Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

१२ बर्से बिदेश बसाई पछि नेपालमै उद्धमी बन्दै यी २ युवा 

daju-vai-1566900093.jpg


  दिनेश कार्की 
 काठमाडौं, ललितपुरको लगनखेल बाट ग्वार्को तर्फ जाँदै गर्दा प्रायग पोखरी कट्ने बित्तिकै बायाँ तर्फ देखिन्छ मेट्रो मिट मार्ट को रातो बोर्ड ।अनि टक्क रोकिएर हेर्न बध्य बनाउछ त्यो बोर्ड ले ।कारण ( नेपालमै पहिलो पटक अत्याधुनिक प्राविधिबाट मासु को शुद्धीकरण मार्फत उपभोक्ता को भान्सा मा पाक्ने मासुको परिकारलाई थप स्वस्थ बनाउन सहयोग गर्छ मेट्रो मिट मार्ट ले। 
 करिब १२ बर्ष बिदेशको विभिन्न भुमिमा आफ्नो पसिना बेचेर आज भन्दा करिब १ बर्ष अगाडी नेपाल आएपछि नेपाल को बजारमा आम जनमानसको भान्सामा पाक्ने मासुको स्व्च्छता ,त्यसले आम मानिसको स्वास्थमा पर्ने प्रतिकुल असर , यसको न्यूनीकरण ,सम्भावना तथा चुनौतीकोका बारे घोर अध्यन गर्न थाले चितवनको एउटा युवा निर्मल पौडेलले। र उनी सङै साथमा रहे मकवानपुर ,सिस्नेरीका सागर रेग्मी पनि । अधिकतम इच्छाशक्ति र जोस बोकेका यी युवा को जोडिले राजधानी को ब्यस्त शहरमा निर्णयार्थ गर्दै व्यापक लक्ष्य बोकेर  काम सुरु गर्ने भए ललितपुर को प्रायाग पोखरीमा । आम उपभोक्ता को स्वास्थलाई मध्यनजर गर्दै अत्यधुनिक प्राविधिबाट प्रशोधित मासु  जनमानसको भान्सामा परिकार बन्न सकोस् भन्ने उनिहरुको पहिलो  लक्ष्य हो। तत्काल करिब १ करोड ५० लाख बराबर को लगानीमा संचालन हुँदै गरेको मेट्रो मिट मार्टमा प्रत्यक्ष रुपमा १२ देखि १५ जना भन्दा धेरै युवा लाई रोजगार दिन सक्ने संचालक मध्येका एक सागर रेग्मिको दाबी छ । भने अब को करिब १ बर्षमा उपत्यकाको विभिन्न ठाउँमा करिब ८ भन्दा धेरै आउटलेट शाखा र  १५० जना भन्दा बढी युवा लाई रोजगार बनाउने पनि संचालक युवाहरु को लक्ष्य रहेको छ।
         
 उक्त बजारमा प्रशोधित मासु मात्र नभएर अर्गा्निक तरकारीको पनि  बिक्री कक्ष संचालन गरि आफ्ना ग्राहकलाई सेवा दिने तयारी गरेको छ। यसको लागि उनिहरु आफैंले अर्गा्निक तरकारी उत्पादन गर्ने छ । यसको लागि ललितपुर महालक्ष्मी नगरपालिका,लुभुको करिब ५ रोपनी भन्दा धेरै जग्गा भाडाको मा लिइसकेको संचालक निर्मल पौडेल ले भने । पटक पटक भनिरहे कि हाम्रो मुख्य लक्ष्य उपभोक्ता को स्वास्थ लाई ध्यानमा राखेर उपभोक्ता को भान्सामा प्रोशोधित  मासुको परिकार बनोस भन्ने हो । तसर्थ प्रोशिधित मात्र हैन उनिहरुले कुनै पनि मासुजन्य जनावर लाई काटमार गर्नु पुर्व नै पशु स्वास्थ विशेषज्ञ ९ भेटेनरी डाक्टरले जाँच गरेर मात्र काटमार गरिने छ ।यसको लागि पशु स्वास्थ विशेषज्ञ  समेत सदा को लागि उनिहरु सङै रहने छ। कुरा गर्दै गर्दा संचालक युवा रेग्मी थपे हामी ग्राहकलाई सकेसम्म सस्तो ,सुलभ ,भरपर्दो , स्तरिय सेवा दिन तयार छौँ । र  कुनै पनि ग्राहकले फोन तथा एस।एम।एस मार्फत अर्डर गर्न पनि सक्नेछन र उपत्यका को कुनै पनि कुनामा समय मै होम डेलिभरी हुने छ।
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...