Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

हेटौँडा १२ को वडाध्यक्ष पदमा वैशाखमा निर्वाचन गर्ने तयारी

hp-election-commission-4j-1695471130.jpg

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा रिक्त रहेको वडाध्यक्षका लागि निर्वाचन आगामी वैशाखमा हुने भएको छ । 

हेटौँडा वडा नम्बर १२ बाट निर्वातित वडाध्यक्ष ललित घलान जिल्ला समन्वयसमितिको अध्इक्ष भएपछि सो पद रिक्त रहेको थियो । रिक्त रहेको सो पदमा अहिले वडा सदस्य महेश भट्टराईले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहनुभएको छ । 

ललित घलान नेकपा माओवादी केन्द्रबाट निर्वाचितहुनुभएको थियो । जिल्ला समन्वय समिति मकवानपुरको नेतृत्व नेकपा माओवादीको भागमा पुेपछि ललित घलानले वडाध्यक्ष पदबाट राजीना दिएर समन्वय प्रमुख बन्नुभएको थियो । 

निर्वाचन आयोगले देशभर रिक्त रहेका जनप्रतिनिधिहरूको निर्वाचन वैशाखमा गर्ने तयारी गरेको छ । देशभर २२  जनप्रतिनिधि रिक्त रहेको पाइएको छ । निर्वाचन आयोगका अनुसार एक÷एक प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पद रिक्त छ ।

संविधान सभाका अध्यक्ष सुवास नेवाङको निधन भएपछि प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर १ रिक्त भएको छ । ४ मंसिर २०७९ मा भएको निर्वाचनमा इलाम १ बाट नेम्वाङ निर्वाचित भएका थिए ।

सुदूरपश्चिम प्रदेश सभा बझाङ निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन गर्नुपर्ने छ । ४ मंसिर २०७९ मा भएको चुनावमा यस क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधनपछि उक्त पद रिक्त भएको हो ।

यसैगरी जिल्ला समन्वय समितिको प्रमुख कैलालीका लागि उपनिर्वाचन हुने छ । हेटौँडा १२ सहित १७ जना वडाअध्यक्षहरुको पद रिक्त छ । गढी गाउँपालिका ६ , त्रियुगा नगरपालिका–१२ , इशानाथ नगरपालिका ७ , राजपुर नगरपालिका–६ , कीर्तिपुर नगरपालिका ४ का , ककनी गाउँपालिका–२ गोरखा नगरपालिका–५ , मुसिकोट गाउँपालिका–१ , घिमिरे रुन्टीगढी गाउँपालिका–४ , ठाकुरबाबा नगरपालिका–४ मा वडाध्यक्ष उपनिर्वाचन गर्ने आयोगको तयारी छ । यसैगरी तिलागुफा नगरपालिका–४ ा, कुशे गाउँपालिका–७ , दुहुँ गाउँपालिका–५ , सुर्मा गाउँपालिका–४ , पूर्वाचौकी गाउँपालिका–६  र काठमाडौं महानगरपालिका–१६ मा वडाध्यक्षका लागि उपनिर्वाचन गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अधिकारीहरुका अनुसार उपनिर्वाचनको विषयमा सरकारसँग संवाद चलिरहेको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg