Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

होटल स्तरिकरणमा पाइनस होटलले पायो उत्तम स्टिकर ।

311445897_651484903056614-1665753940.jpg

नेपाल सरकार कृषि तथा पशुपंछी बिकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग,खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडा द्वारा थाहा नगरपालिकामा संचालनमा रहेका होटल तथा रेस्टुरेन्ट हरुलाई खाद्य स्वच्छताका आधारमा होटल स्तरीयकरण तथा लोगो बितरण गरेको छ। असोज २७ र २८ गते १५ वटा होटललाई सामान्य चेकजाँच गरि १३ वटा होटल स्तरिकरण गरेकोमा ६ वटा होटल लाई सामान्य स्टिकर ,६ वटा होटल लाई १ स्टार लोगो तथा थाहा ४ नयाँ गाउँमा अबस्थित होटल पाइनस लाई २ स्टार उत्तम लोगो प्रदान गरियको खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले जानकारी दियको छ। थाहा नगर होटल एशोसियसन संगको समन्वयमा आयोजित कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्ट, खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य प्रमुख डा क्षितिज श्रेष्ठ तथा कार्यालयका प्रेम अर्यालल ,स्थानीय प्रशासन सहितको टोलिले थाहा नगरभित्रका होटल हरुलाइ खाद्य स्वच्छ्ताको आधारमा लोगो बितरण गरियको होटल एशोशियसन थाहा नगरका अध्यक्ष शिवकुमार खत्रीले बताउनुभयो।

आधारभुत तर खाद्य स्वच्छताको न्युनतम आधारलाई सुधार गर्न आग्रह गर्दै पर्यटकीय क्षेत्रको होटल व्यवसायहरुको स्तरिकरण,मुल्यांकन तथा अनुगमन अति आबश्यक रहेको थाहा नगर प्रमुख बिष्णु बिष्टले लोगो बितरण कार्यक्रममा बताउनुभयो। कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण कार्यालयको रोहवरमा रहने गरि स्तरिकरण लोगो बितरण गर्नको निम्ति होटल एशोसियसन थाहा नगरको अध्यक्ष संयोजक रहने गरि स्थानीय खाद्य स्वच्छ्ता समिती गठन गरियको थियो जस्को सदस्यहरुमा थाहा ४ का वडा अध्यक्ष ,स्थानिय होटल संचालकको प्रतिनिधि एक जना,ईलाका प्रहरी कार्यालयका प्रतिनिधि एक जना ,उपभोक्ता हकहित संरक्षण समितिका प्रतिनिधि र खाद्य कार्यालयका प्रतिनिधि एक जना रहने गरि समिती गठन गरियको थियो। कार्यालयले चित्लाङ र मार्खुको लागि कात्तिक ४ गते अनुगमन गरि लोगो बितरण गर्ने जनायको छ। होटल स्तरिकरणमा पाइनस होटलले पायो उत्तम स्टिकर ।

You seOpen photo

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg