pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

स्वावलम्बन लघुवित्त द्वारा पालुङ प्रहरी कार्यालयलाई सामाग्री प्रदान

FB_IMG_1731408488745-1731408729.jpg

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत थाहा नगरपालिका वडा न ४ शिखरकोटमा अवस्थित स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले इलाका प्रहरी कार्यालय पालुङलाई २० थान कुर्सी र दुई थान वाटर डिस्पेन्सर वितरण गरेको छ।
२७ कार्तिकमा थाना बजारको गंगा होटलमा भएको एक कार्यक्रमका बिच थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याललाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन।


विगत २९ बर्ष देखि यस क्षेत्रमा लघुकर्जाको सहायताले गरिबी निवारण र महिला हरुलाइ उद्यमशीलता बनाइ आम्दानीको कार्यमा सम्मिलित गर्नुको साथै विप्रेषणको कार्य गर्दै आइरहेको संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सामाग्री सहयोग गरेको शाखा प्रवन्धक रामनाथ खड्काले बताउनुभयो।


कार्यक्रममा बोल्दै प्रमुख बिष्टले वित्तीय संस्थाले ग्राहक तथा ग्राहक परिवारको हकहितलाई मध्यनजर राख्दै विभिन्न वित्तीय सेवा लगायत सामुदायिक कृयाकलापमा संलग्न रहि घरदैलोमा लघुवित्त सेवा पुर्याउनु पर्नेमा जोड दिदै ग्राहकको वित्तीय सचेतना कार्यक्रम अन्तरगत संस्थाले  विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम संचालन समेतमा जोड दिई संस्थाबाट लगेको ऋण सहि सदुपयोग भएनभएको अनुगमन गर्नुपर्ने बताउनुभयो।

तेसैगरी इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्यालले शान्ती सुरक्षा कायम गर्न बसेका सुरक्षा निकायलाई यस्ता खालको सहयोगले थप जिम्मेवारी बोध गरेको बताउदै सहयोगको निम्ति संस्थालाई धन्यवाद व्यक्त गरे।

संस्थाका समूह अध्यक्ष रुपा खत्रीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा न १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान,वडा न ४ का अध्यक्ष नारायण लामा, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल,पालुङ जेसीजका अध्यक्ष निरज रायमाझी,संस्थाका केन्द्रिय कार्यालयका प्रतिनिधि सन्त बहादुर सुयाल,लायन्स क्लव थाहाका अध्यक्ष सतिदेवी स्याङ्तान लगायतकाले शुभकामना दिएका थिए।

FB_IMG_1731408496206-1731408729.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...