Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

हेटौंडामा राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुर गठन

photo-partakar-1566809966.png



मकवानपुर, हेटौंडामा राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुर गठन भएको छ ।  आज सोमबार हेटौँडामा भएको भेलाले राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुरको अध्यक्षमा कपिल खड्का चयन भएका छन् । अधिवेशनले खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 
प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री सालिकराम जम्मकटेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समुहको उपाध्यक्षमा धर्मेन्द्र दाहाल, सचिवमा विजय पौडेल, सहसचिवमा उज्वल अधिकारी तथा कोषाध्यक्षमा बलराम पुडासैनी लाई चयन गरेको छ । सदस्यहरुमा सरला अधिकारी, सहनशिला ढकाल, मिना श्रेष्ठ, दिल बहादुर लामा, धिरज ढकाल, विक्रम बानियाँ चयन भएका छन् । समुहको सल्लाहकारमा रामशरण दुलाल, शिवकुमार काशी र ध्रुव अधिकारीलाइ चयन गरेको छ ।
कार्यक्रममा फोटो पत्रकार समुहका केन्द्रीय महासचिव प्रदिप राज वन्त, पत्रकार महासंघ प्रदेश ३ अध्यक्ष प्रताप विष्ट, मकवानपुर प्रहरी प्रमुख मुकेश कुमार सिंह, राष्ट्रिय फोटो पत्रकार समुह प्रदेश ३का अध्यक्ष नारायण सिलवाल, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, बानका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाई, चलचित्र बिकास बोर्ड सदस्य नरेन्द्र महर्जन, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं, लगाएतको आतिथ्यता रहेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...