himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

हटाईँदैछ संकटाको ‘अम्रेला स्ट्रिट’

ambrella-1609565537.jpg

 

 

 

काठमाडौँ उपत्यकामा बडादशैँ र तिहारको समयमा पनि व्यवसायिक गतिविधि बढ्न नसकेपछि मुख्य बजार क्षेत्र न्युरोडमा ‘अम्रेला स्ट्रिट’ को अवधारणा ल्याईयो । मानिसको चहलपहल बढाउने र खस्किएको व्यापार उकास्ने उदेश्यले रंगीचङ्गी छाताहरु राखेर न्युरोड गेटबाट देब्रे लागेपछि मोडिएर संकटा मन्दिर जाने गल्ली सिँगारियो ।

३ हप्ता अगाडी स्थानीयवासी, संकटा क्लब र वडाको सहकार्यमा सडकमाथि छाता टाँग्ने काम भयो । रंगीचङ्गी छाताहरु सडकमाथि टाँगेर सिँगारिएपछि मानिसको चहलपहल एकाएक बाक्लिन थाल्यो । टेबहाल भनिने उक्त गल्लीले एकाएक नयाँ नाम पायो ‘अम्रेला स्ट्रिट’ ।

तस्बिर खिच्ने, विभिन्न गीतमा टिकटक भिडियो बनाउनेहरु अम्रेला स्ट्रिट घुम्न आउन थाले । आजभन्दा ३ हप्ता अगाडीसम्म सुनसान जस्तै देखियो सो क्षेत्रमा अहिले दैनिक १५ हजारको हाराहारीमा मानिसहरु पुग्ने गरेका छन् । तर, व्यापारले अपेक्षाकृत गति लिन भने नसकेको व्यवसायीहरु बताउँछन् ।

‘जुन उदेश्यले यत्रो दुःख गरेर १५० मिटर सडकमाथि छाता राखेर बाटो सिँगारिएको थियो, त्यो उदेश्य पूरा नै भएन’ एक जना कपडा व्यापारी भन्छन्, ‘बेकारमा मान्छेको फोकटको भिड मात्रै बढ्यो ।’

‘नियमित ग्राहक नै तर्किए’

अनावश्यक भिड हुँदा सो क्षेत्रबाट सामान लगेर बिक्रि गर्ने काठमाडौँ उपत्यकाकै अन्य क्षेत्रका व्यापारी भने मर्कामा परेका छन् । उपत्यका मात्रै नभई देशका विभिन्न क्षेत्रमा पनि न्युरोड क्षेत्रबाट सामान लगेर बिक्रि गर्ने गरिन्छ । तर, अहिले भिड बढेका कारण कोरोना भाइरसको जोखिम पनि बढेको भन्दै नियमित ग्राहक नै तर्किने अवस्था सिर्जना भएको व्यापारीको भोगाइ छ ।

‘मानिसहरु सामान किन्न भन्दा फोटो खिच्न बढी आए, यसले हाम्रो उदेश्य पूरा भएन’ एक जना व्यापारी भन्छन्, ‘अहिलेको भिड देखेर सधैँ आईरहने ग्राहक पनि आउन छोडे । उल्टै घाटा भयो ।’

मजदूरलाई हैरानी

संकटा मन्दिर पुग्ने साँघुरो बाटोको छेउ अहिले मर्मतको काम भईरहेको छ । तर, मानिसको अत्याधिक भिडका कारण मजदूरले काम गर्न पाएका छैनन् । बल्लतल्ल अलिकति बनाउँछन्, पैदलयात्रीले टेकेर भत्काइदिन्छन् ।

सडकको डिल बनाउने काममा अवरोध भएपछि मजदूरले झर्केरै बाटो हिड्नेलाई गाली पनि गर्न थालेका छन् । तर, कति जनालाई गाली गर्नु ? एक जना भए पो !

‘काम गर्यो, टेकेर भत्काइदिन्छन्, काम गरेको नगरेको एकै छ’ मजदूर भन्छन्, ‘गाली पनि कति जनालाई गाली गर्नु ? एक जना भए पो !’ 

छाता हटाउने तयारी

मानिसको अस्वभाविक भिड बढेको तर व्यापार भने नफस्टाएको गुनासो आएपछि संकटा क्लबले छाता हटाउने तयारी अगाडी बढाएको छ । मानिसहरुको आवतजावत बढोस् र व्यापार पनि बढोस् भन्ने उदेश्यले ‘अम्रेला स्ट्रिट’ अवधारणा ल्याएको भएपनि परिणाम ठिक उल्टो आएको भन्दै आइतबारबाट छाता हटाउने तयारी थालिएको क्लबका एक पदाधिकारीले भने ।

४२० वटा छाता सडकमाथि राखिएको छ । यसका लागि ज्याला बाहेक मात्रै ३ लाख रुपैयाँ खर्च भएको छ । व्यापार नभएपनि गल्लीको सुन्दरता भने थपिएको छ । संकटा क्लबले अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन सो क्षेत्रको भिड देखेर छाता हटाउने मनस्थिती बनाएको हो । 

‘सम्भवतः आइतबारबाटै छाता हटाइन्छ’ एक जना स्थानीय व्यापारीले भने ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg