Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

हेटौंडामा कोरा साइकल र्याली हुने

1721229366614-1721229644.jpg

फाइल तस्विर

मकवानपुर, २ साउन/मकवानपुर जिल्लाको हेटौंडामा  कोरा साईकल र्‍याली हुनेभएकोछ । बिगत ७ बर्षदेखि साईकल महोत्सव गर्दै आईरहेको हेटौंडा राइडर्स क्लबले सातौं संस्करणको कोरा साईकल र्‍याली-२०२४ आयोजना गर्ने भएको हो ।
हेटौंडा राइडर्स क्लबको आयोजनामा हुने कोरा साईकल र्‍याली-२०२४  आउँदो शनिबार हुने आयोजकले जनाएको छ ।
बुधबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा “यो प्रतियोगिता होइन, सबै विजेता हुन्” भन्ने नारासहित आयोजना हुने साइकल यात्राले शहरलाई साइकलमैत्री बनाउने र स्थानीय तीर्थस्थल एवं बस्तीहरूको पहिचान बढाउने लक्ष्य राखेको आयोजकले जनाएको छ ।
हेटौंडा राइडर्स क्लबका अध्यक्ष विकास ताम्राकारका अनुसार करिब ५० किलोमिटर लामो साईकल र्‍यालीमा चितवन, बारा, पर्सा र काठमाडौंबाट गरी २५० भन्दा बढी साईकल यात्रीहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। 
साईकल र्‍यालीमा १२ वर्षमाथि सबै उमेर समूहका महिला र पुरुषहरूले भाग लिन सक्ने आयोजकले जनाएकाछन्।
र्‍याली हेटौंडा १० स्थित भुटनदेवी मन्दिरबाट सुरु भई हेटौंडाका विभिन्न स्थान सानोपोखरा, वनस्खण्डी, जलेश्वर महादेव मन्दिर, चौकिटोल, सामरी, शिखरकटेरी, सालकपार्क, राजदेवी, एक्लीखेत, हर्नामाडी, हटिया, चौघडा, पिप्ले, कान्तिराजपथ हुँदै बुद्ध चोकमा आई सम्पन्न हुनेछ। 
साईकल र्‍यालीमा सहभागिताको लागि २ सय रुपैयाँ रजिष्ट्रेसन शुल्क लाग्नेछ भने सहभागीहरूलाई नि:शुल्क जर्सी उपलब्ध गराइनेछ। 
आयोजकका अनुसार उक्त साईकल र्‍याली कार्यक्रमको लागि करिब ५ लाख रुपैयाँ खर्च हुने जनाईएको छ।
हालसम्म २ सय जनाले साईकल र्‍यालीमा सहभागी हुन नाम दर्ता गराइसकेको अध्यक्ष ताम्राकारले जानकारी दिए। 
यो साईकल र्‍यालीले स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको अध्यक्ष ताम्राकार बताउँछन् ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg