himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

स्वस्थ आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउँछ : सञ्चारमन्त्री कार्की

1658050701704_1-1658050837.jpg

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वच्छ, सत्य र तथ्यपूर्ण आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउने भएकाले त्यसमा आधारित व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति क केन्द्रीय कार्यालय, भद्रकालीस्थित स्टुडियोबाट श्रव्यदृश्य  भिडियो सेवा शुभारम्भ गर्दै मन्त्री कार्कीले त्यसप्रकारको पत्रकारिताले सुशासन र दिगो विकासको लक्ष्यलाई सघाउने उल्लेख गर्नुभयो ।  मन्त्री कार्कीले सङ्घीयताको मर्मअनुसार केन्द्रिकृत नभई विकेन्द्रित भएर प्रदेश र स्थानीय तहका साना लगानीका सञ्चारमाध्यमका लागि समाचार सामग्री उत्पादन र वितरणमा राससले आफूलाई अब्बल बनाउनुपर्ने बताउनुभयो । उहाँले सूचना र प्रविधिमा आएको समयसापेक्षित परिवर्तनसँगै आफूलाई त्यसअनुसार बदल्दै समाचार बैंकका रुपमा रहेको राससले सेवाग्राहीको चाहना र मागलाई सम्बोधन गर्न सक्नुपर्ने बताउनुभयो ।
 
 राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले स्थापनाको ६१ वर्षमा पुगेको राससले सेवालाई विविधीकृत गर्ने क्रममा परीक्षणका रुपमा श्रव्यदृश्य सेवा सञ्चालनमा ल्याएको र यसले अन्तर्राष्ट्रिय समाचार संस्थालाई प्रतिस्पर्धीरुपमा  समाचार सामग्री दिनसक्ने लक्ष्य लिएको बताउनुभयो । 
 राससका महाप्रबन्धक सिद्धराज राईले रासस आधिकारिक सूचनाका लागि पर्यायका रुपमा रहेको राससले आफ्नो सेवालाई समयानुकूल बनाउने क्रममा  श्रव्यदृश्य सेवा आरम्भ गरेको बताउनुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले रासस सरकारका साथै जनताको आवाज बोल्नसक्ने हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रमुख समाचारदाताको जिम्मेवारीसहित राससमा २२ वर्ष सेवा गर्नुभएको थियो ।
 
 प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राससको श्रव्यदृश्य सेवा मुलुककै लागि सुखद् विषय भएको बताउनुभयो ।  न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले राससको श्रव्यदृश्य सेवा सञ्चलनसँगै यसको प्रभावकारिता विस्तार हुन सकोस् भन्ने कामना गर्नुभयो । कार्यक्रममा मन्त्रालयका निमित्त सचिव उत्तरकुमार खत्री, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंलगायतको उपस्थिति थियो ।  राससले परीक्षणका क्रममा एक महिनासम्म निःशुल्करुपमा श्रव्यदृश्य सेवा उपलब्ध गराउनेछ ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg