो । जब बिहान घरमा खनाल पुगे परिवार पुरिएका थिए, गाईवस्तु केही पानीमा तैरिएको थिए भने धेरै पुरिएको अवस्थामा थिए । खाद्यान्न नगदसँगै खनालको आफ्नो शरीरमा भएको एकसरो कपडा बाहेक केही बाँकी रहेनन् । उनी फेदीगाँउको ठूलो दुर्दशा भोग्ने व्यक्ति हुन पुगे ।

बाढीपहिरो कसरी आयो भन्ने प्रश्नमा खनाल पनि अचम्ममा छन् । कुनै सोचनीय ठाउँ छैन् । यकिन गर्ने परिवेश छैन् । अग्लो डाँडामा घर भएको र तल सानो २ खोल्सा थिए । यही खोल्सामा बगाएर ल्याएका उतिसका रुखका जराहरु अडकेर ड्याम बन्यो अनि यो फुटेर आउँदा घर बगाएको उनको अनुमान छ । तत्कालीन गाविस अध्यक्ष रामहरि विष्टका अनुसार पनि यही अनुमान छ । डाँडोको बीचमा भएको खोँच भरिदै आएर फुटेपछि यसबाट निस्केको बेगले नै घर बगाएको अनुमान विष्टको पनि छ ।

जब यति ठुलो विपत्ति आयो खनालका भाइ र दाइ काठमाण्डौमा, दिदीहरु हेटौँडामा र आफू पारी सिखरकोट रहेकाले बाँच्न सफल भएको उनको भनाइ छ । त्यतिबेला ५ जना जीवित रहेका परिवार लाई सान्त्वना दिनेहरुको भिड समेत थिएन किनभने गाँउ नै रोइरहेको अवस्था थियो । सरकारले राहतको नाममा दिएको सामान्य दालचामलको भरमा उनले आफनो बचेको गोठमा कति रात कटाए भनाैं जीविकोपार्जन चलाए । त्यतिबेला राहतको नाममा ७ हजार पाएका उनले यसकै भरमा परिवार डोहोर्याउनुपर्ने बाध्यता थियो । जीवनमा विपत्ति थाहा दिएर आउँदैन भन्ने मनशायलाई खनालले मनमा राखे, मन बुझाए । तर के गर्नु त्यो २९ वर्ष देखिको आलो घाउ मनमा छँदैछ । खनालले आफू बाढीपहिरोको पिडित भएकै कारण बाढीपीडित कन्स्ट्रक्शन निर्माण सेवा दर्ता गरेर काम गर्न थालेको बताउछन् । जे होस् उनले अहिले आफूलाई सफल बनाउन ठूलो मिहेनत र संर्घष गरेको उनको भनाइ छ ।

तर त्यो पीडाले अहिले पनि दाजुको अवस्था नाजुक रहेको उनको तर्क छ । भाइले पनि सामान्य जीविकोपार्जन् गरिरहेको बताउँदै खनाल भन्छन् बसोबास गरेको स्थान जोखिम छ भन्ने थाहा भइदिएको भए सायद परिवारसँग अझ धेरै खुसी साट्न पाइन्थ्यो । बाढी वा पहिरोबाट बच्ने उपायहरुको विषयमा आफूले थाहा पाएपनि बचाउन नसकिएको उनको भनाइ छ । रेडियो नेपालबाट बज्ने सूचनाबाट उनले धेरै कुराहरु जानेका थिए तर के गर्नु त्यो लागु गर्ने अवस्था नै आएन । २०५० सालको बाढी वा पहिरोको प्रभाव अहिले पनि दाजुले र आफुले भोगिरहेको उनको भनाइ छ । अहिले खनाल यातायात व्यवसायी भएका छन् । बाढीपहिरोको ८ वर्षको पिडापछि नयाँ जीवन सुरु गरेका खनालको परिवारमा अहिले श्रीमती, छोरा र छोरीहरु छन् । हाल उनी हेटौडा उप महानगरपालिका वडा नम्बर ५ मा बस्छन् ।

२०५० सालको बाढीपहिरो प्रभावित खनाल आजभोलि विगतलाई सम्झदै गाँउहरुमा आउने बाढीपहिरोका पीडितहरुका लागि सहयोग गर्न सबैभन्दा अगाडि आइलाग्छन । आफूले दुःख भोगे पनि अरुले भोग्नु नपरोस् भन्ने उनको भनाइ छ ।

त्यसबेलाको सूचना संप्रेषणमा कमजोर भयो भनौ या संयन्त्र नै नभएका कारण परिवार गुमाएको खनालको भनाइ छ । बाढीपहिरो सम्बन्धी सूचना पाएको भए सायद परिवार बच्न सक्ने उनको तर्क छ । सायद परिवेश त्यस्तै थियो सरकारी संयन्त्र त्यति सतर्क थिएन । सञ्चारको विकास थिएन । सूचना सम्प्रेषणमा कुनै संकेत थिएन यसैका कारण फेदीगाउँ डुबानमा पर्यो, खनालको भनाइ छ ।

सन्दर्भ सामाग्री

जेन क्यारल
फोटो म्यूजियम नेपाल
थाहा टाइम्स
मणिराज गाैतम

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg